सुशान्तको फिल्म हेरेपछि ७ कक्षाकी छात्राले गरिन् आत्महत्या, छोडिन् यस्तो नोट
नेपाल अखबार, एजेन्सि। बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा प्रहरीको अनुसन्धान जारी छ भने अर्कोतर्फ सुशान्तका थुप्रै प्रशंसकद्वारा आफ्नो जीवन लीला समाप्त गरिरहेको खबर पनि लगातार आइरहेको छ । यसै क्रममा सुशान्तले आत्महत्या गरेपछि दुःखी भएकी भारतकी एक १३ वर्षकी छात्राले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
एएनआईको एक रिपोर्ट अनुसार ती बालिकाले आत्महत्या अघि सुसाइड नोट पनि लेखेकी छिन् जसमा उनले सुशान्त यो संसारबाट गएको राम्रो नलागेका कारण आत्महत्या गरेको जानकारी दिएकी छिन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । आत्महत्या गर्ने बालिकाको नाम जे. एन्जेला हो र उनी ७ औं कक्षाकी विद्यार्थी थिइन् । आत्महत्या गर्नु ठिक अघि सुशान्त सिंह राजपूतको फिल्म छिछोरे हेरेकी थिइन् ।
घटनाका बेला बालिका एक्लै घरमा थिइन् । बुधबार बेलुका करिब ५ बजे टिभीमा फिल्म छिछोरे आइरहेको थि...
