Tuesday, June 2

विश्व

अन्तरवार्ताका बीच टर्कीका राष्ट्रपति अर्दोआनको स्वास्थ्य बिग्रियो
राजनीति, विश्व, समाचार

अन्तरवार्ताका बीच टर्कीका राष्ट्रपति अर्दोआनको स्वास्थ्य बिग्रियो

नेपालअखबार, एजेन्सि । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले अस्वस्थ्यताका कारण प्रत्यक्ष अन्तरवार्ता बीचैमा छोड्नुपरेको छ । मङ्गलवार उनले टिभीमा अन्तरवार्ता दिइरहेका थिए जसको समय ९० मिनेट निर्धारण गरिएको थियो । तर १० मिनेटपछि नै प्रश्नलाई बीचमा नै काटेर च्यानलले ब्रेक लिनु पर्‍यो । न्युज वेबसाइट अरब न्युजका अनुसार करिब १५ मिनेटपछि उनी स्क्रिनमा देखिए र भने, ‘आज र हिजोको दिन निकै थकित पारिदिने खालको थियो ।  जसका कारण मलाई पेटमा सङ्क्रमण भएको छ । म तपाईंसँग र दर्शकसँग माफी माग्छु ।’ त्यसपछि कार्यक्रम रोकियो । अर्दोआनले बुधवार तीन स्थानमा हुन लागेको चुनावी प्रचार कार्यक्रम पनि रद्द गरेका थिए ।  उनले भने, ‘डाक्टरको सल्लाहमा आज म घरमा आराम गर्नेछु । ६९ वर्षका अर्दोआनको सन् २०१२ मा ग्यास्ट्रोइन्टेस्टाइनल शल्यक्रिया भएको थियो । १४ मेमा टर्कीमा आम निर्वाचन हुँदै छ । २० वर्षदेखि टर...
विश्वका ठूला विवाद मिलाउने चिनियाँ प्रयास
राजनीति, विश्व, समाचार

विश्वका ठूला विवाद मिलाउने चिनियाँ प्रयास

नेपालअखबार, काठमाडौं । रुस-युक्रेन युद्ध अन्त्य गर्ने बताइरहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् । रुस–युक्रेन युद्धमा केन्द्रित रहेको टेलिफोन वार्ताको अमेरिकाले स्वागत गरेको छ । गत महिना रूस भ्रमणका क्रममा राष्ट्रपति सीले भ्लादिमिर पुटिनसँग लामो कुराकानी गरेका थिए । चीन पछिल्लो समय विश्वका ठूला विवादहरू मध्यस्थतामार्फत समाधान गर्नतर्फ केन्द्रित छ । चिनियाँ पहलमा हालै रुसले साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित गरेको छ । चीन पछिल्लो समय इजरायल र प्यालेस्टाइनको विवादमा सहजीकरण प्रयासमा पनि केन्द्रित हुन थालेको छ । बुधबार बिहान सीको जेलेन्स्कीसँग गत वर्ष फेब्रुअरी २४ मा युद्ध सुरु भएपछि पहिलो कुराकानी भएको हो । उक्त टेलिफोनवार्तालाई बेइजिङ र कीभ दुवैले पुष्टि गरेका छन् । ‘राष्ट्रपति सी चिनपिङसँ...
८० वर्षका बाइडेनले गरे फेरि राष्ट्रपति लड्ने घोषणा
राजनीति, विश्व, समाचार

८० वर्षका बाइडेनले गरे फेरि राष्ट्रपति लड्ने घोषणा

नेपालअखबार, एजेन्सि। अमेरिकाका राष्ट्रपति जो बाइडेनले फेरि राष्ट्रपति लड्ने घोषणा गरेका छन्। समाचार संस्था रोयटर्सका अनुसार बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने घोषणा मंगलबार गरेका हुन्। बाइडेनले आफू राष्ट्रपति भएपछि गर्न खोजेका काम पूरा नभएकाले फेरि अर्को कार्यकाल राष्ट्रपति हुन चाहेको बताएका छन्। ‘चार वर्षअघि म राष्ट्रपति उम्मेदवार हुँदा भनेको थिएँ- हामी अमेरिकाको आत्माका लडिरहेका छौं, हामी अहिले पनि त्यसैका लागि लडिरहेका छौं,’ बाइडेनले भनेका छन्,‘अहिले सन्तुष्ट भएर मजाले बस्ने बेला छैन। त्यही भएर म फेरि चुनाव लड्दैछु।’ सन् २०२० को चुनावमा बाइडेनले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका थिए। २०२४ मा पनि उनीहरू नै आमनेसामने हुने सम्भावना बलियो छ। चुनाव लड्ने बेलासम्म बाइडेन ८२ वर्षका हुनेछन्। अहिलेसम्मको इतिहासमा उनी अमेरिकाका सबैभन्दा बढी उमे...
एलन मस्कको विशाल रकेट परीक्षण गर्ने क्रममा विष्फोट
प्रविधि, विश्व, समाचार

एलन मस्कको विशाल रकेट परीक्षण गर्ने क्रममा विष्फोट

नेपालअखबार, काठमाडौं । एलोन मस्कको स्पेसएक्स कम्पनीको विशाल नयाँ रकेट, स्टारशिप, आफ्नो पहिलो उडानमा विस्फोट भएको छ। स्थानीय समय अनुसार बिहीबार बिहान टेक्सासको पूर्वी तटबाट उडेको सो बिमान परीक्षणको क्रममा नै  बिष्फोट भएको हो, उक्त विष्फोटबाट कसैलाई पनि चोटपटक लागेको छैन। उडान सुरु भएको दुईदेखि तीन मिनेटपछि नै अहिलेसम्मको सबैभन्दा ठूलो विकसित रकेट नियन्त्रण बाहिर गएर खस्न थाल्यो  । रकेट हेर्दा हेर्दै टुक्रा टुक्रा भएर जमिनमा खख्यो । स्पेश एक्सका इन्जिनियरहरुले बिहीबार भएको दुर्घटनालाई पाठको रुपमा लिएको जनाएका छन । यो दुर्घटनाले रकेट परिक्षणका लागि धेरै नै ज्ञान दिएको छ, यसले परिक्षणका लागि आवाश्यक डाटाहरुको संयोजन तथा मेसनरी सामग्रीको प्रयोग गर्ने तौर तरिकाको फरक पाटो देखाएको सो परिक्षण दुर्घटना पछि इन्जिनियरहरुले भनेका छन् । सो दुर्घटना पछि मस्कले भनेका छन, कम्पनीले केहि महिना पछ...
सुडानमा गत शनिबारदेखि दुई सैनिक समूहबीच भइरहेको लडाइँमा कम्तीमा १८५ मानिसको मृत्यु
राजनीति, विश्व, समाचार

सुडानमा गत शनिबारदेखि दुई सैनिक समूहबीच भइरहेको लडाइँमा कम्तीमा १८५ मानिसको मृत्यु

नेपालअखबार, एजेन्सि। उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा गत शनिबारदेखि दुई सैनिक समूहबीच भइरहेको लडाइँमा कम्तीमा १८५ मानिसको मृत्यु भएको छ भने झन्डै १८ सय जना घाइते भएका छन्। सुडानका सैनिक शासक अब्देल फताह अल-बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) का कमाण्डर मोहम्मद हामडान डागालोले एक-अर्काका क्याम्पहरूमाथि आक्रमण गरिरहेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रपति भवन, सैनिक मुख्यालयजस्ता महत्वपूर्ण ठाउँ आफ्नो नियन्त्रणमा राख्न अहिले दुबै पक्षले संघर्ष गरिरहेका छन्। राजधानी बाहिरका सहरहरूमा पनि उनीहरूले एक-अर्काका क्याम्पमा आक्रमण गरेका छन्। सोमबार राजधानी खार्तुमका अस्पतालहरूमा पनि आक्रमण भएका छन्। सुडानका लागि युरोपियन युनियनका राजदूतलाई उनकै निवासमा छिरेर दुर्व्यवहार गरिएको छ। दुई सैनिक समूहले एक-अर्कालाई आक्रमण गर्न थालेपछि खार्तुमको जनजीवन प्रभावित भएको छ। अस्...
रूसमा पुटिनका आलोचकलाई २५ वर्ष जेल
विश्व, समाचार

रूसमा पुटिनका आलोचकलाई २५ वर्ष जेल

नेपालअखबार, एजेन्सि। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक जना आलोचकलाई २५ वर्षको जेल सजाय सुनाइएको छ। समाचार संस्था रोयटर्सका अनुसार मस्कोको एक अदालतले प्रतिपक्षी राजनीतिज्ञ ४१ वर्षीय भ्लादिमिर कारा-मुर्जालाई देशद्रोहलगायत मुद्दामा २५ वर्षको जेल सजाय सुनाएको हो। रूसी र बेलायती पासपोर्टधारा कारा-मिर्जालाई गत वर्ष पक्राउ गरिएको थियो। सुरूमा एक प्रहरी अधिकारीको आदेश नमानेको भने पक्राउ गरिएका उनलाई पछि गम्भीर मुद्दाहरू लगाइएको थियो। उनले रूसले युक्रेनमा गरेको आक्रमणको खुलेर विरोध गरेका थिए। रूसमाथि प्रतिबन्ध लगाउन उनले पश्चिमा देशहरूसँग लबी गरेका थिए। भ्रष्टाचार र मानव अधिकार उल्लंघनमा रूसी सरकारी अधिकारीहरूमाथि पनि प्रतिबन्ध लगाउनु पर्ने उनको माग थियो। सन् १९९९ मा पुटिन सत्तामा आएदेखि कुनै आलोचकलाई गरिएको यो सबैभन्दा कडा सजाय हो।एक साताअघि उनले आफूले गरेका काम र बोलेका कुरामा कुनै...
पहिलो पटक अन्तरिक्षमा हिँड्दै अरबी अन्तरिक्षयात्री
प्रविधि, विश्व, समाचार

पहिलो पटक अन्तरिक्षमा हिँड्दै अरबी अन्तरिक्षयात्री

नेपालअखबार, काठमाडौं। यहीँ अप्रिल २८ को दिन संयुक्त अरब इमिरेट्सका अन्तरिक्ष सुल्तान अल नेयादीका लागि एक ऐतिहासिक दिन हुनेछ । नेयादीले सो दिन अन्तराष्ट्रिय स्पेस स्टेशन बाहिर ‘स्पेस वाक’ गर्नेछन् । यो सँगै उनी अन्तरीक्षमा हिड्ने अरब जगतको पहिलो अन्तरिक्ष बन्नेछन् । नेयादीले अमेरिकी अन्तरीक्ष संस्था नासाको न्युट्रल बोएन्सी ल्याबमा पानीमुनि स्पेसवाकको तालिम लिएका छन् । गत मार्च ३ तारेखको दिन पनि अल नेदायीको लागि निकै खास थियो, किनकी पृथ्वीको कक्षमा त्यो उनको पहिलो दिन थियो । तर पृथ्वीको बाहिरको उनको अनुभव अप्रिल २८ मा झनै विशेष हुनेवाला छ । कुनै पनि अरबी अन्तरिक्षका लागि साढे ६ घण्टाको उक्त Extravehicular Activity (EVA) गर्नु पहिलो अवसर हुनेछ । नेयादीको उक्त अन्तरीक्ष हिँडाइसँगै युएइले पनि कीर्तिमान कायम गर्नेछ । योसँगै युएई आफ्ना नागरिकलाई अन्तरीक्षमा हिँडाउने विश्वको दशौँ देश बन्न...
पेन्सनको लागि उमेर हद बढाएपछि फ्रान्समा प्रदर्शन र आगजनी
विश्व, समाचार

पेन्सनको लागि उमेर हद बढाएपछि फ्रान्समा प्रदर्शन र आगजनी

नेपालअखबार,  काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पेन्सनका लागि उमेर हद ६२ बाट बढाएर ६४ वर्ष पुर्‍याइएको प्रस्तावमा हस्ताक्षर गरेसँग विरोध प्रदर्शन चर्किएको छ । फ्रान्सको संवैधानिक परिषदले यस विषयमा जनमत सर्वेक्षण गर्न प्रतिपक्षको मागलाई अस्वीकार गर्दै यो परिवर्तनलाई अनुमोदन गरेको छ । परिषद्को यो निर्णयपछि फ्रान्समा विरोध प्रदर्शन चर्किएको छ । आन्दोलनकारीले धेरै ठाउँमा आगजनी गरेका बीबीसीले खबर लेखेको छ । प्रदर्शनको क्रममा हिंसा भड्काएको आरोपमा ११२ जना पक्राउ परेका छन् । फ्रान्सका ट्रेड युनियनहरूले सरकारविरोधी प्रदर्शन थप चर्काउन आह्वान गरेका छन् । ट्रेड युनियनहरूले मे १ मा देशव्यापी शक्तिशाली प्रदर्शन गर्ने उद्घोष पनि गरेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोंले पेन्सन प्रणालीलाई ध्वस्त हुनबाट रोक्नको लागि सुधार गर्नुपरेको तर्क गरेका छन्। गत मार्चमा सरकारले एक व...
अमेरिकामा डेरी फार्ममा बिस्फोट र आगलागी हुँदा मारिए १८ हजारभन्दा बढी गाई
विश्व, समाचार

अमेरिकामा डेरी फार्ममा बिस्फोट र आगलागी हुँदा मारिए १८ हजारभन्दा बढी गाई

नेपालअखबार, एजेन्सि। अमेरिकाको टेक्सासमा एउटा पारिवारिक डेरी फार्ममा बिस्फोट र आगलागी हुँदा १८ हजारभन्दा बढी गाई मारिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार टेक्सासको पश्चिमी क्षेत्र डिम्मितमा रहेको उक्त डेरी फार्ममा गत सोमबार बिस्फोट र आगलागी भएको हो। अग्नि नियन्त्रकहरूले फार्मबाट एक जना घाइते कामदारको उद्धार गरेका छन्। बिस्फोट र आगलागीको कारण खुल्न सकेको छैन। अमेरिकाको कुनै डेरी फार्ममा एकै पटक यति धेरै गाईहरू मरेको यो सन् २०१३ पछिको पहिलो घटना हो। त्यो वर्ष एनिमल वेलफेयर इन्स्टिच्युटले फार्महरूमा हुने आगलागीको तथ्यांक राख्न थालेको थियो।...
ट्रम्पद्वारा आफ्ना वकिलमाथि ६५ अर्बको मुद्दा दायर
राजनीति, विश्व

ट्रम्पद्वारा आफ्ना वकिलमाथि ६५ अर्बको मुद्दा दायर

नेपालअखबार,  एजेन्सि। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनविरुद्ध ५०० मिलियन डलर (६५ अर्ब नेपाली रुपैयाँ) को मुद्दा दायर गरेका छन् । कोहेनमाथि आफ्ना क्लाइन्टको विश्वास तोडेको र ‘द ट्रम्प अर्गनाइजेसन’ सँगको गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप लगाइएको छ । ट्रम्पकाअनुसार कोहेनले आफ्नो क्लाइन्टको हितमा काम गर्नु पर्ने वकिलको कर्तव्य उल्लङ्घन गरे । कोहेनका प्रवक्ता तथा वकिल ल्यानी डेभिसले बीबीसीसँगको कुराकानीमा भने, ‘म आफ्ना क्लाइन्ट विरुद्धको मुद्दा असफल हुनेमा विश्वस्त छु ।’ वास्तवमा, कोहेन पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध लागेको पोर्न स्टार मुद्दामा मुख्य साक्षी हुन् । कोहेनले जुरीका अगाडि यस्ता थुप्रै जानकारी दिए, जसको आधारमा ट्रम्पविरुद्ध न्यूयोर्कको म्यानहट्टन अदालतमा ३४ वटा आरोप लगाइयो । न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार कानुन विशेषज्ञ एलेन ...