Wednesday, June 3

विश्व

हमासद्वारा दुई विदेशीसहित थप १२ जना बन्धक रिहा
विश्व, समाचार

हमासद्वारा दुई विदेशीसहित थप १२ जना बन्धक रिहा

नेपालअखबार, तेल अभिभ । चरमपन्थी समूह हमासले युद्धविरामको पाँचौँ दिन थप १२ जना बन्धकलाई रिहा गरेको छ । यसमा १२ जना इजरायली नागरिक र दुई जना थाई नागरिक भएको बताइएको छ । यसअघि दुई पक्षबिच ६ दिनसम्मका लागि युद्धविरामको समय थप गरिएको थियो । हमासले बन्धक रिहा गरेसँगै इजरायलले पनि मंगलबार ३० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का अनुसार १२ जना बन्धकहरू इजरायल पुगिसकेका छन् । गत अक्टोबर ७ को इजरायलमा गरिएको आक्रमणमा हमासले करिब २ सय ४० जना बन्धक बनाएको थियो । हालसम्म ८१ जना बन्धक रिहा भएका छन् । हमासको आक्रमणमा इजरायलमा १२ सय जना मारिएका थिए । त्यसपछि इजरायलले गरेको हमलामा गाजामा १५ हजारभन्दा बढीको मृत्यु भइसकेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।...
११ लाख बालबालिकाको विवरण चोरेको भन्दै फेसबुकविरुद्ध अदालतमा उजुरी
विश्व, समाचार

११ लाख बालबालिकाको विवरण चोरेको भन्दै फेसबुकविरुद्ध अदालतमा उजुरी

नेपालअखबार, काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटा इन्कमाथि अभिभावकको स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोप लागेको छ । न्यूयोर्क टाइम्समा प्रकाशित खबरअनुसार ३३ अमेरिकी राज्यका महान्यायाधिवक्ताहरूको समूहले संघीय अदालतमा दायर गरेको मुद्दामा मेटाले सन् २०१९ देखि गोप्य रूपमा १३ वर्ष मुनिका बालबालिकाको डाटा सङ्कलन गरिरहेको आरोप लगाएका छन् । यस अवधिमा मेटाले करिब ११ लाख बालबालिकाको स्थान, इमेल, च्याट, फोटो र अन्य जानकारी सङ्कलन गरी बजारमा आफ्नो फाइदामा प्रयोग गरेको उनीहरूको जिकिर छ । उजुरीमा लाखौं किशोर किशोरीको व्यक्तिगत विवरण मेटाका लागि ‘ओपन सेक्रेट’ जस्तै भएको उल्लेख गरिएको छ। मेटाले गोपनीयता कानुनको उल्लङ्घन गरेको आरोप उजुरीमा जिकिर गरेको छ । यो आरोप प्रमाणित भएमा मेटाले लाखौं डलर वा सोभन्दा बढी जरिवाना तिर्नुपर्ने हुनसक्छ । मार्क जुकरबर्गको स...
ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो
विश्व, समाचार

ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो

नेपालअखबार, एथेन्स । चौध मानिस सवार कोमोरोस–ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् । एर्ट सरकारी टेलिभिजनले नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक सदस्यलाई उठाएको बताएको छ । पाँच मालवाहक जहाज, तीन तट रक्षक जहाज, हवाई सेना र नौसेनाका हेलिकप्टरका साथै नौसेनाको एउटा फ्रिगेट उद्धार कार्यमा सहभागी भएका छन् । सरकारी एथेन्स समाचार एजेन्सी (एएनए) का अनुसार मालवाहक जहाजमा चालक दलका १४ सदस्य थिए र जहाज नुनले भरिएको थियो । तट रक्षक बललाई उद्धृत गर्दै एएनएले आइतबार बिहान जहाज लेस्बोसको दक्षिण–पश्चिममा समुद्रमुनि आठ दशमलव तीन किलोमिटर तल गएको बताएको छ । उक्त जहाज इजिप्टको देखेइलाबाट इस्तानबुलतर्फ प्रस्थान गरेको थियो । चालक दलका सदस्यहरूमा दुई सिरियाली, चार भारतीय र आठ इजिप्टेली रहेको एएनएले बताएको छ । शनिबार ग्रिसका कयौँ ...
के चीनले चन्द्रमामा हतियार परीक्षण गरेको हो ?
विश्व, समाचार

के चीनले चन्द्रमामा हतियार परीक्षण गरेको हो ?

नेपालअखबार, एजेन्सि। गत वर्ष एकसाथ चन्द्रमाको सतहमा दुई वटा नयाँ खाडल देखिए । ती खाडलहरु चिनियाँ रकेटको ठक्करबाट बनेका हुन् । Chang’e 5-T1  मिसनमा प्रयोग गरिएको रकेटको माथिल्लो हिस्सा चन्द्रमाको सतहमा ठक्कर खाँदा ती खाडल बनेको अनुमान गरिएको छ । तर, त्यसरी ठक्कर खाँदा एउटा मात्रै खाडल बन्नुपर्नेमा दुई वटा खाडल बने । त्यसैले चीनले उक्त रकेटमा कुनै अज्ञात हतियार परीक्षणका लागि चन्द्रमामा पठाएको र सोही हतियारको परीक्षणका क्रममा सतहमा खाडल बनेको अनुमानसमेत गरिएको छ । घटना गत वर्षको हो । अमेरिकाको एलआरओ अर्थात् लूनर रिकन्सेन्स अर्बिटरले चन्द्रमाको तस्वीर पठायो। त्यसमा दुईवटा नयाF खाडल एकसाथ देखिएका थिए । आमरुपमा चन्द्रमाको सतहमा जब कुनै वस्तु ठोक्किन्छ तब त्यसबाट एउटा मात्रै खाडल बन्दछ । त्यसलाई क्रेटर भनिन्छ । तर त्यहाँ दुई वटा खाडल एक अर्कामाथि अवस्थित रहेको पाइन्छ । यो एक दुर्लभ घटना हो...
इटालीको टापुमा आप्रवासी डुङ्गा पल्टिँदा २ वर्षीय बालकको मृत्यु, ८ बेपत्ता
दुर्घटना, विदेश, विश्व, समाचार

इटालीको टापुमा आप्रवासी डुङ्गा पल्टिँदा २ वर्षीय बालकको मृत्यु, ८ बेपत्ता

नेपालअखबार, एजेन्सि। इटालीको लाम्पेडुसा टापु नजिकै एक आप्रवासी जहाज दुर्घटनामा एक दुई वर्षीय बालकको मृत्यु भएको छ भने अन्य ८ जना बेपत्ता भएका छन् । साथै ४२ जनाको उद्धार गरिएको छ । ५० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा ट्युनिसियाको बन्दरगाह सहर स्फ्याक्सबाट गएको थियो । जहाजमा रहेका केही व्यक्ति पौडी खेलेर किनारमा पुग्न सफल भएका थिए भने अन्यलाई तटरक्षक र स्थानीय माछा मार्नेहरूले उद्धार गरेका थिए । बेपत्ता हुनेमा दुई साना बालबालिका पनि रहेका छन् । स्थानीय रिपोर्टका अनुसार डुङ्गाले आइभरी कोस्ट, बुर्किना फासो, गिनी–बिसाउ र मालीबाट आप्रवासीहरू बोकेको थियो । ८ सय भन्दा बढी मानिसहरू बोकेका ११ डुङ्गाहरू ल्याम्पेडुसामा अवतरण गरेका थिए । जसको आवास केन्द्रको क्षमता ४ सय भन्दा बढी छ । डुंगामा सवार आप्रवासीहरु सिरिया, इराक, इजिप्ट, मोरक्को, पाकिस्तान र बंगलादेशका नागरिक थिए । लाम्पेडुसा इटालीको दक्ष...
इसराइलको चेतावनी- बेरूतलाई पनि गजाजस्तै बनाइदिन्छौं
राजनीति, विश्व, समाचार

इसराइलको चेतावनी- बेरूतलाई पनि गजाजस्तै बनाइदिन्छौं

नेपालअखबार, एजेन्सि। इसराइलले लेबनानको राजधानी बेरूतलाई पनि गजाजस्तै बनाइदिने धम्की दिएको छ। हिजबुल्लाहका नेता हसन नसरल्लाहको अभिव्यक्तिबारे बोल्दै इसराइलका रक्षामन्त्री योआव गालान्टले बेरूतलाई पनि गजाजस्तै बनाइदिने चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ। हिजबुल्लाहका नेता हसन नसरल्लाहले शनिबार एक टेलिभिजन सम्बोधनमा इसराइलविरूद्ध आक्रमण बढाइएको दाबी गरेका थिए। ‘दक्षिणी लेबनानबाट इसराइलमाथिको आक्रमण जारी रहन्छ। गजामा भइरहेको इसराइल-हमास युद्धमा प्यालेस्टाइनी नागरिकहरूको समर्थनमा आक्रमण जारी रहनेछ,’ उनले भनेका थिए। त्यस्तै पछिल्लो एक सातायता इसराइलमाथि ड्रोन र विमानसहित शक्तिशाली मिसाइलहरू पनि प्रहार गरिएको बताएका थिए । उनले इस्लामी देशहरू इजराइलविरूद्ध एकजुट हुनुपर्ने पनि बताए। शनिबार साउदी अरबको राजधानी रियादमा भएको इस्लाम तथा अरब देशहरूको आपतकालीन सम्मेलनले इसराइललाई तत्काल ...
गजामा दैनिक ४ घन्टा आक्रमण रोक्न इसराइल तयार
विश्व, समाचार

गजामा दैनिक ४ घन्टा आक्रमण रोक्न इसराइल तयार

नेपालअखबार, एजेन्सि। ह्वाइट हाउसले गजामा अल्पकालीन युद्धविराम गर्न इसराइल तयार रहेको बताएको छ। हमासलक्षित आक्रमणमा हजारौं नागरिकहरूले ज्यान गुमाएपछि इसराइल गजाका निश्चित क्षेत्रमा दैनिक ४ घन्टा आक्रमण रोक्न तयार भएको हो। इसराइली आक्रमणबाट ठूलो संख्यामा नागरिकहरू मारिएपछि विश्वभर इसराइल र अमेरिकाको विरोध हुन थालेपछि इसराइल अल्पकालीन युद्धविरामका लागि सहमत भएको हो। गजाको उत्तरी क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानतर्फ भाग्नका लागि समय दिन दैनिक ४ घन्टा आक्रमण रोक्न इसराइल सहमत भएको ह्वाइट हाउसलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। सहमति अनुसार इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले गजाको निश्चित क्षेत्र र  समय तोक्नेछ जहाँ उसले दैनिक चार घन्टा कुनै आक्रमण गर्नेछैन। समय र स्थानबारे भने इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले तीन घन्टाअगाडि नै जानकारी गराउने न्युयोर्क टाइम्सल...
२०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने
खेलकुद, विश्व, समाचार

२०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने

नेपालअखबार, काठमाडौं । २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने पक्का जस्तै भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ । एसिया वा ओसिआनामा २०३४ को विश्वकप आयोजना गर्ने निर्णय गरेको फिफाले आयोजनाका लागि प्रस्ताव गर्न दिएको समय सीमा भोलि बुधबारसम्म छ । त्यस समय सकिनु केही घन्टाअघि फुटबल अष्ट्रेलियाले २०३४ को विश्वकप आयोजनाका लागि प्रतिस्पर्धा नगर्ने निर्णय गरेको छ । सन् २०२६ को महिला एसियन कप र २०२९ को क्लब वर्ल्ड कप आयोजनामा केन्द्रित हुन यो निर्णय लिएको अष्ट्रलियाले बताएको छ । अष्ट्रेलियाले यसैपालि महिला विश्वकप फुटबल पनि आयोजना गरिसकेको छ । अष्ट्रेलियाले २०३४ को विश्वकप आयोजनामा दाबी नगर्ने निर्णय गरेसँगै विश्वकप आयोजनाको दौडमा साउदी अरेबिया एक्लै देखिएको छ । यो अधिकार साउदीले पाएमा १२ वर्षमै दोस्रो पटक एसियामा विश्वकप आयोजना हुने छ । कत...
इसराइलले अस्वीकार गर्‍यो गजामा युद्धविरामका लागि राष्ट्रसंघको आह्वान
राजनीति, विश्व, समाचार

इसराइलले अस्वीकार गर्‍यो गजामा युद्धविरामका लागि राष्ट्रसंघको आह्वान

नेपालअखबार, एजेन्सि । इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघले गरेको आह्वानलाई अस्वीकार गरेका छन्। सोमबार तेल अविभमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेतन्याहुले राष्ट्रसंघको आह्वानलाई अस्वीकार गर्दै आतंकवादविरुद्ध आत्मसमर्पण नगर्ने बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। ‘गजामा युद्धविरामको आह्वान गर्नु इसराइललाई हमाससामु आत्मसर्पणका लागि आह्वान गर्नु हो,’ नेतन्याहुले भने, ‘त्यसो गर्नु आतंकवादविरूद्धको आत्मसमर्पण हुनेछ।’ न्युयोर्क टाइम्सका अनुसार पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेतन्याहुले हमासविरूद्धको लडाइँमा इसराइललाई समर्थन गर्न आग्रह समेत गरे। गजामा मारिएका गैरसैनिक नागरिकहरूबारे प्रश्न गर्दा नेतन्याहुले यसको जिम्मेवार पनि हमास रहेको आरोप लगाए। ‘एक जना पनि नागरिक मर्ने थिएनन्,’ उनले भने, ‘नागरिकहरूलाई युद्धग्र...
इजरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु
राजनीति, विश्व, समाचार

इजरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

नेपालअखबार, काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ । इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ । इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । गाजामा राहत वितरणमा समेत अवरोध भएको छ ।...