ओबामाको टिप्पणीप्रति किन आक्रोशित छ भाजपा ?
नेपालअखबार, एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको अभिव्यक्तिलाई लिएर भारतको सत्तारूढ दल भारतीय जनता पार्टी आक्रोशित भएको छ । ओबामाले अमेरिकी सञ्चार माध्यम सीएनएनसँगको अन्तर्वार्तामा भारतले अल्पसंख्यकको अधिकारको रक्षा नगरेमा फेरि विभाजन आउन सक्ने टिप्पणी गरेका थिए । उनले सत्तारूढ दलका नेताहरूलाई अनुदार लोकतन्त्रवादीको संज्ञा दिएका थिए ।
उक्त कुराकानीमा ओबामालाई अनुदार लोकतन्त्रवादीसँग राष्ट्रपति बाइडेनले गर्नुपर्ने व्यवहार र सम्बन्ध विस्तारमामा पुर्याउनुपर्ने ख्यालबारे प्रश्न सोधिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदमा सम्बोधन गर्नुअघि ओबामालाई चर्चित टेलिभिजन एंकर क्रिष्टिआन अमनपोरले प्रश्न गरेकी थिइन् । ‘यस्तो अवस्थामा भारतीयसँग राष्ट्रपति बाइडेनले कसरी व्यवहार गर्नुपर्छ वा कसरी सम्बन्ध अघि बढाउनुपर्छ?’ अमनपोरको प्रश्न थियो ।
अमनपोरको प्रश्नमा ओब...









