Thursday, July 2

विश्व

दुई सय युवाले गरे चारदिने नमुना संयुक्त राष्ट्रसंघको अभ्यास
विश्व, समाचार

दुई सय युवाले गरे चारदिने नमुना संयुक्त राष्ट्रसंघको अभ्यास

नेपालअखबार, काठमाडौं । नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषदले चारदिने नमुना संयुक्त राष्ट्रसंघको अभ्यास संचालन गरेको छ। सो अभ्यासमा मुलुकभरवाट छनौट भएका २०० जना युवा सहभागी थिए। नेपाली युवाहरुलाई सक्षम, प्रतिस्पर्धी र अन्तराष्ट्रिय कुटनीतिमा अभ्यस्त गराउने उदेश्यले सरकारी तवरबाट पहिलोपटक यसखालको कार्यक्रम आयोजना गरिएको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए। नमुना अभ्यासका क्रममा दिगो विकास लक्ष्य, जलवायु परिवर्तन प्रतिकार्य, गरिवि निवारण , वेरोजगारी , भोकमरी , विश्व शान्ति आदि जस्ता साझा विषयहरुमा फरक फरक समितिहरुको फरकफरक वैठकमा ब्यापक छलफल भएको बस्नेतले बताए। नमुना संयुक्त राष्ट्रसंघको नमुना महासचिवको भुमिका गुल्मीकी इसिका पन्तले निर्वाह गरेकी थिइन्। सहभागी २ सय युवाले २ सय देशकै नमुना प्रतिनिधि मण्डलको नेतृत्व गरेर सम्मन्धित देशका समस्या र चुनौतीको समेत च...
तीन दिनदेखि रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान
विश्व, समाचार

तीन दिनदेखि रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान

नेपालअखबार, मस्को । रुसमा आकस्मिक अवतरण गरिएको एयर इन्डियाको प्रतिस्थापन विमान अमेरिका प्रस्थान गरेको छ नयाँ दिल्लीबाट २ सय ३२ जनालाई लिएर उडेको विमानमा समस्या देखा परे पछि रुसमा आकस्मिक अवतरण भएको विमानको सट्टा अर्को विमानमार्फत सान फ्रान्सिस्को प्रस्थान गरेका हुन् । गत मंगलबार प्राविधिक समस्याका कारण एयर इन्डियाको विमान रुसको मगादान सहरमा आपत्कालीन अवतरण गर्न बाध्य भएको थियो । तीन दिन पछि वैकल्पिक उडानमार्फत अमेरिका प्रस्थान गराइएको हो । एयर इन्डियाले सान फ्रान्सिस्को इन्टरनेशनल एयरपोर्टमा यात्रुहरूलाई उनीहरूको आगमन औपचारिकतामा मद्दत गर्नको लागि आफ्नो अनग्राउन्ड समर्थन बढाएको छ। उसका अनुसार यात्रुहरूको चिकित्सा हेरचाह, यातायात र आवश्यकता अनुसारका थप सुविधा प्रदान गर्न तयारी अवस्थामा राखिएको छ । दिल्लीबाट सान फ्रान्सिस्को जाँदै गरेको एयर इन्डियाको विमानको इन्जिनमा प्राविधिक खर...
रियाद र बेइजिङसँग कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका
राजनीति, विश्व, समाचार

रियाद र बेइजिङसँग कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका

नेपालअखबार, एजेन्सि। अमेरिकाले चार विषयलाई आफ्नो कूटनीतिको मुख्य आधार मान्छ– सुरक्षा, समृद्धि, लोकतन्त्र र विकास । चीन र साउदी अरब दुवै लोकतन्त्र मान्दैनन् । त्यहाँ विकासको कुनै कमी पनि छैन । चीनबाट अमेरिकालाई सुरक्षा चुनौती छ । साउदी अरबबाट सस्तो तेल आपूर्ति गरेर भण्डारण गर्दै महँगोमा बेचेर समृद्धिमा थप टेवा पु¥याउने अमेरिकी स्वार्थ छ । चीन र साउदी अरब दुवै मुलुकसँग अमेरिकाको सम्बन्ध बिग्रिएको थियो । विग्रदो कूटनीतिक सम्बन्धका कारण चार आधारमध्ये दुई आधारमा चुनौती थपिएपछि वासिङ्टन सम्बन्ध सुधारमा लागेको छ । गत साता चीनका रक्षामन्त्री ली साङफुले चीन र अमेरिकाबीच द्वन्द्व भएमा विश्वमा असह्य विपत्ति पैदा हुने चेतावनी दिएका थिए । यो विपत्ति टार्नका लागि बेइजिङ वासिङ्टनसँग संवादका लागि तयार रहेको बताएका थिए । त्यसको केही दिनअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले विषम परिस्थिति आउन लागेको भ...
क्यानडाको डढेलोले अमेरिकामा पनि वायु प्रदुषण
विश्व, समाचार

क्यानडाको डढेलोले अमेरिकामा पनि वायु प्रदुषण

नेपालअखबार, एजेन्सि।  क्यानडाको जंगलमा लागेको डढेलो छिमेकी अमेरिकामा पनि वायु प्रदुषण बढेको छ। आइक्यूएयरका अनुसार बुधबार अमेरिकाको न्युयोर्क सहर संसारकै सबैभन्दा प्रदुषित वायु भएको सहर भएको छ। मंगलबारदेखि नै न्युयोर्कको वायु खतराको तहमा पुगेको छ। द न्युयोर्क टाइम्सका अनुसार मिनिसोटादेखि म्यासाच्युसेट्ससम्म अमेरिकी राज्यहरूले वायु प्रदुषण खतरापूर्ण रहेको सजगता अपनाउन नागरिकहरूलाई सूचना जारी गरेका छन्। उत्तरी अमेरिकाका विभिन्न सहरमा केहीदिन देखि तुँवालो लागेको छ। क्यानडाका ओन्टोरियो, ओटावा र टोरोन्टो सहरलाई पनि प्रदुषणको वायुले ढपक्कै छोपेको छ। ओन्टोरियो क्षेत्रमा अहिले १६० भन्दा बढी ठाउँमा डढेलो लागेको बिबिसीले उल्लेख गरेको छ।...
युक्रेनको निप्रो नदीको बाँध भत्किँदा हजारौं मानिस विस्थापित
विश्व, समाचार

युक्रेनको निप्रो नदीको बाँध भत्किँदा हजारौं मानिस विस्थापित

नेपालअखबार, काठमाडौं । दक्षिण युक्रेनको खेरसान प्रान्तस्थित काखोव्का बाँध भत्किंदा हजारौं मानिस विस्थापित भएका छन् । यसबाट ८० सहरका मानिस प्रभावित हुनसक्ने अनुमान छ । निप्रो नदीमा बनाइएको बाँध सोमबार बिहान भत्किएपछि पानीको बहाव बाढीजस्तो बनेर वस्तीमा पसेको छ । यसबाट कयौं वस्ती जलमग्न भएका छन् । बाँध भत्किएपछि खेरसन सहर बढी प्रभावित भएको छ । ८० हजार मानिसलाई त सुरक्षित स्थानमा सारिएको छ । यसले खेरसन सहरमा गम्भीर संकटको स्थिति ल्याउन सक्ने युक्रेनका अधिकारीहरुले बताएका छन् । बाढी र डुबानबाट प्रभावितहरुलाई खेरसानसँग जोडिएको मिकोलाइब भन्ने स्थानमा अस्थायी शिविर बनाएर राखिएको छ । प्रभावितहरुका लागि खाना, कपडा र औषधिको व्यवस्था गर्ने काम भइरहेको छ । रुसलाई दोष युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बाँध भत्किनुमा रुसलाई दोष दिएका छन् । जानीजानी बाँधमा बम आक्रमण गरेर भत्काइद...
बीबीसीले गर्‍यो कर छलेको स्वीकार, भारतलाई बुझायो ६४ करोड आयकर
विश्व, समाचार

बीबीसीले गर्‍यो कर छलेको स्वीकार, भारतलाई बुझायो ६४ करोड आयकर

नेपालअखबार, नयाँ दिल्ली । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) ले भारतमा ६४ करोड रुपैयाँ आयकर तिरेको छ। मिडिया रिपोर्टका अनुसार केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) लाई पठाएको पत्र अनुसार बीबीसी कर नतिरेको स्विकार गर्दै कर तिरेको हो । आयकर रिटर्नमा तिर्नु पर्ने जति कर हो, त्यो भन्दा भन्दा कम तिरेको जनाएको छ यो भनिएको छ कि अब बीबीसी हिन्दीले औपचारिक रूपमा संशोधित रिटर्न फाइल गर्नुपर्नेछ, जसमा यो रकममा सबै बक्यौता, ब्याज र जरिवाना लगाइनेसमेत छ। स्रोतका अनुसार बोर्डका दुई अधिकारीले बीबीसीको यो आयकर छलीको पुष्टि गरेका छन् । उनले देशको कानुन सबैका लागि बराबर भएकाले बीबीसी लगायत कुनै पनि कम्पनीलाई चाहे त्यो कम्पनी भारतीय होस् वा विदेशीलाई कुनै छुट नदिने बताए । उनले भने, ‘बीबीसीले भारतको कानुन पालना गर्नुपर्छ।’ विभागले यो विषयलाई तार्किक निष्कर्षमा नपुगेसम्म निरन्तरता दिनेछ । चालु वर्...
हाइटीमा बाढी, ४२ जनाको मृत्यु
विश्व, समाचार

हाइटीमा बाढी, ४२ जनाको मृत्यु

नेपालअखबार, हाइटी । हाइटीमा केही दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परेर कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार भारी वर्षापछि देशका विभिन्न नदीहरूको जलस्तर उच्च तहमा पुगेसँगै आकस्मिक बाढीदेखि भूस्खलनसम्मका घटनाहरू भएका थिए । बाढीका कारण १३ हजार ३ सयजना विस्थापित भएका छन् भने कम्तीमा ११ जना बेपत्ता भएका छन् । देशभर वर्षा जारी रहेसँगै सोमबार मृतकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थियो । –सीएनएन...
अन्तरिक्षबाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री
विश्व, समाचार

अन्तरिक्षबाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री

नेपालअखबार, बेइजिङ । अन्तरिक्षमा ६ महिना बिताएर तीन चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्केका छन् । चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले हालै सार्बजनिक गरे अनुसार सेन्झाउ–१५का अन्तरिक्ष यात्रीहरु फेइ जुनलोङ, देङ छिङमिङ र झाङ लु ६ महिना पछि पृथ्वीमा फर्केका हुन् । उनीहरु बेइजिङ समय अनुसार हिजो बिहान ६स् ३३ भित्री मङ्गोलियाको डोङफेङ ल्यान्डिङ साइटमा सुरक्षित अवतरण गरेक हुन् । सो मिसनका कमाण्डर फेइ भने, ‘हामीले निर्धारित सबै काम पूरा गरेका छौं ।’ अमेरिका र रुस पछि चीनले पनि अन्तरिक्षमा आक्रमक अनुसन्धान सुरु गरिरहेका छ ।...
तेस्रो कार्यकालका लागि टर्कीका राष्ट्रपतिले लिए शपथ
राजनीति, विश्व, समाचार

तेस्रो कार्यकालका लागि टर्कीका राष्ट्रपतिले लिए शपथ

नेपालअखबार, एजेन्सि। अंकरा, टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले शनिबार संसदमा सपथ ग्रहण गरेका छन् । उनको यो सपथसँगै आगामी पाँच वर्षको लागि आफ्नो तेस्रो कार्यकाल औपचारिक रूपमा सुरु भएको छ । एर्दोगानले संसदमा सपथ ग्रहण समारोह पछि राजधानी अंकारामा अबस्थित राष्ट्रपति भवनमा विश्व नेताहरूको उपस्थितिमा भव्य समारोह आयोजना हुनेछ। राष्ट्रपतिले आफनो सपथ सँगै आफ्नो नयाँ मन्त्रिपरिषद्को नाम पनि घोषणा गर्ने अपेक्षा गरिएको छ। गत मे २८ मा भएको राष्ट्रपतीय निर्वाचनमा एर्डोगानले आफ्ना प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लुलाई पराजित गर्दै ५२.१८ प्रतिशत मत प्राप्त गर्न सफल भएका थिए । सन् २००३ मा प्रधानमन्त्री भएदेखि नै देशको नेतृत्व गर्दै आएका राष्ट्रपति सन् २०१७ मा भएको संवैधानिक जनमत संग्रहले तुर्किएको संसदीय प्रणालीलाई राष्ट्रपतीय प्रणालीमा परिणत गरेपछि २०१८ मा तुर्किएको पहिलो कार्यकारी राष्ट्रपत...
इमरान खानद्वारा १५ अर्ब रुपैयाँको मानहानिको मुद्दा दर्ता
विश्व, समाचार

इमरान खानद्वारा १५ अर्ब रुपैयाँको मानहानिको मुद्दा दर्ता

नेपालअखबार, एजेन्सि। पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्ष इमरान खानले राष्ट्रिय जबाफदेहिता ब्युरोका अध्यक्षलाई कानुनी सूचना पठाएका छन् । इमरान खानले अध्यक्ष विरुद्ध १५ अर्ब रुपैयाँको मानहानि मुद्दा दायर गर्ने निर्णय गरेको बताएका छन् । यसै सम्बन्धमा कानुनी सूचना पठाइएको हो । पूर्वप्रधानमन्त्रीले आफूलाई बिदाको दिन पक्राउ पुर्जी जारी गरी आठ दिनसम्म लुकाएर राखिएको दाबी गरेका छन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘मलाई अल कादिर ट्रस्ट केसको अनुसन्धानको बारेमा पनि भनिएको थिएन । एनएबी अध्यादेशको धारा २४ को प्रावधानलाई बेवास्ता गरियो ।’ इमरानले भने, ‘मेरो लागि गिरफ्तारी वारेन्ट जारी गर्ने र कार्यान्वयन गर्ने तरिकालाई सर्वोच्च अदालतले गैर कानुनी र असंवैधानिक भनेको छ । गिरफ्तारी वारेन्ट लागू गर्नका लागि पाकिस्तानी रेन्जरहरूको प्रयोग गरियो, जसले मलाई यातना द...