Thursday, September 3

विश्व

रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
राजनीति, विश्व, समाचार

रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने

नेपालअखबार,इस्तानबुल । युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलबिचको बैठक टर्कीको इस्तानबुलमा शुक्रबार सम्पन्न भएको छ। बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देशले एक-एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएको जानकारी दिए। उनले भने, ‘हामीले युद्धविराम र मानिसहरूको आदानप्रदानको विषयमा छलफल गर्‍यौँ। एक हजार युद्धबन्दीहरूको रिहाइको सहमति हाम्रो बैठकको परिणाम हो।’ शान्ति वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका भ्लादिमिर मेन्डिन्स्कीले कैदी आदानप्रदानमा भएको सम्झौताको पुष्टि गरे। उनले भने, ‘युक्रेनी पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच प्रत्यक्ष वार्ता होस् भनेर अनुरोध गरेको छ। हामीले उनीहरूको अनुरोध रेकर्ड गरेका छौँ।’ मेन्डिन्स्कीले दुई पक्ष भविष्यको सम्भावित युद्धविरामको बारेमा आफ्नो दृष्टिकोण प्रस्...
ट्रम्पका कारण चिढिएका वैज्ञानिक अमेरिकाबाट फर्काउन चीनले चाल्यो कदम
विश्व, समाचार

ट्रम्पका कारण चिढिएका वैज्ञानिक अमेरिकाबाट फर्काउन चीनले चाल्यो कदम

नेपालअखबार,काठमाडौं । चीनले अमेरिका छोड्ने विचार गरिरहेका चिनियाँ मूलका शोधकर्ताहरूलाई चीन फर्काउने प्रयास तीव्र पारको छ। अमेरिकामा रहेका चिनियाँ मूलका वैज्ञानिक र अन्य शोधकर्ताहरूलाई नियुक्ति दिन चीनले भर्ती कार्यक्रम नै शुरू गर्न लागेको भनेर हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले लेखेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालदेखि नै चीनका लागि जासूसी गर्न सक्ने भनेर अमेरिकामा चिनियाँ नागरिकमाथि सरकारले निगरानी बढाएको छ। चिनियाँ नागरिक मात्रै नभएर चिनियाँ मूलका अमेरिकी नागरिकको समेत यस्तो निगरानी बढाइएको छ। त्यस्तो माहोलमा चीन फर्किने इच्छा नभएका चिनियाँ मूलका वैज्ञानिकहरू समेत आजित भएका समाचारहरू आइरहेका छन्। दोस्रो कार्यकालमा उदारवादी राजनीति गरेको आरोप लगाउँदै ट्रम्पले हार्वर्ड, कोलम्बिया लगायत उच्च कोटिका विश्वविद्यालयमाथि धावा बोलेका छन्। त्यस्ता विश्व...
इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ११४ पुग्यो
विश्व, समाचार

इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ११४ पुग्यो

नेपालअखबार,गाजापट्टी । बिहीबार मध्यरातदेखि गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ११४ जनाको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले यो खबर दिएको हो । इजरायलले १० हप्तादेखि गाजामा राहत सामग्री प्रवेशमा प्रतिबन्ध लगाइरहँदा इजरायलले यी हवाई हमलाहरू गरेको हो । इजरायलले गाजामा पत्रकारहरूको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ ।  बच्चाहरू भोकले रुने अनि तिनका आमा छोराछोरीलाई खुवाउन केही नभएकोले रुने गरेको गाजाकी एक महिलाले बीबीसीलाई बताइन् । यद्यपि, इजरायली सरकारले गाजामा खाद्यान्नको अभाव नभएको दाबी गरेको छ । इजरायल र हमासबिचको युद्ध ७ अक्टोबर २०२३ मा सुरु भएको थियो । युद्धविराम सम्झौता भङ्ग भएदेखि इजरायलले गाजामा व्यापक हवाई आक्रमण गरिरहेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार  २०२३ को अक्टोबर ७ देखि गाजामा कम्तीमा ५२ हजार ८२९ जनाको मृ...
ट्रम्पले साउदी अरबसँग गरे १४२ अर्ब डलरको हतियार बिक्री गर्ने सम्झौता
विश्व, समाचार

ट्रम्पले साउदी अरबसँग गरे १४२ अर्ब डलरको हतियार बिक्री गर्ने सम्झौता

नेपालअखबार,काठमाडौं । अमेरिकाले साउदी अरेबियालाई करिब १४२ अर्ब डलर मूल्यको हतियार बिक्री गर्न सहमति गरेको छ। मंगलबार साउदी अरबको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो मूल्य बराबरको हतियार बिक्री गर्ने सम्झौता गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ट्रम्प मंगलबारदेखि खाडी मुलुकहरू साउदी अरेबिया, कतार र युएई भ्रमणमा निस्किएका छन्। सम्झौताअनुसार साउदी अरबलाई मिसाइल, क्षेप्यास्त्र, लडाकु विमान, समुद्री सुरक्षासँग सम्बन्धित हतियारहरू अमेरिकाले बेच्नेछ। ' यो अमेरिकी इतिहासमा सबैभन्दा ठूलो रक्षा सहयोग सम्झौता हो, जसले हाम्रो साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ,' ह्वाइट हाउसले विज्ञप्ती जारी गरी भनेको छ। रोयटर्सका अनुसार लकहिड मार्टिन सी-१३० परिवहन विमान, मिसाइल र रडार बिक्री गर्ने अपेक्षा गरिएको छ। तर कुन-कुन हतियार साउदी अरब...
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
विश्व, समाचार

गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते

नेपालअखबार,गाजा । खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यो जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्। स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले गाजाको यस अस्पतालमा एकैसाथ छ वटा बम खसालेका थिए, जुन अस्पतालको आँगन र वरपरका क्षेत्रहरूमा खसेका थिए। इजरायली सेनाले भने ‘कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा हमास आतंककारीहरूमाथि सटीक हमला’ गरेको बताएको छ। इजरायलले यो केन्द्र अस्पताल मुनि रहेको दाबी गरेको छ। यस हवाई हमलामा गाजामा बीबीसीका लागि काम गर्ने एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन्। यद्यपि, उपचार पछि, उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ। ७ अक्टोबर २०२३ मा सुरु भएको इजरायल र हमासबिचको यो द्वन्द्वमा हालसम्म गाजामा ५० हजारभन्दा बढी मानिस मारिएका छन्।...
बंगलादेशले गर्‍यो पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी पार्टीलाई प्रतिबन्ध
राजनीति, विश्व, समाचार

बंगलादेशले गर्‍यो पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी पार्टीलाई प्रतिबन्ध

नेपालअखबार,काठमाडौँ ।  बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाएको छ। बंगलादेशको अन्तरिम सरकारले आतंकवादविरूद्धको ऐनअनुसार अवामी लिगलाई कुनै पनि प्रकारको गतिविधि गर्न रोक लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। शनिबार सरकारले जारी गरेको वक्तव्यअनुसार उक्त पार्टी र नेतृत्व विविरूद्धको मुद्दाको छिनोफानो नहुञ्जेलसम्मका प्रतिबन्ध फुकुवा हुने छैन। गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा कयौं प्रदर्शनकारी मारिएको घटनाको मुद्दा अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल) मा विचाराधीन छ। यसअघि अवामी लिगको भ्रातृ संगठन बंगलादेश छत्र लिगलाई पनि गत अक्टोबरमा ‘आतंकवादी संगठन’ भनेर प्रतिबन्ध लगाएको थियो। विद्यार्थी आन्दोलनमा छत्र लिगले विद्यार्थीहरूमाथि हिंसात्मक आक्रमण गरेको आरोप लगाएको थियो। पछिल्लो समय बं...
भारतले खोल्यो सबै विमानस्थल
विश्व, समाचार

भारतले खोल्यो सबै विमानस्थल

नेपालअखबार,काठमाडौं । भारत–पाकिस्तान युद्धविरामपछि सोमबार भारतका सबै बन्द विमानस्थलहरू खोलिएका छन् । जम्मु–कश्मीरको पहलगाममा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच बढेको तनावबीच मे ७ मा भारतले आफ्ना ३२ वटा विमानस्थल बन्द गरेको थियो । ती विमानस्थलहरू मे १५ को बिहान ५ः२९ बजेसम्म अस्थायी रूपमा बन्द भनिएको थियो । तर, दुवै देशबीच युद्धविराम सम्झौता भएसँगै भारतीय विमानस्थल प्राधिकरणले विमानस्थल खोलेको हो । प्राधिकरणले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विमानस्थल खुला गरिएको जनाएको छ । उसले यात्रुहरूलाई ती विमानस्थलहरूमा उठानका लागि सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन आग्रह गरेको छ । इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्सममा यसबारे जानकारी दिएको छ । कम्पनीले ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलहरू नागरिक उडानहरूका लागि खोलिएको जनाएको छ ।...
आज भारत र पाकिस्तानबीच वार्ता हुँदै
राजनीति, विश्व, समाचार

आज भारत र पाकिस्तानबीच वार्ता हुँदै

नेपालअखबार,काठमाडौँ ।युद्धविरामको दुई दिनपछि भारत-पाकिस्तानबीच वार्ता हुन लागेको छ। सोमबार दिउँसो भारत र पाकिस्तानका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार भारतीको सैन्य अपरेशनका महानिर्देशक (डिजिएमओ) लेफ्टिनेन्ट जनरल राजीव घाइ र  पाकिस्तानको सन्य अपरेशनका महानिर्देशक मेजर जनरल काशिफ चौधरीबीची सोमबार दिउँसो वार्ता हुने तय भएको हो। उनीहरूबीच सोमबार दिउँसो १२ बजे हटलाइनमार्फत वार्ता हुने बताइएको छ। वार्तामा तेस्रो पक्षको मध्यस्थता अस्वीकार्य हुने भारतले यसअघि नै बताइसकेको छ। सो अनुसार दुई डिजिएमओबीच सिधा वार्ता हुने हिन्दुस्तान टाइम्सले जनाएको छ। वार्तामा युद्धविरामलाई सुदृढ बनाउने र सीमानामा शान्ति कायम गर्न आधार तयार गर्ने विषयमा छलफल हुने बताइएको छ। डिजिएमओमा मात्रै सिमित हुने वार्तामा कश्मिर तथा सिन्धु जल ...
अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार
राजनीति, विश्व, समाचार

अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार

नेपालअखबार,काठमाडौँ । गाजापट्टीमा मानवीय सहायता वितरण गर्न संयुक्त राज्य अमेरिका–इजरायलको संयुक्त पहललाई गाजावासीहरूले अस्वीकार गरेका छन् । यो योजनाले आफूहरूको मर्यादालाई कमजोर पारेको र अन्तर्राष्ट्रिय राहत च्यानलहरू स्थापना गरेको उनीहरुको भनाइ छ । महिनौंदेखिको द्वन्द्वबाट विस्थापित प्यालेस्टिनीहरूले यस प्रयासप्रति गहिरो अविश्वास व्यक्त गरेका छन् । बढ्दो मानवीय संकटको बीचमा वाशिंगटन र तेल अभिभले सहायता वितरणलाई राजनीतिकरण गरेको आरोप लगाएका छन् । घेराबन्दी सहेका र हार मान्न अस्वीकार गरेका मानिसहरूले यो दृष्टिकोणलाई निश्चित रूपमा स्वीकार नगर्ने उनीहरुको भनाइ छ ।  युद्धको समयमा १७ महिनासम्म दृढ रहनेहरूले इजरायली पक्षले विचार गरिरहेको दृष्टिकोणलाई स्वीकार गर्ने छैनन् । जनताले उनीहरूले बनाएको कुनै पनि योजनालाई विफल पार्ने उनीहरुको भनाइ छ ।...
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु
विश्व, समाचार

जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक कर कटौतीका कारण उत्पन्न व्यापार तनाव कम गर्ने उद्देश्यले अमेरिका र चीनका उच्च अधिकारीबीच आइतबार दोस्रो दिन पनि वार्ता सुरु भएको स्विस सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, व्यापार प्रतिनिधि जेमिसन ग्रीर र चीनका उपप्रधानमन्त्री हे लिफेङबीच आइतबार दोस्रो दिन बिहान १० बजेपछि बन्द कोठामा वार्ता पुनः सुरु भएको स्विस किस्टोन–एटिएस समाचार एजेन्सीले जनाएको छ । जेनेभामा शनिबार पहिलो दिनको वार्तापछि आफ्नै लगानीमा खेलिएको राष्ट्रपति ट्रम्पको ट्रुथ सोसल पोस्टमा ट्रम्पले ‘धेरै राम्रो’ भएको भन्दै छलफलको प्रशंसा गरेका थिए । उनले वार्तालाई ‘मैत्रीपूर्ण तर रचनात्मक तरिकाले वार्तालाई पूर्ण रूपमा पुनः स्थापित’ गरिएको बताए । यसअघि, चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि स्विट्जरल्याण्डमा भएको वार्तालाई ‘मुद्...