Friday, September 25

विश्व

पेरिसको सबैभन्दा अग्लो भवन चढ्दै गर्दा पक्राउ, पाँच वर्षअघि नेपालको झण्डा बोकेर चढेका थिए एक व्यक्ति
विश्व, समाचार

पेरिसको सबैभन्दा अग्लो भवन चढ्दै गर्दा पक्राउ, पाँच वर्षअघि नेपालको झण्डा बोकेर चढेका थिए एक व्यक्ति

नेपाल अखबार, एजेन्सि। उचाईसँग डर लाग्छ ? यदि लाग्छ भने तपाईंलाई यो भिडियो हेर्दा डर लाग्न सक्छ । किनभने एक व्यक्ति सुरक्षाको कुनै उपकरण बिना नै पेरिसको सबैभन्दा अग्लो भवन चढेका छन् । झट्ट हेर्दा यस्तो लाग्छ कि ती व्यक्तिले आफूले आफैंलाई ‘स्पाइडर म्यान’ नै ठानेका छन् । यद्यपि, ती व्यक्तिलाई यो घातक व्यवहारका लागि प्रहरीले पक्राउ गरेको छ । भवनको उचाई ६९० फिटः रिपोर्टका अनुसार जुन भवनमा ती व्यक्ति चढेका छन्, त्यसको नाम त्यगच ःयलतउबचलबककभ हो । यसको उचाई करिब ६९० फिट बताइएको छ । ती व्यक्तिले बेलुकी तिर भवन चढ्न सुरु गरेका थिए र उनलाई प्रहरीले करिब ८ बजे पक्राउ गरेको हो । आएफिल टावरभन्दा होचो छ भवन उक्त भवन आइफिल टावरभन्दा अग्लो त होइन तर त्यो शहरको एक्लो अग्लो भवन हो । जब यी व्यक्ति भवन चढेका थिए तब थुप्रैले उनको भिडियो क्यामरामा कैद गरेर सोसल मिडियामा सेयर गरे । यी व्यक्तिलाई धेरैले ‘स्पाइडर ...
कोरोनाको दोस्रो लहर आएको भन्दै कडा प्रतिबन्ध लगाउने पक्षमा बेलायती प्रधानमन्त्री
विश्व, समाचार

कोरोनाको दोस्रो लहर आएको भन्दै कडा प्रतिबन्ध लगाउने पक्षमा बेलायती प्रधानमन्त्री

नेपाल अखबार, एजेन्सि। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना भाइरसको दोस्रो लहर आउनसक्ने भन्दै अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालिएको बताएका छन्। उनले शुक्रबार सो विषयमा सार्वजनिक जानकारी नै दिएको हुन्। उनले भनेका छन्,‘अहिलेको अवस्थामा नै हामीले दोस्रो लहरको महसुस गरिसकेका छौँ र हामीलाई लाग्छ हामीले अब सामाजिक दुरी कायम गर्नुपर्ने अलिक कडा खालका प्रतिबन्धहरु पनि लगाउनुपर्ने हुनसक्छ।’ बेलायतको स्वास्थ्य तथा सामाजिक व्यवस्था मन्त्रालयले पनि यस विषयमा जानकारी दिएको छ। सो विभागले केही हप्तायताको अवस्था निकै नै नाजुक बन्दै गएको बताएको छ। मन्त्रालयले गएको २४ घन्टा यता यहाँ ४ हजार ३२२ जना सङ्क्रमित भेटिएको जनाएको छ। यो संख्या गएको मे महिनापछिकै एकै दिनमा देखा परेको सबैभन्दा ठूलो संख्या हो। यसअघि नै बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले प्रधानमन्त्री बोरिस जोन्...
रुसले बनायो कोरोनाविरुद्ध अर्काे एन्टिभाइरस‘कोरोनाभिर’
विश्व, स्वास्थ्य

रुसले बनायो कोरोनाविरुद्ध अर्काे एन्टिभाइरस‘कोरोनाभिर’

नेपाल अखबार, एजेन्सी । रुसले कोरोना भाइरस संक्रमितको उपचारका लागि अर्काे एउटा एन्टिभाइरस औषधि ‘कोरोनाभिर’ बनाएको छ । हल्का लक्षण भएका संक्रमितका लागि बनाइएको औषधिको अर्को सातादेखी बजारमा आउने जनाइएको छ । कोरोनाका बिरामीमा यो औषधि प्रयोगका लागि त्यहाँको औषधि नियामक निकायले अनुमति दिएको बीबीसीले जनाएको छ। आर–फार्म कम्पनीले बनाएको उक्त औषधि आगामी हप्ता रुसका बजारमा उपलब्ध हुने जानकारी शुक्रबार कम्पनीले दिएको छ । यसअघि मेमा रुसमा एक अर्काे औषधि एभिफाभिर नामको औषधिलाई कोरोना संक्रमितमा प्रयोगका लागि अनुमति दिइएको थियो। यी दुवै औषधि जापानमा विकास गरिएको फेभिपिभिर औषधिको सूत्रमा आधारित छन्। फेभिपिरभिर एक एन्टिभाइरल औषधि हो, जुन जापानमा फ्लु र भाइरस संक्रमणको उपचारमा प्रयोग गरिन्छ। आर–फार्मा कम्पनीका अनुसार १६८ जनामा तेस्रो चरणको क्लिनिकल परीक्षणपछि कोरोनाभिर औषधिले अनुमति पाएको हो।...
संक्रमणलाई गम्भिर रुपमा लिन युरोपलाई डब्ल्युएचओको चेतावनी
विश्व, स्वास्थ्य

संक्रमणलाई गम्भिर रुपमा लिन युरोपलाई डब्ल्युएचओको चेतावनी

नेपाल अखबार, एजेन्सी । विश्व स्वास्थ संगठनले युरोपमा बढ्दो संक्रमितहरुको संख्याले खतराको घण्टी बजेको भन्दै यसलाई गम्भिर रुपमा लिन चेतावनी दिएको छ । युरोपमा पछिल्लो समय फेरि संक्रमितको संख्या दैनिक बढ्दैछ ।  कोरोना भाइरसको महामारीको दोस्रो लहरलाई रोकथाम गर्न यतिबेला युरोपका विभिन्न देशका सरकारहरुले स्थानीय तवरमा कडाईका विभिन्न प्रक्रिया अपनाइरहेका छन् र उनीहरु फेरि लकडाउन गर्ने वा नगर्ने भने स्थितिको विश्लेषण गरिरहेका छन् । त्यसैले, अवस्थालाई गम्भिर लिन डब्ल्युएचकोका क्षेत्रीय निर्देशक हान्स क्लुगले बिहीबार पत्रकार सम्मेलनमा सजग गराएका हुन् । ‘फेरि युरोपमा अहिले कोरोना संक्रमण बढेको छ । गत हप्ता यस क्षेत्रमा संक्रमित हुनेको संख्या (एक हप्ताभित्र) ३ लाखभन्दा बढी थियो,’ उनले भने । आधाभन्दा धेर युरोपेली देशहरुले पछिल्ला दुई सातामा १० प्रतिशतभन्दा धेरैले संक्रमितको संख्या बढेको जनाएका छन् ।  फ्...
भारतमा एकैदिनमा ९६ हजार सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५२ लाखभन्दा बढी
विश्व, समाचार, स्वास्थ्य

भारतमा एकैदिनमा ९६ हजार सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५२ लाखभन्दा बढी

नेपाल अखबार, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना सङ्क्रमित भएका छन् ।  योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५२ लाखभन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १७४ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख १७ हजार ७५४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५२ लाख १४ हजार ६७८ जना सङ्क्रमित भएका हुन् । ती मध्ये ४१ लाख १२ हजार ५५२ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख दुई हजार १३५ जना ...
कोरोना भाइरस परीक्षणः ९० मिनेटमा सङ्क्रमण भए नभएको छुट्याउने एउटा सामान्य विधि
विश्व, समाचार, स्वास्थ्य

कोरोना भाइरस परीक्षणः ९० मिनेटमा सङ्क्रमण भए नभएको छुट्याउने एउटा सामान्य विधि

नेपाल अखबार, एजेन्सि। कुनै विशेष प्रयोगशालामा नमुना नलगी एक किसिमको र्‍यापिड टेस्ट अर्थात् द्रुत परीक्षण विधिबाट ९० मिनेटमा कोरोनाभाइरस सङ्क्रमण भए नभएको छुट्याउन सकिने वैज्ञानिकहरूले बताएका छन्। इम्पीरीअल कलेज लन्डनले गरेको एउटा अध्ययनमा "ल्याब अन अ चिप"ले अहिले प्रचलनमा भएको परीक्षणको जस्तै परिणाम दिएको देखियो। उक्त उपकरण अहिले यूकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसद्वारा सञ्चालित आठवटा अस्पतालमा बिरामीहरूमा कोरोनाभाइरस छ कि छैन भनेर चाँडै छुट्याउन प्रयोग भइरहेको छ। तर विज्ञहरूले यूकेको 'टेस्ट एन्ड ट्रेस' कार्यक्रममा विद्यमान चुनौतीलाई उक्त किटले समाधान नगर्ने औँल्याएका छन्। के हो 'ल्याब अन अ चिप'? यो उपकरण डीएनए नज नामक कम्पनीले बनाएको हो। घाँटी वा नाकमा स्वाब हालेर नमुना सङ्कलन गर्न सक्ने जोसुकैले पनि यो उपकरण प्रयोग गर्न सक्छ। परीक्षणका लागि आवश्यक रासायनिक पदार्थ भ...
फेसबुकमाथि लाग्यो ईन्स्टाग्राममार्फत जासुसी गरेको आरोप
प्रविधि, विश्व, समाचार

फेसबुकमाथि लाग्यो ईन्स्टाग्राममार्फत जासुसी गरेको आरोप

नेपाल अखबार, एजेन्सि। गए राति फेसबुक र इन्टाग्रामको सर्भर डाउन भएका कारण संसारभरका धेरै प्रयोगकर्ताले यी प्लेफर्ममा लग–इन गर्न पाएनन् । यसबारे प्रयोगकर्ताले मज्जाले ट्वीटरमा भडास पोखेका छन् । यसैबीच फेसबुकमाथि इन्स्टाग्राम प्रयोगकर्ताको जासुसी गरेको आरोप पनि लागेको छ । फेसबुकले यसका लागि फोन क्यामेराको प्रयोग गरेको आरोप लगाइएको छ । मिडिया रिर्पोटस् अनुसार जब आईफोन प्रयोगकर्ता फोटो शेयरिङ एप इन्स्टाग्राममा सक्रिय हुँदैन थिए, तब पनि उनीहरुको फोनको क्यामेरासँग इन्स्टाग्रामको एक्सेस भएको देखिन्थ्यों । यद्यपी, फेसबुकले यी सबै आरोपको खण्डन गरेको छ । के हो घटना ? सान फ्रान्सिस्कोस्थित अदालतमा बिहीबार दायर उजूरीमा न्यु जर्सीकी इन्स्टाग्राम प्रयोगकर्ता ब्रिटनी कान्डिटीले भिनन्, ‘जाने बुझेरै एपको क्यामेराको उपयोग गरिएको छ । प्रयोगकर्ताका जरुरी र महत्त्वपूर्ण डाटा संकलन गर्नका लागि यो सबै गरिएको छ, अ...
कोरोनाले १५ करोड बालबालिकालाई गरिबीमा धकेल्यो
विश्व, समाचार, समाज

कोरोनाले १५ करोड बालबालिकालाई गरिबीमा धकेल्यो

नेपाल अखबार, एजेन्सि। बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्रको संस्था युनिसेफका अनुसार कोरोना महामारी र लकडाउनजस्ता संकटका कारण संसारभरी करिब १५ करोड बालबालिका गरिबीको दलदलमा धेकेलिएका छन् । कोरोना संकटका कारण गरिब भएका बालबालिका मिलाएर अब संसारमा करिब १.२ अर्ब बालबालिका गरिब भएका छन् । बालबालिकाको गरिबीबारे यो नयाँ विश्लेषण युनिसेफ र बाल अधिकारका लागि काम गर्ने संख्या सेभ द चिल्ड्रेनले गरेको हो । ताजा रिपोर्टका अनुसार कोरोनाको समयमा करोडौं बालबालिका गरिब भए भने पहिले नै गरिब भएका बालबालिका थप गरिब भएका छन् । यो अध्ययन अनुसार महामारी र लकडाउनका बेला यस्ता बालबालिकाको संख्यामा १५ प्रतिशतको वृद्धि भएको छ जसले शिक्षा, स्वास्थ्य, घर, पोषण, सर–सफाई र पिउने पानीको सुविधा पाउँदैनन् । युनिसेफले अबको समयमा स्थिती थप बिग्रन सक्ने चेतावनी दिएको छ ।...
२२ हजार वर्ष पुरानो भालुको शव छालासहित भेटियो
विश्व, समाचार

२२ हजार वर्ष पुरानो भालुको शव छालासहित भेटियो

नेपाल अखबार, एजेन्सि। आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् । शताब्दीऔँ अघि लोप भएका यस्ता प्राणीका अस्थिपञ्चर त्यहाँ हिउँका कारण सुरक्षित हुन्छन् । ल्याकोभोस्की टापूमा अहिले वैज्ञानिहरुले शताब्दीऔँ अघि लोप भएको ‘केभ बियर’ (भालु) भेटेका छन् । रोचक कुरा, यसको नाक, दाँत र आन्तरिक अंगहरु पनि सुरक्षित अवस्थामा छ । वैज्ञानिकहरुका अनुसार यसको मृत्यु २२ हजारदेखि ३९ हजार ५ सय वर्ष पहिले भएको हुनुपर्छ ।  यसको प्रजाती ‘युर्सस स्पेलेयस’ अन्तिम हिउँ युगताका बाँचेको थियो र कम्तिमा १५ हजार वर्षअघि लोप भयो । मृगको संरक्षणमा खटिएकाहरुले सबैभन्दा पहिले भालुको शव भेटेका थिए । उनीहरुले रसको याकुस्टस्स्थित (एनईएफयु) नर्थ–इस्टर्न फेडरल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुलाई यसबारे खबर गरे । ‘सफ्ट टिस्युसहित ...
ट्रम्प भन्छन्ः अमेरिकामा अर्को महिनादेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ
विश्व, समाचार

ट्रम्प भन्छन्ः अमेरिकामा अर्को महिनादेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन्। स्थानीय समय अनुसार बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिएका हुन्। उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको पनि बताए। ‘कोरोना भाइरसविरुद्धको खोप तयार हुँदैछ, मैले आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्नसक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ’ उनले भने। यद्यपी उनले कोरोनाको खोप कहिलेदेखि वितरण गर्न सकिन्छ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको पनि बताएका छन्। उनले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुनसक्ने जिकिर गरेका छन्। कोरोनाभाइरसबाट अति प्रभावित भए...