यौन उत्पीडनमा परेकी महिला न्यायाधीशले प्रधानन्यायाधीशसँग मागिन् ‘इच्छा मृत्यु’
नेपालअखबार, नयाँ दिल्ली । उत्तर प्रदेशका एक महिला न्यायाधीशले भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडलाई इच्छा मृत्युको माग गर्दै पत्र लेखेकी छन् । यी महिला न्यायाधीशले एक वरिष्ठ न्यायाधीशमाथि ‘यौन उत्पीडन’ गरेको आरोप लगाउँदै आफूले न्याय पाउन नसकेको बताएकी छन् ।
जिल्ला न्यायाधीशले आफूमाथि यौन दुर्व्यवहार गरेको र राति भेट्न दबाब दिएको यी महिला न्यायाधीशको आरोप छ । उनले २०२२ मा इलाहाबाद उच्च न्यायालयका मुख्य न्यायाधीश र त्यसपछि प्रशासनिक न्यायाधीशसमक्ष उजुरी गरे पनि न्याय नपाएको आरोप लगाएकी छन् ।
महिला न्यायाधीशले जुलाई २०२३ मा आन्तरिक गुनासो समितिमा पनि उजुरी गरिन्। आफ्नो पत्रमा महिला न्यायाधीशले लेखेकी छिन्, ‘हजारौँ इमेलपछि बल्ल ६ महिनापछि अनुसन्धान सुरु हुन सक्यो ।’
उजुरीकर्ता महिला न्यायाधीशले अनुसन्धान पूरा नभएसम्म जिल्ला न्यायाधीशको सरुवा गर्न माग गरेकी छन् । उनले यस मुद्दाका...










