भारतीय व्यापारी अनिल अम्बानीका छोरामाथि सीआईबीले चलायो मुद्दा
नेपालअखबार,नयाँ दिल्ली । भारतीय व्यापारी अनिल अम्बानीका छोरा जय अनमोल अम्बानीमाथि सीबीआईले मुद्दा चलाएको छ ।
सीबीआईले युनियन बैंक अफ इन्डिया (यूबीआई) सँग सम्बन्धित २२८.०६ करोड भारु धोखाधडीको मुद्दामा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । यो मामिला रिलायन्स होम फाइनान्स लिमिटेड (आरएचएफएल) सँग पनि जोडिएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।
मंगलबार सीबीआईले सार्वजनिक क्षेत्रको बैंकलाई २२८ करोड भारुको वित्तीय नोक्सानीसँग सम्बन्धित यो मुद्दा बैंकको उजुरीमा दर्ता गरिएको जानकारी दिएको हो । यस उजुरीमा आरएचएफएल, जय अनमोल अनिल अम्बानी र रवीन्द्र शरद सुधाकरलाई लक्षित गरिएको छ, जो दुवै कम्पनीका पूर्वनिर्देशक हुन् ।
ऋणको गलत प्रयोग
बैंकको उजुरीअनुसार आरएचएफएलले मुम्बईस्थित आफ्नो शाखाबाट व्यवसायका लागि ४५० करोड रुपैयाँ ऋण लिएको थियो । बैंकले कम्पनीलाई पैसाको सही सदुपयोग गर्न, समयमै ईएमआई तिर...









