Monday, August 17

राजनीति

पक्राउ पुर्जी जारी गरेपछि रविको प्रतिक्रिया : सरकार मर्‍यो
राजनीति, समाचार

पक्राउ पुर्जी जारी गरेपछि रविको प्रतिक्रिया : सरकार मर्‍यो

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको चर्को आलोचना गरेका छन् । प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिएपछि लामिछानेले केपी शर्मा ओली नेतृत्व सरकारको आलोचना गर्दै केही प्रश्न गरेका छन् । ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ उनले प्रश्न गरेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी , मेरो हातमा चाहि हतकडी ?’ उनले प्रधानमन्त्री ओलीको नाम नलिईकनै प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लमखुल्ला लिएको जिकिर गर्दै सोधेका छन्, ‘मैले ठगीको आरोप खेपिदिनुपर्ने ?’ उनको स्टाटस जस्ताको तस्तै  सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !! तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहिँ हतकडी ?? तपाईं  विचौलियाको सेवा गरेवापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने? तपाईं  प्रमाणित भ्रष्टाचारीबाट करोड...
पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह
राजनीति, समाचार

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको ठुलो विपद्को घटनाका रुपमा लिँदै राहत वितरण र पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा परिषद्का अध्यक्ष ओलीले घटनाबाट दिवंगतहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै खोज, उद्धार, राहत र पुनःनिर्माणका लागि गम्भीरताका साथ काम भइरहेको बताएका हुन् । “अहिलेको परिस्थितिमा के गर्न पर्छ र के गर्न सकिन्छ ? तीनै तहका सरकारबाट समन्वयतात्मकरुपमा काम गर्नुपर्नेछ ।”, प्रधानमन्त्री ओलीले भने, “कसरी जनतालाई छिटोभन्दा छिटोभन्दा छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्...
प्रमुख प्रतिपक्षी दल प्रतिपक्षीदलहरुको बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु
राजनीति, समाचार

प्रमुख प्रतिपक्षी दल प्रतिपक्षीदलहरुको बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु

नेपालअखबार,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी लगायतका प्रतिपक्षीदलहरुको बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा यो बैठक बसेको हो। समसामयिक राजनीतिक विषय र बाढीपहिरो पछिको अवस्थाबारे छलफल गर्नकालागि अध्यक्ष दाहालले बैठक बोलाएको जनाइएको छ। बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, शक्ति बस्नेत सहभागी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी भवन निर्माणकालागि १० रोपनी १४ आना जग्गा दान लिएको विषयलाई लिएर राजनीति तर‌ङ्गीत रहेका बेला बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ। ओली सरकारको ९० दिनको समिक्षा समेत बैठकमा गरिने बताइएको छ।  ...
हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु
राजनीति, विश्व, समाचार

हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु

नेपालअखबार,काठमाडौँ ।गजापट्टिमा इसराइल डिफेन्स फोर्सले हमासका प्रमुख याह्या सिन्वरको हत्या गरेको इसराइलले दाबी गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार इसराइली विदेश मन्त्रीले सिन्वरको हत्या भएको पुष्टि गरेका हुन्। बिहीबार इसराइलको परराष्ट्र मन्त्रालयले एक्स (ट्विटर) मा पोस्ट गर्दै इसराइल डिफेन्स फोर्सले अपरेसनका क्रममा गजापट्टिमा तीनजना आतंककारी मारिएको र तीमध्ये एक हमास प्रमुख सिन्वर हुन सक्ने सम्भावना रहेको बताएको थियो। यसपछि सिन्वरको भनिएको शवको डिएनए परीक्षण गरिएको थियो। परीक्षणको प्रारम्भिक नतिजामा उक्त शव सिन्वरकै भएको पाइएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ। इसराइलका दुई सञ्चारमाध्यम केएएन र एन१२ ले यसअघि नै दुई इसराइली अधिकारीहरूलाई उद्धृत गर्दै सिन्वरको मृत्यु भएको उल्लेख गरेका थिए। सिन्वरको मृत्यु उनैलाई निशाना बनाएर गरिएको कुनै...
लेबनान र प्यालेस्टाइनीमाथिको आक्रमणविरुद्ध अनेरास्ववियू क्रान्तिकारीले प्रदर्शन
राजनीति, समाचार

लेबनान र प्यालेस्टाइनीमाथिको आक्रमणविरुद्ध अनेरास्ववियू क्रान्तिकारीले प्रदर्शन

नेपालअखबार,काठमाडौं । लेबनान र प्यालेस्टाइनीमाथिको आक्रमणविरुद्ध अनेरास्ववियू क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा उनीहरूले आक्रमणको विरोधमा प्रदर्शन गरेका हुन् । यसअघि, नेकपा माओवादी केन्द्र, नेकपा मसाल, नेकपा समाजवादी लगायतका राजनीतिक दलका नेता र नागरिक समाज, अगुवाहरूले इजरायलले प्यालेस्टाइन र लेबनानका नागरिकहरूमाथि गरिरहेको आक्रमणको विरोध गरेका थिए । उनीहरूले बुधबार संयुक्त वक्तव्य निकालेर लेबनान र प्यालेस्टाइनीमाथिको आक्रमण रोक्ने कार्यमा पहल लिन अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेका थिए ।...
स्थानीय तह उपनिर्वाचनका लागि तोकियो अधिकृत कार्यालय रहने स्थान
प्रशासन, राजनीति, समाचार

स्थानीय तह उपनिर्वाचनका लागि तोकियो अधिकृत कार्यालय रहने स्थान

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन, २०८१ को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको छ। आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद सापकोटाले बिहीबार एक विज्ञप्‍ति जारी गर्दै निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको जानकारी दिए। उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अधयक्ष/उपाध्यक्षको निर्वाचनका लागि स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ। त्यस्तै वडाध्यक्षको निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा कार्यालय रहने आयोगले जनाएको छ। मंसिर १६ गते ३९ स्थानमा उपनिर्वाचन हुँदैछ।...
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध पक्राउ पुर्जी जारी
राजनीति, विश्व

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध पक्राउ पुर्जी जारी

नेपालअखबार, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बिबिसी हिन्दीका अनुसार बंगलादेशको एक विशेष अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। ‘अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ ग‍र्न र उनलाई नोभेम्बर १८ सम्म अदालतमा जारी हुन आदेश जारी गरेको छ,’ अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल) का मुख्य अभियोजक मोहम्मद तजुल इस्लामले भने। पूर्वप्रधानमन्त्री हसिना गत अगष्टमा निर्वासनमा गएकी थिइन्। युवाहरूको प्रदर्शन उग्र बन्दै गएपछि उनी देश छाडेर भारतको शरणमा पुगेकी थिइन्। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन्। १५ वर्षसम्म सत्तामा रहेकी उनीविरूद्ध मानवताविरूद्धको अपराध कसुरमा पुर्जी जारी भएको हो। प्रदर्शनको क्रममा मानव उल्लंघन, ठूलो समूहलाई पक्राउ र उनका राजनीतिक प्रतिस्पर्धीको गैरन्यायिक हत्या समेत ग...
निर्वाचनमा हारे पछि, सबै कमिटी खारेजी ग¥यौं भन्न कुन नैतिकताले मिल्छ कमरेड ?
राजनीति, विचार, साहित्य \कला, हाइलाइट-समाचार

निर्वाचनमा हारे पछि, सबै कमिटी खारेजी ग¥यौं भन्न कुन नैतिकताले मिल्छ कमरेड ?

जैनव खातुन । निर्वाचनमा हारे पछि, सबै कमिटी खारेजी ग¥यौं भन्न कुन नैतिकताले मिल्छ कमरेड ? काहीँ नभएको जात्रा हाँडेगाउँमा भने जस्तै आफैले आफ्नै नेतृत्व र क्षमतामा प्रश्न उठाउने खेल खेल्दैछन् । राजनैतिक रुपमा सक्रिय भएका केहि राजनीतिक खेलाडीहरूले स्वयम् आफ्नै जात्रा देखाउन छन् । देशभरिबाट चुनिएर प्रतिनिधिहरु राष्ट्रिय महाधिवेशनमा महाधिवेशनका प्रतिनिधिको रुपमा भेला भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०८१ साल असार १६ देखि २० गतेसम्म काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको थियो । दक्षिणपन्थी यथास्थितिवादीको विरोध गरौं। समाजवादको दिशामा अघि बढौँ महाधिवेशनको मूल नारा रहेको थियो। देशभरिबाट प्रतिनिधिहरु आएका थिए । उहाँहरुले प्रदेश, जनसंगठन संगठन र अयोगहरुको प्रतिवेदन पेश गर्ने क्रममा प्रतिनिधिहरुले अहिले सबै प्रतिनिधिहरुका सजाव एउटै रहेको थियो । अध्यक्ष , महासचिव र व...
पाकिस्तान किन जाँदैछन् भारतीय विदेशमन्त्री ?
राजनीति, विदेश, समाचार

पाकिस्तान किन जाँदैछन् भारतीय विदेशमन्त्री ?

नेपालअखबार, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर मगलबार पाकिस्तान जाँदैछन् । भारतीय विदेशमन्त्रीको पाकिस्तान भ्रमण १० वर्षपछि हुन लागेको हो । त्यसैले पाकिस्तानमा जयशंकरको भ्रमणको निकै चर्चा छ । यद्यपि भारतीय विदेशमन्त्री जयशंकर द्वीपक्षीय भ्रमणमा जान लागेका होइनन् । उनी शंघाई कोअपरेशन अर्गनाइजेसन (एससीओ)को बैठकमा भाग लिन जान लागेका हुन् । एससीओको बैठक पाकिस्तानको राजधानी इस्लामाबादमा १५ र १६ अक्टोबरमा हुने तय भएको छ । भारत एससीओको सदस्य हो र यो बैठकमा विदेशमन्त्री जयशंकरले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । पाकिस्तानले बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै आमन्त्रण गरेको थियो । तर भारतको सहभागितामै संशय थियो । सहभागी भइहाले पनि भारतले जुनियर मन्त्री वा ब्यूरोक्र्याटलाई पठाउन सक्ने अनुमान थियो । तर विदेशमन्त्री नै जाने भए । तर यो भ्रमणमा भारत र...
लेबनानमा शान्तिसेनामाथि इजरायलको आक्रमणविरुद्ध बोल्यो ईयू
राजनीति, विश्व, समाचार

लेबनानमा शान्तिसेनामाथि इजरायलको आक्रमणविरुद्ध बोल्यो ईयू

नेपालअखबार,लक्जेमबर्ग । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गरेका छन् । ‘इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनीफील) माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्’, बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भने, ‘संयुक्त राष्ट्रसङ्घका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य छ ।’ हालैका दिनहरूमा इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् । इजरायलको सन् १९७८ को लेबनान आक्रमणपछि स्थापना गरिएको विभिन्न राष्ट्रियताका करिब नौ हजार पाँच सय सैनिकहरूको मिसन युनीफीलले इजरायली सेनालाई आफ्ना ठाउँहरूमा ‘जानीजानी’ आक्रमण गरेको आरोप लगाएको छ । ‘धेरै ...