थाइल्यान्डमा ४२ वर्षीय युवाले नेतृत्व गरेको दललाई सबैभन्दा धेरै मत
नेपालअखबार, एजेन्सि। दक्षिणपूर्वी एसियाली मुलुक थाइल्यान्डमा आइतबार भएको संसदीय चुनाव विपक्षी दलहरूले राम्रो नतिजा निकालेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मतगणना अन्तिम चरणमा पुग्दा मुभ फरवार्ड पार्टी सबैभन्दा ठूलो दल बन्ने भएको छ।
तल्लो सदनमा ५०० सिटमध्ये १५१ सिट मुभ फरवार्ड पार्टीले पाउने भएको छ। मुभ फरवार्ड ४२ वर्षीय पिटा लिम्जारोयनराटले नेतृत्व गरेको दल हो।
यो दल तीन वर्षअघि गठन भएको हो। तत्कालीन फ्युचर फरवार्ड पार्टीलाई सन् २०२० मा प्रतिबन्ध लगाइदिएपछि त्यसका नेताहरूले मुभ फरवार्ड पार्टी बनाएका थिए।
सन् २०२० मै थाइल्यान्डमा विद्यार्थीहरूले सैनिक समर्थित सरकार र राजसंस्थासम्बन्धी कडा कानुनको विरोधमा प्रदर्शन गरेका थिए। मुभ फरवार्ड पार्टी प्रगतिशील दल हो। यसले थाई राजसंस्थाको आलोचना गरे १५ वर्षसम्म जेल सजाय हुन सक्ने कानुन परिवर्तन गर्ने एजेन्डालाई अघि सारेको ...










