तमिल फिल्मका सुपरस्टार थालापति विजय बन्दै छन् तमिलनाडुका मुख्यमन्त्री!
नेपालअखबार,काठमाडौं । तमिलनाडू विधानसभा निर्वाचनको मतगणना जारी छ। बिहान ८ बजेदेखि सुरू मतगणना मध्याह्नसम्म पुग्दा तमिल अभिनेता विजय थालापतीको पार्टी तमिलगा वेट्री कजगम (टिभिके) 'अप्रत्यासित' जिततर्फ अग्रसर छ।
हिन्दुस्तान टाइम्सका अनुसार २३४ मध्ये २२७ सिटमा मतगणना जारी हुँदा १२२ सिटमा टिभिके अगाडि छ। भारतीय मिडियाहरूले पार्टी अध्यक्ष थालापतीलाई तमिलनाडुका नयाँ मुख्यमन्त्री बन्ने पक्कापक्की भएको उल्लेख गरेका छन्।
यहाँ द्रविडा मुनेत्रा कजगम (डिएमके) र कंग्रेस आईले गठबन्धन बनाएर चुनाव लडेका थिए। डिएमके अघिल्लो चुनावबाट सत्तामा आएको हो। यसअघि पनि ऊ पटकपटक सत्तामा आएको थियो।
मतगणना जारी रहँदा गठबन्धन तेस्रो स्थानमा छ। उसका ४३ जना उम्मेदवारले अग्रता लिइरहेका छन्।
भारतीय जनता पार्टी (भाजपा)सहितको एनडिए गठबन्धन दोस्रो स्थानमा छ। उसले अहिलेसम्म ६६ स्थानमा अग्रता कायम गरेको छ।
विजयले २...










