कसरी बने १० मिनेटमै चन्द्रमामा दुइटा विशाल खोँच?
नेपालअखबार,काठमाडौँ । संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिममा ग्र्यान्ड क्यान्यन भनिने एउटा प्रसिद्ध खोँच छ। एरिजोना राज्यमा अवस्थित यो खोँच ४४६ किलोमिटर लामो र २९ किलोमिटरसम्म चौडा छ। यसको गहिराइ १८०० मिटरभन्दा बढी छ।
एक नयाँ अध्ययनले धेरै वर्षपहिले एउटा खगोलीय पिण्डले चन्द्रमामा पनि लगभग ग्र्यान्ड क्यान्यन जत्रै दुइटा खोँच बनाएको पत्ता लगाएको छ। उक्त अध्ययनका अनुसार उपत्यका जस्ता देखिने ती विशाल खोँच आजभन्दा झण्डै ४ अर्ब वर्षअघि एउटा क्षुद्रग्रह चन्द्रमामा ठोक्किँदा बनेका थिए। ती खोँच चन्द्रमाको त्यो गोलार्द्धमा छन् जुन पृथ्वीबाट कहिल्यै देखिँदैन।
अमेरिकाको अन्तरिक्ष सम्बन्धी संस्था 'नासा' ले चन्द्रमाको दक्षिणी ध्रुवको अध्ययन गर्न सन् २००९ मा लुनार रिकनिसन्स अर्बिटर नामक अन्तरिक्षयान प्रक्षेपण गरेको थियो। उक्त यानले पठाएका तस्बिर र तथ्याकंको मद्दतले अमेरिका र बेलायतका वैज्ञानिकहरूल...









