Thursday, July 2

विश्व

पाकिस्तानका पूर्व विदेशमन्त्री महमूद कुरैशी पक्राउ
राजनीति, विश्व

पाकिस्तानका पूर्व विदेशमन्त्री महमूद कुरैशी पक्राउ

नेपालअखबार, एजेन्सि। पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका नेता शाह महमूद कुरैशीलाई पक्राउ गरिएको छ । पाकिस्तानले इमरान खानका पार्टीका अन्य नेतालाई धमाधम पक्राउ गरिरहेको छ । पक्राउ पर्नु अघि कुरैशीले रेकर्ड गरिएको भिडियोमा भने, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म एक सन्देश दिन चाहन्छु । यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामी यसमा संलग्न हुनुपर्छ । आज इमरान खान हिरासतमा छन् । यसले उनको ज्यानलाई खतरा छ ।’ कुरैशीले थपे, ‘तपाईंहरु हाम्रो वास्तविक स्वतन्त्रताको युद्धलाई जारी राख्नुहोस् र त्यति बेलासम्म नरोकिनुहोस् जबसम्म इमरान खान रिहा हुँदैनन् ।’ पाकिस्तानमा इमरान खान पक्राउ परेपछि हिंस्रक विरोध प्रदर्शन जारी छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले बुधवार अबेर राती देशवासीको नाममा सम्बोधनमा हिंसा गर्नेहरूलाई कडा  चेतावनी दिएका छन् । शरिफले भने, ‘हिंसा गर्ने...
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
राजनीति, विदेश, विश्व

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

नेपालअखबार, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन् । आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो । इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘ पक्राउ पर्नु सामान्य हो।’ इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) का नेता फवाद चौधरीले अदालत परिसरबाटै खान पक्राउ परेको बताएका छन् । ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाटै उठाइएको छ। वकिल र आम जनतालाई पीडा दियो।  इमरान खानलाई अज्ञात मानिसले अज्ञात लोकेशनमा लिएर गए। इस्लामावाद हाइकोर्टका मुख्‍य न्यायाधीशले गृह सचिव तथा आइजीलाई १५ मिनेटभित्र अदातमा पेश हुन आदेश दिएका छन्’ फारुकले ले...
कंगोमा बाढी पहिरोका कारण २०० भन्दा बढीको मृत्यु
विश्व, समाचार

कंगोमा बाढी पहिरोका कारण २०० भन्दा बढीको मृत्यु

नेपालअखबार, काठमाडौं । कंगोमा बाढी र पहिरोमा परी २०० भन्दा बढीको मृत्यु भएको छ । कंगोको किवु प्रान्तको कालेह क्षेत्रमा बिहीबार भारी वर्षा भएको थियो । सो क्षेत्रका दुई गाउँमा बाढीले धेरै नै क्षति पुर्‍याएको छ । कालेह क्षेत्रबाट २०३ जनाको शव संकलन गरिएको त्यहाँका प्रशासक थोमस बाकेङ्गालाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाएको छ । रेडक्रस लगायतका सहायताकर्मीको टोली उद्धार तथा राहत कार्यमा खटिएका छन् । कंगोका डाक्टर एवम् नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगले पनि मेडिकल टोली प्रभावित क्षेत्रमा पठाइएको बताएका छन् ।दुई दिन अगाडि कंगोको छिमेकी देश रुवान्डामा पनि बाढी पहिरोबाट १०३ जनाको मृत्यु भएको थियो ।...
बेलायती राजा चार्ल्स तृतीयले लगाए राजमुकुट
राजनीति, विश्व, समाचार

बेलायती राजा चार्ल्स तृतीयले लगाए राजमुकुट

काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयले राजमुकुट पहिरिएका छन् । शनिबार वेस्टमिन्स्टर एबीमा विश्वका एक हजार भन्दा बढी नेताहरु र दशौं लाख टेलिभिजन दर्शकका अगाडि उनले राजमुकुट पहिरिएका हुन् । धर्मगुरु आर्चबिसपले ३६० वर्ष पुरानो सेन्ट एडवार्डको मुकुट चाल्र्स तृतीयको शीरमा राखिदिए । सोही समारोहमा आर्चबिसपले क्वीन मेरिज क्राउन रानी कमिलालाई लगाइदिएका छन् । राजा चार्ल्स तृतीयको राज्यभिषेकमा १९ वटा सैनिक ब्याण्ड, ३३ वटा कमनवेल्थ देशका प्रतिनिधि, २५० वटा घोडा र ४००० सैनिक सहभागी थिए । यो ७० वर्षपछि बेलायतमा आयोजित सबैभन्दा ठूलो सैनिक परेड हो । उक्त कार्यक्रममा राजपरिवारका सदस्य, सेलिब्रिटी, विभिन्न देशबाट निम्त्याइएका पाहुना गरी २२ सय भन्दा बढी सहभागी गिए । राजमुकुट पहिरिएपछि राजा तृतीय वेस्टमिन्स्टर एबीबाट बकिंघम प्यालेसतर्फ फर्किएका थिए । राजा रानी बकिंघम प्यालेसतर्फ फर्किँदा हजारौ...
बेलायती राजाको राज्याभिषेकमा २२०० भन्दा बढी पाहुना
विश्व, समाचार

बेलायती राजाको राज्याभिषेकमा २२०० भन्दा बढी पाहुना

नेपालअखबार, एजेन्सि। बेलायतका नयाँ राजा चार्ल्सको आउने शनिबार राज्याभिषेक हुँदैछ। समाचार संस्था रोयटर्सका अनुसार उक्त राज्याभिषेक समारोहमा संसारभरिबाट २२०० भन्दा बढी पाहुना सहभागी हुने भएका छन्। वेस्टमिनिस्टर अबेमा हुने राज्याभिषेक समारोहमा २०३ देशका राष्ट्र/सरकार प्रमुख, परराष्ट्र मन्त्री सहभागी हुने बकिङहम प्यालेसले जनाएको छ। विभिन्न धार्मिक र सामाजिक संस्थाका प्रतिनिधि पनि राज्याभिषेकमा सहभागी हुनेछन्। नेपालका तर्फबाट राजा चार्ल्सको राज्याभिषेकमा परराष्ट्र मन्त्री एनपी साउद सहभागी हुने भएका छन्। त्यसका लागि उनी बिहीबार बेलायत प्रस्थान गर्दैछन्। महारानी एलिजावेथको गत सेप्टेम्बरमा निधन भएपछि चार्ल्स बेलायतका राजा बनेका हुन्। एलिजावेथको राज्याभिषेक सन् १९५३ मा यही ठाउँमा भएको थियो। त्यतिबेला ८२०० भन्दा बढी पाहुना राज्याभिषेकमा सहभागी भएका थिए।...
चीनमा बढे बेरोजगार, युवालाई गाउँ पठाउने नीतिको विरोध
विश्व, समाचार

चीनमा बढे बेरोजगार, युवालाई गाउँ पठाउने नीतिको विरोध

नेपालअखबार, एजेन्सि।  बेरोजगार बढेपछि चीनको ग्वाङ्झाओ प्रान्तले युवालाई गाउँ पठाउने नीति अघि सारेको छ । उत्पादन हबका रूपमा चिनिने ग्वाङ्झाओ प्रान्तले ३ लाख बेरोजगार युवालाई जागिरका लागि ग्रामिण इलाकामा पठाउन लागेको हो । ग्रामीण इलाकाको अर्थतन्त्र चलायमान बनाउने राष्ट्रपति सी जिनफिङको नीति अनुरूप त्यस प्रान्तले युवाहरूलाई ग्रामिण इलाका पठाउने निर्णय गरेको सीएनएनले जनाएको छ । चिनियाँ नेता माओत्सेतुङ्ले पनि शहरका लाखौं युवालाई ग्रामिण इलाकामा पठाएका थिए । ग्वाङ्झाओ प्रान्तमा १६ देखि २४ वर्ष उमेर समूहका जनसंख्यामा बेरोजगार दर १९ दशमलव ६ प्रतिशत पुगेको छ । यस तथ्यांक अनुसार करिब १ करोड १० लाख युवा बेरोजगार छन् । बेरोजगार युवाहरूको संख्या अझै बढेर १ करोड ६० लाख पुग्ने अनुमान छ । ‘कोरोना कालपछि धेरै शिक्षित युवा बेरोजगार छन् । शहरी इलाकामा शिक्षित युवाहरूलाई रोजगारको प्रबन्ध मिलाउनु चिनि...
अन्तरवार्ताका बीच टर्कीका राष्ट्रपति अर्दोआनको स्वास्थ्य बिग्रियो
राजनीति, विश्व, समाचार

अन्तरवार्ताका बीच टर्कीका राष्ट्रपति अर्दोआनको स्वास्थ्य बिग्रियो

नेपालअखबार, एजेन्सि । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले अस्वस्थ्यताका कारण प्रत्यक्ष अन्तरवार्ता बीचैमा छोड्नुपरेको छ । मङ्गलवार उनले टिभीमा अन्तरवार्ता दिइरहेका थिए जसको समय ९० मिनेट निर्धारण गरिएको थियो । तर १० मिनेटपछि नै प्रश्नलाई बीचमा नै काटेर च्यानलले ब्रेक लिनु पर्‍यो । न्युज वेबसाइट अरब न्युजका अनुसार करिब १५ मिनेटपछि उनी स्क्रिनमा देखिए र भने, ‘आज र हिजोको दिन निकै थकित पारिदिने खालको थियो ।  जसका कारण मलाई पेटमा सङ्क्रमण भएको छ । म तपाईंसँग र दर्शकसँग माफी माग्छु ।’ त्यसपछि कार्यक्रम रोकियो । अर्दोआनले बुधवार तीन स्थानमा हुन लागेको चुनावी प्रचार कार्यक्रम पनि रद्द गरेका थिए ।  उनले भने, ‘डाक्टरको सल्लाहमा आज म घरमा आराम गर्नेछु । ६९ वर्षका अर्दोआनको सन् २०१२ मा ग्यास्ट्रोइन्टेस्टाइनल शल्यक्रिया भएको थियो । १४ मेमा टर्कीमा आम निर्वाचन हुँदै छ । २० वर्षदेखि टर...
विश्वका ठूला विवाद मिलाउने चिनियाँ प्रयास
राजनीति, विश्व, समाचार

विश्वका ठूला विवाद मिलाउने चिनियाँ प्रयास

नेपालअखबार, काठमाडौं । रुस-युक्रेन युद्ध अन्त्य गर्ने बताइरहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् । रुस–युक्रेन युद्धमा केन्द्रित रहेको टेलिफोन वार्ताको अमेरिकाले स्वागत गरेको छ । गत महिना रूस भ्रमणका क्रममा राष्ट्रपति सीले भ्लादिमिर पुटिनसँग लामो कुराकानी गरेका थिए । चीन पछिल्लो समय विश्वका ठूला विवादहरू मध्यस्थतामार्फत समाधान गर्नतर्फ केन्द्रित छ । चिनियाँ पहलमा हालै रुसले साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित गरेको छ । चीन पछिल्लो समय इजरायल र प्यालेस्टाइनको विवादमा सहजीकरण प्रयासमा पनि केन्द्रित हुन थालेको छ । बुधबार बिहान सीको जेलेन्स्कीसँग गत वर्ष फेब्रुअरी २४ मा युद्ध सुरु भएपछि पहिलो कुराकानी भएको हो । उक्त टेलिफोनवार्तालाई बेइजिङ र कीभ दुवैले पुष्टि गरेका छन् । ‘राष्ट्रपति सी चिनपिङसँ...
८० वर्षका बाइडेनले गरे फेरि राष्ट्रपति लड्ने घोषणा
राजनीति, विश्व, समाचार

८० वर्षका बाइडेनले गरे फेरि राष्ट्रपति लड्ने घोषणा

नेपालअखबार, एजेन्सि। अमेरिकाका राष्ट्रपति जो बाइडेनले फेरि राष्ट्रपति लड्ने घोषणा गरेका छन्। समाचार संस्था रोयटर्सका अनुसार बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने घोषणा मंगलबार गरेका हुन्। बाइडेनले आफू राष्ट्रपति भएपछि गर्न खोजेका काम पूरा नभएकाले फेरि अर्को कार्यकाल राष्ट्रपति हुन चाहेको बताएका छन्। ‘चार वर्षअघि म राष्ट्रपति उम्मेदवार हुँदा भनेको थिएँ- हामी अमेरिकाको आत्माका लडिरहेका छौं, हामी अहिले पनि त्यसैका लागि लडिरहेका छौं,’ बाइडेनले भनेका छन्,‘अहिले सन्तुष्ट भएर मजाले बस्ने बेला छैन। त्यही भएर म फेरि चुनाव लड्दैछु।’ सन् २०२० को चुनावमा बाइडेनले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका थिए। २०२४ मा पनि उनीहरू नै आमनेसामने हुने सम्भावना बलियो छ। चुनाव लड्ने बेलासम्म बाइडेन ८२ वर्षका हुनेछन्। अहिलेसम्मको इतिहासमा उनी अमेरिकाका सबैभन्दा बढी उमे...
एलन मस्कको विशाल रकेट परीक्षण गर्ने क्रममा विष्फोट
प्रविधि, विश्व, समाचार

एलन मस्कको विशाल रकेट परीक्षण गर्ने क्रममा विष्फोट

नेपालअखबार, काठमाडौं । एलोन मस्कको स्पेसएक्स कम्पनीको विशाल नयाँ रकेट, स्टारशिप, आफ्नो पहिलो उडानमा विस्फोट भएको छ। स्थानीय समय अनुसार बिहीबार बिहान टेक्सासको पूर्वी तटबाट उडेको सो बिमान परीक्षणको क्रममा नै  बिष्फोट भएको हो, उक्त विष्फोटबाट कसैलाई पनि चोटपटक लागेको छैन। उडान सुरु भएको दुईदेखि तीन मिनेटपछि नै अहिलेसम्मको सबैभन्दा ठूलो विकसित रकेट नियन्त्रण बाहिर गएर खस्न थाल्यो  । रकेट हेर्दा हेर्दै टुक्रा टुक्रा भएर जमिनमा खख्यो । स्पेश एक्सका इन्जिनियरहरुले बिहीबार भएको दुर्घटनालाई पाठको रुपमा लिएको जनाएका छन । यो दुर्घटनाले रकेट परिक्षणका लागि धेरै नै ज्ञान दिएको छ, यसले परिक्षणका लागि आवाश्यक डाटाहरुको संयोजन तथा मेसनरी सामग्रीको प्रयोग गर्ने तौर तरिकाको फरक पाटो देखाएको सो परिक्षण दुर्घटना पछि इन्जिनियरहरुले भनेका छन् । सो दुर्घटना पछि मस्कले भनेका छन, कम्पनीले केहि महिना पछ...