कमिसनखोरी र भ्रष्टाचारको ठिमाहा सन्तान 'दलालपुँजीवाद' ।
पुरुषोत्तम पौडेल , हेटौडा । हामी कम्युनिष्ट पार्टीमा लाग्दा सामन्तवाद तथा दलाल नौकरशाही पुजीवादलाई नेपाली जनताको मुख्य शत्रु भनेर पढाइएको थियो । सामन्तवादलाई वुझ्न हामीलाई खास कठिनाइ थिएन । गाऊ गाऊमा सामन्तहरूको रजधज तथा शोषण व्याप्त थियो । अझ तराईमा त सामन्तहरूको बिगबिगी भएकोले सजिलै वुझिन्थ्यो । दलाल तथा नौकरशाही पुजीपतीहरूलाई वुझ्न निक्कै समय लाग्यो । आजकल भने दलाल तथा नौकरशाही पुजीपतीहरूको वजार अली गरम भएको देखिन्छ । देशको पुजीवजार र लगानीको क्षेत्रलाई उनिहरूको सिधै नियन्त्रण गर्न थालेको देखिन्छ । अरू त अरू राज्यले लगाऊने ठेक्का पट्टामा समेत दलाल पुजीपतिहरूले हातको सफाई गरेको चर्चा हुन थालेको छ । त्यसैले होला अहिले दलाल पुजीपती वर्गलाई नेपाली समाजको परिवर्तनको प्रमुख वाधाको रूपमा हेर्न थालीएको छ ।
हामी किशोर अवस्था देखी नै राजनीतिमा समाहित भयौ । सुरू देखी नै ‘दलाल पुँजीवाद’ को ठाडो विर...
