Wednesday, August 12

राजनीति

निजी विद्यालय गैरनाफामुलक बनाउने व्यवस्था परिमार्जन गर्नुपर्छ: विश्वप्रकाश शर्मा
राजनीति, समाचार

निजी विद्यालय गैरनाफामुलक बनाउने व्यवस्था परिमार्जन गर्नुपर्छ: विश्वप्रकाश शर्मा

नेपालअखबार ,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षा विधेयकमा रहेको निजी विद्यालयलाई गैरनाफामुलक बनाउने भन्ने व्यवस्थालाई परिमार्जन गरिनुपर्ने बताएका छन्। ढिलोचाँडो निजी विद्यालयलाई गैरनाफामुलक बनाउने व्यवस्था राख्दा निजी क्षेत्र निरूत्साहित हुने शर्माको भनाइ छ। ‘निजी क्षेत्रका विद्यालयहरूलाई क्रमश गैरनाफामुलक बनाउँदै जाने पारित प्रस्ताव मुलुकले अंगिकार गरेको `सामाजिक न्याय सहितको खुला बजार अर्थव्यवस्था´ को नीति विपरीत छ,’ प्रज्ञा भवनमा शनिबार बखान पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले भने, ‘छात्रवृत्तिको निश्चित आकार बढाउने, निश्चित करबाट राज्य लाभान्वित हुने विषय एउटा हो, तर ढिलोचाँडो गैरनाफामुलक बनाउने भन्नु निजी क्षेत्रलाई सम्पूर्ण रूपले निरुत्साहित गर्नु हो , संसदीय प्रक्रियाबाट यसलाई हटाएर परिमार्जन गर्नुपर्छ l’ उनले संसदीय समितिबाट पारि...
भियतनामकी उपराष्ट्रपति सुआनले आज उच्चस्तरीय भेटवार्ता गर्ने
राजनीति, समाचार

भियतनामकी उपराष्ट्रपति सुआनले आज उच्चस्तरीय भेटवार्ता गर्ने

नेपालअखबार ,काठमाडौं । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज पनि उच्चस्तरीय भेटवार्ता गर्दैछिन् । उनले आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औ वार्षिकोत्सव समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । उपराष्ट्रपति यादवको औपचारिक निमन्त्रणामा उनी शनिबार नेपाल भ्रमणमा आएकी थिइन् । भियतनामबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । शनिबार नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन् । यसो हुनसके भियतनामबाट नेपाल भि...
गाजामा बालबालिकाको दुर्दशाको मुद्दा उठाउँदै एमिनको पत्र मेलानिया ट्रम्पलाई
राजनीति, विश्व, समाचार

गाजामा बालबालिकाको दुर्दशाको मुद्दा उठाउँदै एमिनको पत्र मेलानिया ट्रम्पलाई

नेपालअखबार ,काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानकी पत्नी तथा देशकी प्रथम महिला एमिन एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई पत्र लेखेकी छिन् । यस पत्रमा उनले मेलानिया ट्रम्पलाई इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूसँग सम्पर्क गरी गाजामा रहेका बालबालिकाको दुर्दशाको मुद्दा उठाउन आग्रह गरेकी छिन् । बीबीसीका अनुसार, अंकारास्थित अधिकारीहरूले शनिबार एमिनको पत्रबारे जानकारी दिएका हुन् । एमिन एर्दोगानले आफ्नो पत्रमा मेलानिया ट्रम्पले यसै महिनाको सुरुवातमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन र रूसका बालबालिकाबारे पठाएको पत्रबाट आफूलाई प्रेरणा प्राप्त भएको उल्लेख गरेकी छन् । उनले भनिन्, ‘मलाई विश्वास छ, तपाईंले ६४८ युक्रेनी बालबालिकाको लागि देखाउनुभएको संवेदनशीलता गाजाका लागि पनि देखाउनुहुनेछ ।’ टर्कीको राष्ट्रपति कार्यालयबाट सा...
नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
राजनीति, समाचार

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

नेपालअखबार,काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो । प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुन: प्रतिनिधिसभामै पठाउँछ । पारित विधेयकले आमाको नाममा सर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ ।...
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दलहरू जुट्ने सम्भावना बढ्दै
राजनीति, समाचार

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दलहरू जुट्ने सम्भावना बढ्दै

नेपालअखबार ,काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दलहरू जुट्ने सम्भावना बढ्दै गएको बताएका छन् । नेपालको राजनीतिमा एकता, मिलन र विछोड सँगसँगै गइरहने विषय भएको भन्दै पछिल्लो समय मधेशवादी दलहरू जुट्ने सम्भावना बढ्दै गएको जिकिर गरे । ‘नेपालको राजनितिमा एकता, मिलन, विछोड यो सँगसँगै गइरहने कुरा हो । फुट पनि भइरहेको छ, जुट पनि भइरहेको छ । जुटेर फेरि फुट्ने पनि भइरहेको छ,’ उनले भने, ‘यो क्रम त नेपालको राजनीतिको विशेषता नै हो । कहिले मिल्ने, कहिले फुट्ने, कहिले फेरि जुट्ने । अब जुट्ने सम्भावना बढ्दै गएको छ ।’ विभाजन र टुटफुटकै कारण मधेशवादी दलहरूले दर्जनौं बनिसकेका छन् । हालै अनिलकुमार झाले नेपाल सद्भावना पार्टीलाई फेरि ब्युँताएका छन् । यसैबीच यादवले फेरि दलहरू जुट्ने सम्भावना रहेको बताएका हुन् । फुट्ने, जुट्ने र फेरि फुट्ने यो क्रम नेपालको राजनितिक दलहरुको ...
काठमाडौं आइपुगिन् भियतनामकी उपराष्ट्रपति
राजनीति, समाचार

काठमाडौं आइपुगिन् भियतनामकी उपराष्ट्रपति

नेपालअखबार ,काठमाडौं ।समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आइपुगेकी  छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवा, पर्यटन मन्त्री बद्री प्रसाद पाण्डे लगायत उच्चस्थ पदाधिकारीहरूले स्वागत गरेका थिए। उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म नेपालको भ्रमण भियतनामको तर्फबाट यो पहिलो उच्चस्तरीय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ। यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यो ...
वामपन्थी क्रान्तिकारी संगठनहरूको गम्भीर ध्यानाकर्षण :दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भू˗भाग नेपालको हो
राजनीति, समाचार

वामपन्थी क्रान्तिकारी संगठनहरूको गम्भीर ध्यानाकर्षण :दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भू˗भाग नेपालको हो

नेपालअखबार , काठमाडौं । वामपन्थी क्रान्तिकारी संगठनहरूले गम्भीर ध्यानाकर्षण गर्दै भनेका छन्, दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भू˗भाग नेपालको नै हो । दुई देशले व्यापारिक नाका बनाउने सहमतिको हामी स्वतन्त्र तथा सार्वभौम नेपालीहरूको तर्फबाट जोडदार विरोध गर्दै चार वामपन्थी क्रान्तिकारी राजनीतिक पार्टी तथा संगठनहरुद्धारा संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ । संयुक्त प्रेस विज्ञप्ति भनिएको छ । २०८२ भदौ ३ गते भारत र चीनका विदेश सचिव स्तरीय बैठकले नेपालको दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भू˗भागलाई दुई देश बीचको व्यापारिक नाका बनाउने सहमति गरेको कुराप्रति हामी निम्न अनुसारका वामपन्थी क्रान्तिकारी राजनीतिक पार्टी तथा संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त भू˗भाग ऐतिहासिक कालदेखि नै नेपालको नक्सा, आधिकारिक कागजात तथा विभिन्न अकाट्य प्रमाणहरुले नेपाल केो भूमि हो भन्...
देशको स्वतन्त्रतामाथि छिमेकी राष्ट्रबाट भएको हस्तक्षेप स्वीकार्य हुँदैन : अध्यक्ष नेपाल
राजनीति, समाचार

देशको स्वतन्त्रतामाथि छिमेकी राष्ट्रबाट भएको हस्तक्षेप स्वीकार्य हुँदैन : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लिपुलेकबाट सीमापार व्यापार गर्नेबारे भारत र चीनबिच भएको द्विपक्षीय सम्झौतालाई अस्वीकार गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) एकता सभालाई सम्बोधन गर्दै उनले दुई देशबिच हालै सम्पन्न सम्झौताले नेपाली भूमिमाथिको अतिक्रमण तथा देशको स्वतन्त्रतामाथि छिमेकी राष्ट्रबाट भएको हस्तक्षेप स्वीकार्य नहुने बताए । मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि थिचोमिचो भएकाले उक्त कार्यविरुद्ध सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले समस्या समाधानका लागि सरकारले दुवै छिमेकीहरूसँग कूटनीतिक तहमा वार्ता गर्नुपर्ने उल्लेख गरे । मुलुकको राष्ट्रियता बलियो बनाउन वामपन्थी सक्तीबिचको ध्र...
विद्रोही एकता अभियान एकीकृत समाजवादीमा समाहित
राजनीति, समाचार

विद्रोही एकता अभियान एकीकृत समाजवादीमा समाहित

नेपालअखबार,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) बीच पार्टी एकता भएको छ। शुक्रबार नेकपा (एकीकृत समाजवादी) को मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्तहरूलाई पार्टीमा स्वागत गर्नु भएको हो। कार्यक्रमको अध्यक्षता पार्टीका वरिष्ठ नेता प्रमेश हमालले गर्नुभएको थियो भने उपाध्यक्ष डा.गंगालाल तुलाधरले सञ्चालन गर्नु भएको थियो।...
नेपाल लिपुलेकबाट पछाडि हटेको छैन : सञ्चार मन्त्री  गुरुङ
राजनीति, समाचार

नेपाल लिपुलेकबाट पछाडि हटेको छैन : सञ्चार मन्त्री गुरुङ

नेपालअखबार,पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताएका छन् । लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको उनले बताए । पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले नेपालको भूमि भारतले उपयोग पनि गर्दै आएको बताए । यस विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने पनि प्रवक्ता गुरुङले बताए । लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको स्वामित्वमा रहेको ठाउँ भएको तथ्य प्रमाण रहेको बताउँदै उनले भने, ‘दुई देशको व्यापारको नाउँमा करिडोर, सडक बनाउन पाउँदैन । यो विषय दुई देशको डिप्लोमेटिक चरणमा पुग्यो । अब डिप्लोमेटिक डायलगको माध्यमबाट समस्या समाधान गर्ने हो । लडाइँ लडेर प्राप्त गर्ने कुरा त हामीले कल्पनै गरेका छैनौं ।’ नेपालको निषेधित क्षेत्रभित्र व्यापारका लागि करिडोर बनाउने कुरा नेपालको चासोको विषय भएको उनले बताए ।भारत ...