Wednesday, August 12

राजनीति

लिपुलेक विवाद नेपाल सरकारले उदासीन कूटनीति अपनायो :नेकपा (माले)  महासचिव मैनाली
राजनीति, समाचार

लिपुलेक विवाद नेपाल सरकारले उदासीन कूटनीति अपनायो :नेकपा (माले) महासचिव मैनाली

नेपालअखबार, काठमाडौँ । नेपालको पश्चिमोत्तर सीमाक्षेत्र लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्रमा भारत र चीनले नेपालसँग परामर्शबिनै गरेको ताजा सम्झौतापछि भू–अखण्डता र सम्प्रभुतामाथि गम्भीर प्रश्न उठेको नेकपा (माले) ले जनाएको छ । चीनका विदेशमन्त्री वाङ यीको हालैको नयाँ दिल्ली भ्रमणका क्रममा भदौ ३ गते भारत–चीनबिच लिपुलेक मार्ग हुँदै पुनः सीमा व्यापार खोल्ने सहमति भएको हो । यसअघि पनि २०१५ मा यस्तै सम्झौता भएपछि नेपालले कडा विरोध गरेको थियो ।नेकपा (माले) का महासचिव सीपी मैनालीले आज जारी गरेको विज्ञप्तिमा नेपालको जायज पक्षप्रति भारत र चीन दुवै संवेदनशील नबनेको र नेपाल सरकारले समेत उदासीन कूटनीति अपनाएको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको घातक कमजोरीका कारण ठुला छिमेकीले सानो मुलुकका जायज माग र सम्प्रभुतामाथि उपेक्षा गर्दै आफूखुसी गर्ने वातावरण सिर्जना भएको छ ।’ विज्ञप्तिमा...
हामी भारतको साथमा छौँ :  राजदूत शु फेइहोङ
राजनीति, विश्व, समाचार

हामी भारतको साथमा छौँ : राजदूत शु फेइहोङ

नेपालअखबार,बेइजिङ । भारतबाट आयातित सामानमा अमेरिकी भन्सारमा अतिरिक्त महसुल (ट्यारिफ) लगाइएको कुराको चीनले विरोध गरेको छ । अमेरिकाले लामो समयदेखि स्वतन्त्र व्यापारबाट फाइदा लिइरहेको भारतका लागि चीनका राजदूत शु फेइहोङले भने । तर अब धेरै देशहरूमाथि दबाब सृजना उसले अतिरिक्त भन्सार महसुलको प्रयोग गरिरहेको पनि उनले बताए । बिहीबार, थिंक ट्याङ्क रिसर्च फाउन्डेसन र सेन्टर फर ग्लोबल इन्डिया इनसाइट्सको एक कार्यक्रममा शु फेइहोङले भने, ‘अमेरिकाले भारतमा ५० प्रतिशतसम्म कर लगाएको छ र यसलाई अझ बढाउने धम्की दिएको छ । चीनले यसको कडा विरोध गर्दछ । यस्ता कदमहरूको सामना गर्दा मौन बस्नुले धम्कीलाई बढावा दिन्छ ।’ चीन भारतको साथ दृढतापूर्वक उभिने र बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्ने पनि उनले बताए । शु फेइहोङले भने, ‘भारत र चीन एसियाको विकासको दोहोरो इन्जिन हुन् । दुई देशको मित्रता एशियाको लागि मात्र नभई स...
इसराइलले गजामा युद्धविरामको नयाँ प्रस्तावलाई अस्वीकार
राजनीति, विश्व, समाचार

इसराइलले गजामा युद्धविरामको नयाँ प्रस्तावलाई अस्वीकार

नेपालअखबार,काठमाडौँ । इसराइलले गजामा युद्धविरामको नयाँ प्रस्तावलाई अस्वीकार गरेको छ। गजामा युद्धविरामका लागि लगातार मध्यस्थता गरिरहेको कतार र इजिप्टका मध्यस्थकर्ताहरूले तयार पारेको नयाँ प्रस्तावलाई इसराइलले अस्वीकार गरेको हो। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इसराइलले स्वीकार्ने शर्तहरूमा मात्रै युद्धविराम हुनसक्ने र त्यसका लागि वार्ता गर्न मध्यस्थकर्ताहरूलाई आग्रह गरेका छन्। उनले हमाससँग बाँकी रहेका बन्धकहरु एकैपटक रिहा गर्ने सर्तमा मात्रै गजामा युद्धविरामको प्रस्तावलाई स्वीकार्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मध्यस्थकर्ताहरूले तयार पारेको नयाँ प्रस्तावमा हमास सहमत भइसकेको छ। नयाँ प्रस्तावमा गजामा ६० दिन युद्धविराम गर्ने भनिएको छ। पहिलो चरणमा आधा भन्दा बढी बन्धकहरू रिहा गर्ने, गजाबाट इसराइली सैनिक हट्ने, इसराइलको जेलमा रहेका प्यालेस्टिनी कैद...
पार्टीको स्थापना दिवस मनाउन एकीकृत समाजवादीको निर्देशन
राजनीति, समाचार

पार्टीको स्थापना दिवस मनाउन एकीकृत समाजवादीको निर्देशन

नेपालअखबार,काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई यही भदौ ९ गते पार्टीको चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ । पार्टीले देश तथा विदेशमा रहेका जनवर्गीय सङ्गठनलाई पनि दिवस मनाउन आह्वान गरेको हो । पार्टीले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह, पार्टीका जनवर्गीय सङ्गठन र विभिन्न विभाग तथा तहहरूले रचनात्मक कार्यक्रम गरी दिवस मनाउन निर्देशन दिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए। पार्टी जिल्ला कमिटीले दिवसका अवसरमा सरसफाइ, वृक्षरोपण, रक्तदान, अन्तक्र्रिया, स्मारिका विमोचन, शुभकामना आदानप्रदानलगायत कार्यक्रम गर्ने जनाइएको छ । केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गर्ने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको उपप्रमुख दामोदर अर्यालले बताए। नेपाली कम्युनिष्ट ...
मदन भण्डारीको जन्मजयन्ती व्यवस्थित बनाउन कार्यालय खोलिएको हो : ईश्वर पोखरेल
राजनीति, विचार, समाचार

मदन भण्डारीको जन्मजयन्ती व्यवस्थित बनाउन कार्यालय खोलिएको हो : ईश्वर पोखरेल

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने क्रममा कामलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय खोलेको बताएका छन् । काठमाडौंको थापागाउँमा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने सिलसिलामा मदन भण्डारी फाउन्डेशनद्वारा गठन गरिएको आयोजक समितिले आफ्नो कामलाई व्यवस्थित गर्नका लागि कार्यालय स्थापना गरेको हो । यो त्यही कार्यालय हो,’ पोखरेलले भने । आयोजक समितिले मदन भण्डारीको विचार र भूमिका विश्वमञ्चमा पुर्‍याउने उद्देश्य राखेर कार्यालय स्थापना भएको पोखरेलको भनाइ थियो । ‘के प्रतिबद्धता व्यक्त गरेको छ भने, आउने दिनमा जननेता मदन भण्डारीका विचार, उहाँको ऐतिहासिक भूमिका विश्व रंगमञ्चमा पुर्‍याउने उद्देश्य राखेर यो कार्यालय स्थापना गरेको मैले बुझेको छ । यो अनुसार...
लिपुलेक नाका प्रयोग गर्ने भारत–चीन सहमति आपत्तिजनक : नारायणकाजी श्रेष्ठ
राजनीति, समाचार

लिपुलेक नाका प्रयोग गर्ने भारत–चीन सहमति आपत्तिजनक : नारायणकाजी श्रेष्ठ

नेपालअखबार,काठमाडौं । नेकपा माआवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नेपालको सहमति बिना भारत–चीनले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने निर्णय गर्नु आपत्तिजनक र दु:खद भएको बताएका छन् । लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भूमि हो भन्ने ऐतिहासिक तथ्य र प्रमाणका आधारमा दाबी गर्र्दै आएको उनले स्मरण गराएका छन् । साथै उनले यो सहमतिलाई सच्याउन भार र चीनलाई आग्रह गरेका छन् । संवेदशील विषयको सरोकारलाई उपेक्षा गरी नेपाल र नेपाली जनताको सार्वभौमिकता ,स्वाभिमान र मित्र भावना माथि गम्भीर चोट पुर्‍याएको श्रेष्ठको ठहर छ । बिहीबार सामाजिक सञ्जालमा लेख्दै माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले विवादास्पद भूमिका रुपमा स्वीकारेको समेत उल्लेख गरेका छन् । श्रेष्ठले भनेका छन्, ‘भारतले यसलाई अझसम्म सहज रुपमा स्वीकार नगरे पनि यो क्...
भूमि विधेयक संसदीय समितिबाट बहुमतले पारित
राजनीति, समाचार

भूमि विधेयक संसदीय समितिबाट बहुमतले पारित

नेपालअखबार,काठमाडौं । भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ ।  प्रतिनिधि सभाको  अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो । विधेयकको छलफलबाट माओवादी केन्द्र भने बाहिरिएको छ । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने संसदीय समितिका सचिव शिवदत्त बरालले बताए ।फरकमतसहित शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने उनको भनाइ छ ।...
सिपाही, हवलदारलाई तल्लो दर्जा भन्ने होइन : गृहमन्त्री
राजनीति, समाचार

सिपाही, हवलदारलाई तल्लो दर्जा भन्ने होइन : गृहमन्त्री

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरीका जवान देखी हवलदार सम्मका कर्मचारीलाई ‘तल्लो दर्जा’ नभन्न निर्देशन दिएका छन् । नक्सालमा प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन गर्दै मन्त्री लेखकले भने, ‘सिपाही हवलदारलाई तल्लो दर्जा भन्ने होइन, किनभने यो सङ्गठन त्यही दर्जामा उभिएको छ ।’तल्लो तहका कर्मचारीलाई ऐनमा पनि ‘आधारभूत दर्जा’ भन्ने शब्दावली व्यवस्था गरिने लेखकले बताए । निजामती कर्मचारीहरूले कुर्सी टेबलमा बसेर काम गर्ने गरेको उल्लेख गर्दै लेखकले  प्रहरीले चाहिँ १४ घण्टासम्म उभिएरै काम गर्ने गरेको बताए । उनले भने, ‘उभिएर काम गर्ने सबै आधारभूत दर्जाका कर्मचारी हुन् ।’ छलफलमा रहेको प्रहरी विधेयकमा आधारभूत दर्जाका प्रहरीलाई १६ वर्षमा नै निवृत्तिभरण दिने प्रस्ताव गरिएको उल्लेख गर्दै लेखकले सो व्यवस्था कानुनमा ल्याइने बताए । उनले भने, ‘राज्यव्यवस्था समितिको बैठक बस्न सक्ने अवस्था नभए...
राष्ट्रियताको प्रश्नमा सिङ्गो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्छ : विश्व प्रकाश शर्मा
राजनीति, विचार, समाचार

राष्ट्रियताको प्रश्नमा सिङ्गो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्छ : विश्व प्रकाश शर्मा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा सिङ्गो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्ने बताएका छन्।शर्माले बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तासँग जोडिएको यस विषयलाई लिएर फरक–फरक राजनीतिक धारणा भए पनि एउटै राष्ट्रिय दृष्टिकोणमा उभिन जरुरी रहेको उल्लेख गरेका हुन्। उनले राष्ट्रियतालाई सम्बोधन गर्न सरकार, संसद र सबै राजनीतिक दलबिच ऐक्यबद्ध पहल आवश्यक रहेको जनाउँदै ६ वटा प्रस्ताव अघि सारेका छन्। शर्माले प्रस्ताव गरेका ६ बुँदा यस्तो छ : १. सरकारले आह्वान गर्ने सर्वदलीय/सर्वपक्षीय बैठकमार्फत साझा दृष्टि निर्माण। २. बैठकमार्फत विकसित घटनाक्रममा हाम्रो ऐक्यबद्ध दृष्टि र साझा प्रतिबद्धता सुनिश्चित गर्ने। ३. संविधानको अनुसूची ३ मा २०७७ जेठ ३१ गते संसदले सर्वसम्मत ...
गेटा मेडिकल कलेजलाई पूर्णरूपमा सञ्चालन गर्ने प्रक्रियागत बाटो खुल्याे :स्वास्थ्यमन्त्री  पौडेल
राजनीति, समाचार, स्वास्थ्य

गेटा मेडिकल कलेजलाई पूर्णरूपमा सञ्चालन गर्ने प्रक्रियागत बाटो खुल्याे :स्वास्थ्यमन्त्री पौडेल

नेपालअखबार,काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गेटा मेडिकल कलेजलाई पूर्णरूपमा सञ्चालन गर्ने प्रक्रियागत बाटो खुलेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले संसदमा विधेयक पास गरेर विश्वविद्यालयका संरचना निर्माण र पदाधिकारी नियुक्ति गर्ने काम अघि बढिरहेको स्पष्ट पारे । उनले भने, ‘उपकुलपति बनाउने, रेक्टर बनाउने, रजिष्ट्रार बनाउने र त्यसको विधेयक पास गरेर संसदमा लैजाने विषय शिक्षा मन्त्रालयले गर्ने हो । सरकारले विधेयक संसदमा लगेर पास गरिसकेको छ । तर अब त्यो प्रक्रियागत ढंगले अघि बढिरहेको छ । मैले मन्त्रीपरिषद्मा उपकुलपति रजिष्ट्रार र रेक्टर छिटो नियुक्त गर्न अनुरोध गरेको छु ।’ हालसम्म गेटा मेडिकल कलेजका लागि ठूलो लगानी भए पनि प्रयोगमा आउन सकेको छैन । उनले आफू मन्त्री बनेर सात महिनाअघि गेटा पुगेको अनुभव स्मरण गर्दै भने, ‘त्यतिबेला ...