Tuesday, August 11

राजनीति

गाजामा इजरायली आक्रमण : ८० भन्दा बढी प्यालेस्टिनीहरू मारिए
राजनीति, विश्व, समाचार

गाजामा इजरायली आक्रमण : ८० भन्दा बढी प्यालेस्टिनीहरू मारिए

नेपालअखबार, रफाह । इजरायली आक्रमणमा बुधबार गाजापट्टीमा दर्जनौँ मानिसको मृत्यु भएकाे छ । इजरायली गोलीबारीमा ८० भन्दा बढी प्यालेस्टिनीहरू मारिएको स्थानीय अस्पतालहरूले बताएका छन् । आपतकालीन कार्यकर्ताहरुका अनुसार गाजा सहरको दराज क्षेत्रको फिरास बजार नजिकै घरबारविहीन परिवारहरूको लागि बनाइएको भवन र पालहरूमा रातभर गरिएको आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको छ । यी आक्रमणमा हमासका दुई लडाकुहरूलाई निशाना बनाइएको इजरायली सेनाले बताएको छ । मृतकको सङ्ख्या आफ्नो जानकारीसँग मेल नखाने पनि सेनाले बताएको छ । यसैबिच, इजरायली ट्याङ्क र सेनाहरू सहरको भित्री भागमा अगाडि बढिरहेका छन् । यो क्षेत्र हमासको अन्तिम गढ भएको इजरायलले भनिरहेको छ । जमिनबाट भइरहेका कारबाहीको उद्देश्य हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्नु र प्यालेस्टिनी सशस्त्र समूहको निर्णायक पराजय सुनिश्चित गर्नु भए...
आज प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने
राजनीति, समाचार

आज प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।उनी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेको छ ।...
छुट्टै राज्यको माग गर्दै लद्दाखमा चर्कियो प्रदर्शन
राजनीति, विदेश, समाचार

छुट्टै राज्यको माग गर्दै लद्दाखमा चर्कियो प्रदर्शन

नेपालअखबार, काठमाडौं । भारतको लद्दाखमा  राज्यको माग गर्दै प्रदर्शन चर्किएको छ । लद्दाखलाई स्वायत्त राज्य कायम गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका युवा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा कम्तीमा चार जनाको मृत्यु भएको इन्डिया टूडेले उल्लेख गरेको छ । घटनामा कम्तीमा ७० जना घाइते भएका समाचारमा उल्लेख छ । झडपपछि आक्रोशित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाका छन् । प्रदर्शनकारीले बुधबार लेह लद्दाखमा रहेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले एउटा गाडीमा समेत आगजनी गरेको अधिकारीहरूलाई बताएका छन् । हिंसा नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र लाठिचार्ज गरेको थियो । हिंसा चर्किएपछि जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले केन्द्र सरकारले अगाडि बढेर जम्मू कश्मीरका जनताको असन्तोषको कारण पत्ता...
माओवादीले समाजवादी मोर्चासँग एकताको पहल गम्भीरतापूर्वक गर्ने, अरू दलसँग मोर्चाबन्दी गर्ने
राजनीति, समाचार

माओवादीले समाजवादी मोर्चासँग एकताको पहल गम्भीरतापूर्वक गर्ने, अरू दलसँग मोर्चाबन्दी गर्ने

नेपालअखबार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तोकिएको समयमा निर्वाचन गर्न ध्यानाकर्षण  गराएको छ। बिहीबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गर्ने राजनीतिक प्रस्तावमा सो विषय उल्लेख रहेको प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए। त्यस्तै चुनावअघि नै विभिन्न दलहरूसँगको एकताका लागि पहल गर्ने प्रस्ताव प्रचण्डले राखेका छन्। 'विशेषगरी समाजवादी मोर्चासँग एकताको पहल गम्भीरतापूर्वक गर्ने, विचार मिल्ने अरू दलसँग पनि एकताको पहल गर्ने प्रस्ताव छ,' प्रवक्ता सापकोटाले भने। प्रचण्डको प्रस्तावमा  पार्टी एकतासँगै देशभक्त तथा परिवर्तनका पक्षधरहरूसँग बृहत मोर्चा बनाउने प्रस्ताव गरिएको छ। प्रचण्डले प्रस्तुत गर्ने प्रस्तावबारे भोलिदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा बृहत छलफल हुनेछ। आइतबार बसेको पदाधिकारी बैठकले आगामी मंसिरमा विशेष...
५ सय र हजारका नोट प्रतिबन्ध लगाउने विषयमा छलफल भएको छैन: अर्थमन्त्री
राजनीति, समाचार

५ सय र हजारका नोट प्रतिबन्ध लगाउने विषयमा छलफल भएको छैन: अर्थमन्त्री

नेपालअखबार,काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै छलफल नभएको बताएका हुन्। 'यो राजनीतिक विषय हो। त्यसम अहिलेसम्म चर्चा भएको छैन। संविधानमा भएका निकाय खारेज हुँदैन,' उनले भने। एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा एक हजार ५०० को नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको पनि बताए। 'त्यस विषयमा अहिलेसम्म केही भएको छैन,' उनले भने। भारत सरकारले लगाएको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’घटाएको सम्बन्धमा अध्ययन भइरहेको तथा उद्योग व्यवसाय एवं औद्योगिक प्रतिष्ठानमा क्षति पुग्ने अवस्था भए सुधार ग...
राष्ट्रपतिले जारी गरे मतदाता नामावली ऐन संशोधन अध्यादेश
राजनीति, समाचार

राष्ट्रपतिले जारी गरे मतदाता नामावली ऐन संशोधन अध्यादेश

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार दिउँसो अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले राष्ट्रपतिबाट मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए। सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकेको छ। निर्वाचन तोकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्था थियो त्यसैले अध्यादेश ल्याएर उक्त कानुन संशोधन गरिएको हो। अध्यादेश जारी गर्नुअघि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग कुराकानी गरेकी थिइन्। मतदाता नामावली ऐनको दफा ४ मा संसोधन गर्ने गरी सरकारले अध्यादेश ल्याएको थियो। उक्त दफामा निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावल...
टिम बनाउन व्यस्त छु, केही दिन फोन नगर्नु होला:शिक्षामन्त्री  पुन
राजनीति, समाचार

टिम बनाउन व्यस्त छु, केही दिन फोन नगर्नु होला:शिक्षामन्त्री पुन

नेपालअखबार,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिन फोन नगर्न र म्यासेज नपठाउन अनुरोध गरेका छन् । आफू मन्त्रालयमा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त भएको भन्दै मन्त्री पुनले केही दिन फोन नगर्न र म्यासेज नपठाउन भनेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘अस्तीदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु । त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला ।’ राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए । उनको माग अनुसार उनलाई मन्त्रालयभित्रै खाने–बस्ने व्यवस्था मिलाइएको छ ।...
शिक्षामन्त्री पुनलाई मन्त्रालयमै खानेबस्ने व्यवस्था
राजनीति, समाचार

शिक्षामन्त्री पुनलाई मन्त्रालयमै खानेबस्ने व्यवस्था

नेपालअखबार,काठमाडौँ ।नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई मंगलबारदेखि मन्त्रालयमै खाने, बस्ने व्यवस्था गरिएको छ । प्रवक्ता शिवकुमार सापकोटाले मन्त्रीको कार्यकक्षसँगैको कोठामा खाने, बस्ने प्रबन्ध गरिएको बताए । ‘आजदेखि यहीं बस्ने कुराकानी भएको छ । कार्यकक्ष सँगैका कोठा खाली गरेर सुत्ने, बस्ने र भान्सा बनाइएको छ,’ उनले भने । भाद्र २४ गतेको प्रदर्शनमा सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा आगजनी भएपछि अस्थायी रुपमा ठमेलस्थित केसर महलमा सारिएको छ । केसर पुस्तकालयसँगैको उक्त भवनको पहिलो तलामा शिक्षा मन्त्रालयको कार्यकक्ष स्थापना गरिएको छ । मन्त्री पुनले सोमबार शपथपछि कार्यकक्षमा पदभार ग्रहण गर्दै सचिव चुडामणि पौडेललाई आफ्नो लागि गाँस, बासको व्यवस्था पनि मन्त्रालयभित्रै मिलाइदिन आग्रह गरेका थिए । २४ सै घण्टा मन्त्रालयमा बसेर काम गर्ने उनले घोषणा गरेका थिए । ‘म जता गए ...
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री खनालद्वारा पदभार ग्रहण
Uncategorized, राजनीति, समाचार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री खनालद्वारा पदभार ग्रहण

नेपालअखबार,काठमाडौं। अर्थमन्त्रीसमेत रहेका रामेश्वर खनालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको पदभार ग्रहण गरेका छन्। मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा उनले आफ्नो जिम्मेवारी सम्हालेका हुन्। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्दै खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिएकी थिइन्। जेनजी पुस्ताको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सोमबार सात सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो।...
नागरिकले बुझ्ने भाषामा कानून बनाउँछौं : मन्त्री सिन्हा
राजनीति, समाचार

नागरिकले बुझ्ने भाषामा कानून बनाउँछौं : मन्त्री सिन्हा

नेपालअखबार,काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । मंगलबार दिउँसो सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गर्दै कानून निर्माण प्रक्रिया सहज बनाउँदै नागरिक बुझ्नेगरी स्पष्ट भाषामा लेख्ने निर्णय गरे । उनले जेन—जी पुस्ताको मागअनुसार मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नको लागि कानूनहरुमा आवश्यक संशोधन गरिने पनि बताए ।समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कानून निर्माण र सुधार गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । ‘जेन—जी पुस्ताले उठाएको मुख्य विषयवस्तु नै सुशासन, भ्रष्टाचारमुक्त राष्ट्र र मुलुकमै काम गर्ने अवसर हो । अहिले जुनजुन तहबाट प्रश्न उठेका छन् ति सबै विषयहरुलाई क्रमश: सम्बोधन गर्दै लैजानुपर्ने विषयवस्तुहरु हुन् । हामी सबैले प्रष्ट रुपमा बुझ्नुपर्छ यो चुनावी सरकार नै हो । हामीले जसरी पनि तोकिएक...