इरानसँग १० गुणा बढी युरोनियम रहेको तथ्य खुल्यो, अब के गर्दैछ तयारी ?
नेपाल अखबार, एजेन्सी । इरानले अन्तर्राष्ट्रिय आणविक सम्झौता (मापदण्ड) विपरित १० गुणाभन्दा बढी युरोनियम भण्डार गरेको छ । संयुक्त राष्ट्रसंघको आणविक एजेन्सीले इरानले सम्झौताविपरित १० गुणाभन्दा बढी युरोनियम संकलन गरेको जनाएको हो । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईईए) का अनुसार इरानको भण्डारमा अहिले २१०५ किलो युरोनियम रहेको छ । जबकि सन् २०१५ को सम्झौतमा यहाँ ३०० किलोग्रामभन्दा बढी युरोनिय देखिएको थिएन ।
इरानले गतवर्ष जुलाईमा युरेनियम संवद्र्धनका लागि नयाँ र उन्नत सेन्ट्रीफ्युज उपकरणहरु प्रयोग गर्न थालेको बताएको थियो । सेन्ट्रीफ्युज रासायनिक कणहरु एक अर्काबाट अलग गर्न प्रयोग गरिन्छ । इरानका दुई स्थान नटानज र फोर्डोमा युरोनियको सम्बद्र्धन र उत्पादन गरिन्छ । सम्बद्र्धनपछि यो आणविक शक्ति वा आणविक हतियार विकास गर्न प्रयोग गरिन्छ । यद्यपि, इरानले आफ्नो आणविक कार्यक्रम केवल शान्तिपूर्ण उद्देश्...
