ट्रम्पसँग वार्ता गर्न पुटिनले दुबई रोजेका थिए, कसरी तय भयो अलास्का?
नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्म र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार प्रत्यक्ष भेटवार्ता हुँदैछ।
अलास्काको एन्करेजस्थित संयुक्त सैनिक अड्डा (ज्वाइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसन) मा दुई शक्तिशाली मुलुकका प्रमुखबीच बहुप्रतिक्षित बैठक हुन लागेको हो।
साढे तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको रूस-युक्रेन युद्धलाई शान्तिमा रूपान्तरण गर्न ट्रम्प र पुटिनबीचको भेटवार्ता कोशेढुंगा हुने आकलन गरिएको छ।
यो भेटवार्ता एक साताअघि ट्रम्पका मध्यपूर्व हेर्ने दूत स्टिभ विटकोफले क्रेमलिन भ्रमण गरेपछि तय भएको थियो। गत बुधबार विटकोफले क्रेमलिनमा पुटिनसँग तीन घन्टा वार्ता गरेका थिए।
वार्ताको विस्तृत अझै सार्वजनिक भएको छैन। तर त्यसलाई नै ट्रम्म र पुटिनबीच प्रत्यक्ष भेटवार्ताको प्रस्थानबिन्दु भनिएको छ।
विटकोफको भ्रमणपछि ट्रम्प आफैले एक साताभित्र पुटिनसँग प्रत्यक्ष वार्त...









