Tuesday, August 18

राजनीति

आफ्नो मेडिकल रेकर्ड जारी गरेर ह्यारिसले दिइन् ट्रम्पलाई चुनौती
राजनीति, विश्व, समाचार

आफ्नो मेडिकल रेकर्ड जारी गरेर ह्यारिसले दिइन् ट्रम्पलाई चुनौती

नेपालअखबार, वासिङ्टन । अमेरिकी राष्ट्रपति चुनावको क्रममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेकी छन् । अभिलेख अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको स्वास्थ्य अवस्था ‘धेरै राम्रो’ रहेको र उनी राष्ट्रपति पदका लागि पूर्णरुपमा फिट छिन् । कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड जारी गरेपछि, डेमोक्र्याटिक पार्टीले डोनाल्ड ट्रम्पको स्वास्थ्य रेकर्ड जारी नगरेकोमा पारदर्शिताको अभावको आरोप लगाएको छ। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् । ह्यारिसले पनि मेडिकल रेकर्डलाई लिएर ट्रम्पको आलोचना गरिन्। उनले ट्रम्प अमेरिकी जनताले आफू राष्ट्रपति पदका लागि योग्य छन् वा छैनन् भन्ने थाहा नपरोस् भन्ने नचाहेको आरोप लगाइन् । यता ट्रम्पको मेडिकल रेकर्ड खुलासा नगरी, उनको टोलीले डाक्टरलाई उद्धृत...
मुम्बईमा एनसीपी नेताको गोली हानी हत्या
राजनीति, विदेश, समाचार

मुम्बईमा एनसीपी नेताको गोली हानी हत्या

नेपालअखबार, मुम्बई । भारतमा एनसीपी (अजित पवार गुट) नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ। शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउण्ड गोली चलाइएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ । छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो । मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार प्रहरीले यस मामिलामा दुई जनालाई पक्राउ गरेको छ। उनीहरूसँग सोधपुछ भइरहेको छ । यस वर्ष फेब्रुअरीमा बाबा सिद्दीकी कांग्रेस छोडेर एनसीपी (अजित पवार गुट) मा सामेल भए। उनी विगत ४८ वर्षदेखि कांग्रेसमा थिए । घटनाको जानकारी दिँदै सीएम एकनाथ शिन्देले भने, ‘बाबा सिद्दिकीमाथि घातक हमला भएको थियो, उहाँको मृत्यु भएको छ । यो दुखद घटना हो । दुई अभियुक्त पक्राउ परेका छन्, एक फरार छन् । तेस्रो अभियुक्त पनि छिट्टै पक्रा...
राष्ट्रपति बने भने बलात्कारी आप्रवासीलाई मृत्युदण्डको सजाय दिन्छु : ट्रम्प
राजनीति, विश्व, समाचार

राष्ट्रपति बने भने बलात्कारी आप्रवासीलाई मृत्युदण्डको सजाय दिन्छु : ट्रम्प

नेपालअखबार,वासिङ्टन । आफू दोहोर्‍याएर राष्ट्रपति बने भने अमेरिकीहरूको बलात्कार र हत्या गर्ने आप्रवासीलाई मृत्युदण्डको सजाय दिने डोनाल्ड ट्रम्पले बताएका छन् । शुक्रबार अमेरिकाको कोलोराडोमा एउटा चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले यस्तो बताएका हुन् । ल्याटिन अमेरिकी आप्रवासीहरूले कोलोराडोमा आतङ्क फैलाइरहेको भन्दै त्यस्ता आप्रवासीहरूलाई ट्रम्पले राक्षस र जनावर समेत भन्न भ्याए । आज विश्वले अमेरिकालाई आपराधिक बलले कब्जा गरिसकेको देशको रूपमा चिन्ने पनि उनले बताए । ट्रम्पले वर्तमान उपराष्ट्रपति तथा नोभेम्बर ५ मा हुने राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई समेत अपराधी भने । ह्यारिस राष्ट्रपति बनिन् भने देश ध्वस्त हुने उनले बताए । कोलोराडोमा भेनेजुएलाबाट आएका ट्रम्पले मानिसहरूलाई प्रहरीमाथि गोली चलाउने अनुमति दिइएको दाबी पनि उनले गरे । न्युयोर...
एमालेले पार्टी कार्यालयको नयाँ भवनको शिलान्यास गरिँदै
राजनीति, समाचार

एमालेले पार्टी कार्यालयको नयाँ भवनको शिलान्यास गरिँदै

नेपालअखबार,काठमाडौँ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गरेको नेकपा एमालेले नयाँ भवन निर्माण गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिका –१४  मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको बताए । तर अब भने स्थायी भवन निर्माणको तयारीमा रहेको उनले बताए । शुक्रबार कीर्तिपुर नगरपालिका–२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास हुने जानकारी उनले दिए । एमालेले काठमाडौँ कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार...
दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : सभापति देउवा
राजनीति, समाचार

दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : सभापति देउवा

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन् । बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको बताए । दसैँको पूर्वसन्ध्यामा बाढी, पहिराको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको उल्लेख गर्दै सभापति देउवाले हजारौँ नागरिक घरवारविहीन हुन पुगेको बताएका छन् । “मुलुकका अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएका छन् । दसैँमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठीन अवस्था सिर्जना भएको छ”, उनले उल्लेख गरेका छन्, “हजारौँ नागरिकका करोडौँका जग्गाजमिन र भित्र्याउने बेला भएका अन्...
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक
राजनीति, समाचार

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक

नेपालअखबार, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। बुधबार राष्ट्रपति पौडेलले उक्त विधेयकको प्रमाणीकरण गरेको उपसचिव अर्चना खड्का अधिकारीले जानकारी दिइन्। संघीय दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि उक्त विधेयक पेश भएको थियो। पेश भएको विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।...
राजनीतिमा महिलालाई टिक्नै मुस्किल
राजनीति, समाचार, समाज

राजनीतिमा महिलालाई टिक्नै मुस्किल

नेपालअखबार, काठमाडौं। सरोकारवालाहरूले राजनीतिमा महिलालाई टिकाउन मुस्किल रहेको बताएका छन्। मंगलबार राजधानीमा भएको ‘नेपाली राजनीतिमा महिला उपलब्धि र चुनौती प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम’मा बोल्दै वक्ताहरूले संवैधानिक र कानुनी बाध्यताका कारण राज्यका विभिन्न तहमा महिलाको प्रतिनिधित्व बढेको बताए। तर, राजनीतिमा संलग्न भएका महिलाहरू राजनीतिमै टिकिरहने वातावरण बनाउन आवश्यक रहेकोमा जोड दिए । अखिल नेपाल महिला संघकी महासचिव पेम्बा लामाले महिलाको सहभागिता हुनुपर्छ भन्ने बोध समाजलाई भएको बताइन् । ‘महिलाको सहभागीता आवश्यक छ भन्ने बोध भयो। यसअनुसार संबैधानिक प्रावधान समेत छन्। तर, महिलालाई राजनीतिमा महिला टिकिराख्नु चुनौतीपूर्ण छ’ उनी भन्छिन्, ‘महिलाले राजनीतिमा आउन प्रयास गरेका थिए वा गरिरहेका छन्। तर, टिकिराख्ने वातावरण बनाउन आवश्यक छ ।’ राजनीतिक दलहरूको घोषणापत्रमा महिला सहभागिताको विषयमा...
राष्ट्रपतिद्वारा सार्वजनिक सेवा प्रसारण विधेयक प्रमाणीकरण
राजनीति, समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक सेवा प्रसारण विधेयक प्रमाणीकरण

नेपालअखबार,  काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।...
मन्त्रीहरु बाढी पहिरो प्रभावित क्षेत्रमा जाने
राजनीति, समाचार

मन्त्रीहरु बाढी पहिरो प्रभावित क्षेत्रमा जाने

नेपालअखबार, काठमाडौँ । मन्त्रीहरूले काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढी प्रभावित क्षेत्रको आज अवलोकन गरी त्यहाँ भइरहेको सहयोग र पुनःनिर्माणबारे जानकारी लिने भएका छन् । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोलीले काभ्रेको मङ्गलटार, सिन्धुलीको खुर्कोट, सिन्धुपाल्चोकको चौतारा, ललितपुरको गोटीखेलका लागि प्रस्थान गरेका छन् । उनीहरुले बाढीपहिरोबाट भएको क्षति तथा त्यहाँ तत्काल भइरहेका सडक पूर्वाधार पुनःनिर्माण र राहतका कार्यक्रम सञ्चालनलगायत विषयमा छलफल गर्नेछन् । मृतकको सङ्ख्या दुई सय ४६  यसैबीच, बागमती प्रदेश बढी प्रभावित भई यही असोज १० देखि १२ गतेसम्म भएको बाढीपहिरामा परी दुई सय ४६ जनाको मृत्यु भयो भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएकामा ३० जनाको विभिन्न अस्पतालमा  उपचार भ...
पदभार ग्रहणपछि नवनियुक्त प्रधानन्यायाधीशले सुनाए पाँच बुँदे योजना
राजनीति, समाचार

पदभार ग्रहणपछि नवनियुक्त प्रधानन्यायाधीशले सुनाए पाँच बुँदे योजना

नेपालअखबार,काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले पदभार ग्रहण गरेका छन् । आइतबार प्रधान्यायाधीश कार्यालय सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानन्यायाधीश जस्तो  हैसियतमा पुग्नु आफ्ना लागि ऐतिहासिक दिन बनेको बताए । नेपालको न्यायालय अहिले लयमा फर्किएको भन्दै उनले त्यसलाई समृद्ध बनाउनका लागि आफुहरु लागिपरिरहेको बताए । उनले भने,‘मेरो लागि आज ऐतिहासिक दिन हो । किनभने देशको प्रधानन्यायाधीशको हैसियतमा छु । नेपालको न्यायालय अहिले लयमा फर्किएको छ । सुखद् र गौरवको विषय हो । यसलाई समृद्ध बनाउनु पर्छ । त्यसको लागि हामी लागि परेका छौं ।’ उनले आफ्ना पाँचवटा बुँदाहरु लक्ष्यको रुपमा सुनाउँदै त्यसलाई जसरी पनि पूरा गर्ने प्रतिवद्धता जनाए । उनले भने,‘पाँच वटा बुँदाहरु लक्ष्यका रुपमा निर्धारित गरेका छौं । छिटो ...