दुई सातादेखि सार्वजनिक रूपमा देखिएका छैनन् चीनका रक्षामन्त्री
नेपालअखबार, एजेन्सि। चीनमा फेरि एक जना अर्का मन्त्री सार्वजनिक रूपमा देखिन छोडेका छन्।
गत महिना तत्कालीन चिनियाँ विदेश मन्त्री छिन काङ रहस्यमय तरिकाले सार्वजनिक रूपमा देखिन छाडेका थिए। पछि राष्ट्रपति सी चिनफिङले उनलाई बर्खास्त गरेका थिए।
अहिले रक्षामन्त्री साङ्फू ली दुई सातादेखि सार्वजनिक रूपमा देखिएका छैनन्। अमेरिकी अधिकारीहरूले लीलाई घरमै नजरबन्दमा राखिएको हुन सक्ने आशंका गरेका छन्।
जापानका लागि अमेरिकी राजदूत र्याम इम्यानुअलले सामाजिक सञ्जाल एक्समा केही दिनदेखि सार्वजनिक रूप नदेखिएका रक्षामन्त्री लीले पूर्वनिर्धारित भियतनाम भ्रमण नगरेको र सिंगापुरका नौसैनिक प्रमुखसँग भेटमा अनुपस्थित भएको उल्लेख गरेका छन्। लीलाई घरमै नजरबन्दमा राखिएको हो भन्दै उनले प्रश्न गरेका छन्।
वासिङ्टन पोस्टले चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै लीमाथि भ्रष्टाचार अभियोगमा अनुसन्धान भइरहेको र उनलाई केही ...









