Sunday, August 16

राजनीति

एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीमा रिक्त पदाधिकारी छान्न सचिवालय गठन
राजनीति, समाचार

एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीमा रिक्त पदाधिकारी छान्न सचिवालय गठन

नेपालअखबार,सुर्खेत । नेकपा (एकीकृत समाजवादी) ले कर्णाली प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी चयन गर्न सचिवालय गठन गरेको छ। यही पुस २६ र २७ गते बसेको प्रदेश कमिटीको वैठकबाट कमिटीमा रहेका पदाधिकारीहरु दुई जना उपाध्यक्ष र दुई जना सचिव सहमतिको आधारमा छनोट गर्नेगरी सचिवालय गठन गरिएको हो। प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरीको अध्यक्षतामा १० सदस्यीय सचिवालय गठन गरिएको हो। सचिवालय र यसका सदस्यहरुलाई पदाधिकारी चयनबाहेकका अरु पनि जिम्मेवारी तोकिएको छ। प्रदेशको बैठकले पार्टी कमिटीहरुअन्तर्गत जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र,  नगर, गाउँ र वडा कमिटीहरुको अधिवेशन चैत मसान्तसम्म गरिसक्ने निर्णय गरेको छ। जिल्ला र प्रदेश कमिटीमा रहेका सदस्यहरुले अनिवार्य रुपमा आफ्नो सम्पत्ति विवरण पार्टीमा बुझाउनुपर्ने निर्णय पनि बैठकबाट गरिएको छ। यस्तै वैठकमार्फत जिएमआर कम्पनी...
मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

नेपालअखबार,काठमाडौँ । सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनालाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । पुस २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६३ करोड रुपैयाँ बराबरको) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी ६ अर्ब ४८ करोड १७ लाख १२ हजार २ सय ५० कायम गर्न स्वीकृति प्रदान गर्ने, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्त...
आजदेखि काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस
प्रशासन, राजनीति, समाचार

आजदेखि काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस

नेपालअखबार,काठमाडौं। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू हुनेछ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाडेर मुद्दा लड्न दिने भन्नेबारे सरकारपक्ष र विपक्षी वकिलहरूबीच बहस हुनेछ। आइतबार लामिछानेको बयान लम्बिएपछि थुनछेक बहस हुन सकेन। त्यसपछि न्यायाधीश अधिकारीले लामिछानेलाई प्रहरीको जिम्मा लगाएको थियो। उनी काठमाडौं प्रहरीको हिरासतमा छ। प्रहरीले नै उनलाई थुनछेक बहसमा अदालत उपस्थित गराउनेछ। आइतबार थुनछेक बहस नहुने भएपछि रवि लामिछाने र उनका वकिलहरूले प्रतिवादी आफै अदालतमा हाजिर हुन आएकाले परिवारको जिम्मा लगाउन माग गरेका थिए। न्यायाधीश अधिकारीले थुनछेक नभएका कारण मुद्दा हेर्दाहेर्दैमा परेको र हेर्दाहेर्दैमा परेका मुद्...
गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा
राजनीति, विचार, समाचार

गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

नेपालअखबार,पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक धुनहरुलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार संघको संयुुक्त आयोजनामा भएको “गण्डकीका धुुनहरु” नामक कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशको सांगीतिक सम्पदाको महत्व र यसलाई संरक्षण गर्ने आवश्यकतामा जोड दिएका हुन् । मन्त्री थापाले प्रदेशका मौलिक बाजाहरूको जगेर्ना र नयाँ पुस्तामा यसको हस्तान्तरणलाई प्राथमिकतामा राखिने बताए । “गण्डकी प्रदेश गीतसंगीतको उर्वर भूमि हो । यहाँका सिर्जना विश्वप्रख्यात छन् । गण्डकीका सर्जकका सिर्जनालाई संरक्षण गर्न नै गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको हो । जस माध्यम विविध कार्यक्रमहरु हुँदै आएका छन् ।”, उनले भने । कार्यक्रममा पञ्चे बाजा, सारंगी, बाँसुरी, धिमे, सनई, टुङ्ना, म...
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
राजनीति, समाचार

पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

नेपालअखबार,पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ । अभियान अन्तर्गत पोखरा ३३ को तल्लो पुडीमा आइतबार कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले भ्रम र यथार्थलाई बुझनुपर्नेमा जोड दिनुभयो । सो वडाका लागि अभियान संयोजक समेत रहनु भएका सहसचिव सिग्देलले विवकेशील नेता र सचेत कार्यकर्ता भएको पार्टीले जनभावनालाई सम्बोधन गर्न सक्ने बताउनुभयो । नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति केशर प्रसाद निर्दोषीले सबै परिवर्तनको नेतृत्व गरेको काँग्रेसले जनताको आवश्यकतालाई पनि पूरा गर्न सक्ने बताउनुभयो । त्यस अवसरमा नेपाली काँग्रेस कास्कीका आमन्त्रित सदस्य भोजराज आचार्य, प्रदेश प्रतिनिधि रामचन्द्र पौडेल, पोखरा ३३ वडा कार्यसमिति सभापति तिलक प्रसाद अधिकारी, क्षेत्रीय प्रतिनिधि सूर्य मोहन आचार...
आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु
राजनीति, विदेश, समाचार

आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु

नेपालअखबार,पञ्जाब । पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु भएको छ । पञ्जाब प्रहरीका अनुसार यो घटना शुक्रबार राति १२ बजेतिर भएको हो।गोली लागेपछि गुरप्रीत गोगीलाई लुधियानाको डीएमसी अस्पतालमा ल्याइएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो। पञ्जाब पुलिसका डीसीपी जसकरण सिंह तेजाले भने, ‘गुरप्रीत गोगीलाई अस्पतालमा मृत घोषित गरिएको छ। उनको शवलाई डीएमसी अस्पतालको शवगृहमा राखिएको छ। शवको पोस्टमार्टम गरिनेछ।’ उनले थपे, ‘परिवारका अनुसार गल्तीवश उनले आफूलाई नै गोली हानेका थिए । उनको टाउकोमा गोली लागेको थियो। मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ ।’ गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक थिए।...
सरकारले ल्यायो तीनवटा अध्यादेश
राजनीति, समाचार

सरकारले ल्यायो तीनवटा अध्यादेश

नेपालअखबार,काठमाडौं । सरकारले शुक्रबार राति ढिलो गरेर तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संसद् बोलाउन ढिलाई गरेको भनी चौतर्फी आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने अध्यादेश ल्याउन अघि सरेका हुन् । त्यसो त सरकारले ल्याएका कतिपय अध्यादेशको सार सकारात्मक पनि देखिन्छ । खासगरी सेवा प्रवाहका क्षेत्रमा, अनि अत्यावश्यक क्षेत्रलाई सम्बोधन गर्नेगरी मन्त्रिपरिषद्ले अध्यादेश ल्याउन राष्ट्रपतिकहाँ सिफारिस पठाउने छ । तर, शक्तिशाली बहुमतमा रहेका प्रधानमन्त्री ओली र उनको मन्त्रिपरिषद्लाई संसद्को बाटो छलेर किन अध्यादेशको विकल्पमा जानुपर्‍यो भन्ने चित्तबुझ्दो जवाफ भने भेटिँदैन । त्यसैले प्रतिपक्षी दलहरूले सरकारका...
मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म छैन : राष्ट्रपति पौडेल
राजनीति, समाचार

मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म छैन : राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म नभएको बताएका छन् । मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने  भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताए । मानवता र  नैतिकतामा संकुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने उनले स्पष्ट पारे। राष्ट्रपति पौडेलले मानव सेवा आश्रमले आफ्नो स्थापना कालदेखि नै “जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने” मानवता प्रवद्र्धन महाअभियानमार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको बताए । आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम मार्फत नेपाल...
सरकारले पर्यटकीय जिल्ला सोलुखुम्बुको विकासलाई तीव्रता दिन्छः प्रधानमन्त्री
राजनीति, समाचार

सरकारले पर्यटकीय जिल्ला सोलुखुम्बुको विकासलाई तीव्रता दिन्छः प्रधानमन्त्री

नेपालअखबार,सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिने सोलुखुम्बुको विकासलाई तीव्रता दिन सरकारले कुनै कमी हुन नदिने बताएका छन् । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आज आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सोलुखुम्बुजस्तो विशेष महत्वको जिल्लामा विकासका संरचनाहरूलाई थप सबल बनाइने बताए । उनले उक्त सडकलाई पक्की बनाउने विषयमा प्रदेश र संघीय सरकारबीच सहकार्य कायम रहेको जानकारी गराउँदै भने, “यो सडकलाई कालोपत्रे बनाउने जिम्मा दुवै सरकारको हुनेछ। सोलुखुम्बुको विकासको अभियानमा सरकारले कुनै कसर बाँकी राख्दैन।” प्रधानमन्त्री ओलीले सोलुखुम्बु सहासिक व्यक्तित्वहरूको जिल्ला भएको उल्लेख गर्दै, “राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा र तेन्जिङ नोर्गे शेर्पा जस्ता विश्वविख्यात सहासिक व्यक्तिहरूको जन्मभुमि खुम्बुमा थप विका...
संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्छः गगन थापा
राजनीति, समाचार

संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्छः गगन थापा

नेपालअखबार,पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आकार ठूलो भएको बताएका छन् । शनिबार पोखरामा आयोजित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका सभापतिहरुको प्रशिक्षण कार्यक्रममा उनले संविधान संशोधन गरेर संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने र चुस्त मन्त्रालय चलाउनुपर्ने बताएका हुन् । ‘सरकारको साइज ठूलो भयो । यत्रो सरकार चाहिँदैन, यति धेरै चाहिँदैन । प्रदेशमा ४–५ कतिजना मन्त्री बनाउने हो संविधानमा बाँध्नुपर्छ । संविधानमा २५ जना मन्त्री नलेखेको भए केन्द्रमा ५० जना मन्त्री बनाउनुपथ्र्यो,’ उनले भने, ‘पार्टी र गुट मिलाउँदा मिलाउँदा समस्या हुन्छ । गुट मिलेन भने मन्त्रालय तोड्दे भन्छ । त्यसैले संविधानबाटै मन्त्रालयको संख्या व्यवस्थित गर्नुपर्छ ।’ केन्द्रमा पनि ७–८ मन्त्रालय मात्रै भए पुग्ने उनको तर्क छ । ‘केन्द्रमा यतिधेरै मन्त्रालय चाहिँदैन । ७–८ वटा मन्त्राल...