Thursday, July 2

विश्व

सुडानमा गत शनिबारदेखि दुई सैनिक समूहबीच भइरहेको लडाइँमा कम्तीमा १८५ मानिसको मृत्यु
राजनीति, विश्व, समाचार

सुडानमा गत शनिबारदेखि दुई सैनिक समूहबीच भइरहेको लडाइँमा कम्तीमा १८५ मानिसको मृत्यु

नेपालअखबार, एजेन्सि। उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा गत शनिबारदेखि दुई सैनिक समूहबीच भइरहेको लडाइँमा कम्तीमा १८५ मानिसको मृत्यु भएको छ भने झन्डै १८ सय जना घाइते भएका छन्। सुडानका सैनिक शासक अब्देल फताह अल-बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) का कमाण्डर मोहम्मद हामडान डागालोले एक-अर्काका क्याम्पहरूमाथि आक्रमण गरिरहेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रपति भवन, सैनिक मुख्यालयजस्ता महत्वपूर्ण ठाउँ आफ्नो नियन्त्रणमा राख्न अहिले दुबै पक्षले संघर्ष गरिरहेका छन्। राजधानी बाहिरका सहरहरूमा पनि उनीहरूले एक-अर्काका क्याम्पमा आक्रमण गरेका छन्। सोमबार राजधानी खार्तुमका अस्पतालहरूमा पनि आक्रमण भएका छन्। सुडानका लागि युरोपियन युनियनका राजदूतलाई उनकै निवासमा छिरेर दुर्व्यवहार गरिएको छ। दुई सैनिक समूहले एक-अर्कालाई आक्रमण गर्न थालेपछि खार्तुमको जनजीवन प्रभावित भएको छ। अस्...
रूसमा पुटिनका आलोचकलाई २५ वर्ष जेल
विश्व, समाचार

रूसमा पुटिनका आलोचकलाई २५ वर्ष जेल

नेपालअखबार, एजेन्सि। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक जना आलोचकलाई २५ वर्षको जेल सजाय सुनाइएको छ। समाचार संस्था रोयटर्सका अनुसार मस्कोको एक अदालतले प्रतिपक्षी राजनीतिज्ञ ४१ वर्षीय भ्लादिमिर कारा-मुर्जालाई देशद्रोहलगायत मुद्दामा २५ वर्षको जेल सजाय सुनाएको हो। रूसी र बेलायती पासपोर्टधारा कारा-मिर्जालाई गत वर्ष पक्राउ गरिएको थियो। सुरूमा एक प्रहरी अधिकारीको आदेश नमानेको भने पक्राउ गरिएका उनलाई पछि गम्भीर मुद्दाहरू लगाइएको थियो। उनले रूसले युक्रेनमा गरेको आक्रमणको खुलेर विरोध गरेका थिए। रूसमाथि प्रतिबन्ध लगाउन उनले पश्चिमा देशहरूसँग लबी गरेका थिए। भ्रष्टाचार र मानव अधिकार उल्लंघनमा रूसी सरकारी अधिकारीहरूमाथि पनि प्रतिबन्ध लगाउनु पर्ने उनको माग थियो। सन् १९९९ मा पुटिन सत्तामा आएदेखि कुनै आलोचकलाई गरिएको यो सबैभन्दा कडा सजाय हो।एक साताअघि उनले आफूले गरेका काम र बोलेका कुरामा कुनै...
पहिलो पटक अन्तरिक्षमा हिँड्दै अरबी अन्तरिक्षयात्री
प्रविधि, विश्व, समाचार

पहिलो पटक अन्तरिक्षमा हिँड्दै अरबी अन्तरिक्षयात्री

नेपालअखबार, काठमाडौं। यहीँ अप्रिल २८ को दिन संयुक्त अरब इमिरेट्सका अन्तरिक्ष सुल्तान अल नेयादीका लागि एक ऐतिहासिक दिन हुनेछ । नेयादीले सो दिन अन्तराष्ट्रिय स्पेस स्टेशन बाहिर ‘स्पेस वाक’ गर्नेछन् । यो सँगै उनी अन्तरीक्षमा हिड्ने अरब जगतको पहिलो अन्तरिक्ष बन्नेछन् । नेयादीले अमेरिकी अन्तरीक्ष संस्था नासाको न्युट्रल बोएन्सी ल्याबमा पानीमुनि स्पेसवाकको तालिम लिएका छन् । गत मार्च ३ तारेखको दिन पनि अल नेदायीको लागि निकै खास थियो, किनकी पृथ्वीको कक्षमा त्यो उनको पहिलो दिन थियो । तर पृथ्वीको बाहिरको उनको अनुभव अप्रिल २८ मा झनै विशेष हुनेवाला छ । कुनै पनि अरबी अन्तरिक्षका लागि साढे ६ घण्टाको उक्त Extravehicular Activity (EVA) गर्नु पहिलो अवसर हुनेछ । नेयादीको उक्त अन्तरीक्ष हिँडाइसँगै युएइले पनि कीर्तिमान कायम गर्नेछ । योसँगै युएई आफ्ना नागरिकलाई अन्तरीक्षमा हिँडाउने विश्वको दशौँ देश बन्न...
पेन्सनको लागि उमेर हद बढाएपछि फ्रान्समा प्रदर्शन र आगजनी
विश्व, समाचार

पेन्सनको लागि उमेर हद बढाएपछि फ्रान्समा प्रदर्शन र आगजनी

नेपालअखबार,  काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पेन्सनका लागि उमेर हद ६२ बाट बढाएर ६४ वर्ष पुर्‍याइएको प्रस्तावमा हस्ताक्षर गरेसँग विरोध प्रदर्शन चर्किएको छ । फ्रान्सको संवैधानिक परिषदले यस विषयमा जनमत सर्वेक्षण गर्न प्रतिपक्षको मागलाई अस्वीकार गर्दै यो परिवर्तनलाई अनुमोदन गरेको छ । परिषद्को यो निर्णयपछि फ्रान्समा विरोध प्रदर्शन चर्किएको छ । आन्दोलनकारीले धेरै ठाउँमा आगजनी गरेका बीबीसीले खबर लेखेको छ । प्रदर्शनको क्रममा हिंसा भड्काएको आरोपमा ११२ जना पक्राउ परेका छन् । फ्रान्सका ट्रेड युनियनहरूले सरकारविरोधी प्रदर्शन थप चर्काउन आह्वान गरेका छन् । ट्रेड युनियनहरूले मे १ मा देशव्यापी शक्तिशाली प्रदर्शन गर्ने उद्घोष पनि गरेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोंले पेन्सन प्रणालीलाई ध्वस्त हुनबाट रोक्नको लागि सुधार गर्नुपरेको तर्क गरेका छन्। गत मार्चमा सरकारले एक व...
अमेरिकामा डेरी फार्ममा बिस्फोट र आगलागी हुँदा मारिए १८ हजारभन्दा बढी गाई
विश्व, समाचार

अमेरिकामा डेरी फार्ममा बिस्फोट र आगलागी हुँदा मारिए १८ हजारभन्दा बढी गाई

नेपालअखबार, एजेन्सि। अमेरिकाको टेक्सासमा एउटा पारिवारिक डेरी फार्ममा बिस्फोट र आगलागी हुँदा १८ हजारभन्दा बढी गाई मारिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार टेक्सासको पश्चिमी क्षेत्र डिम्मितमा रहेको उक्त डेरी फार्ममा गत सोमबार बिस्फोट र आगलागी भएको हो। अग्नि नियन्त्रकहरूले फार्मबाट एक जना घाइते कामदारको उद्धार गरेका छन्। बिस्फोट र आगलागीको कारण खुल्न सकेको छैन। अमेरिकाको कुनै डेरी फार्ममा एकै पटक यति धेरै गाईहरू मरेको यो सन् २०१३ पछिको पहिलो घटना हो। त्यो वर्ष एनिमल वेलफेयर इन्स्टिच्युटले फार्महरूमा हुने आगलागीको तथ्यांक राख्न थालेको थियो।...
ट्रम्पद्वारा आफ्ना वकिलमाथि ६५ अर्बको मुद्दा दायर
राजनीति, विश्व

ट्रम्पद्वारा आफ्ना वकिलमाथि ६५ अर्बको मुद्दा दायर

नेपालअखबार,  एजेन्सि। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनविरुद्ध ५०० मिलियन डलर (६५ अर्ब नेपाली रुपैयाँ) को मुद्दा दायर गरेका छन् । कोहेनमाथि आफ्ना क्लाइन्टको विश्वास तोडेको र ‘द ट्रम्प अर्गनाइजेसन’ सँगको गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप लगाइएको छ । ट्रम्पकाअनुसार कोहेनले आफ्नो क्लाइन्टको हितमा काम गर्नु पर्ने वकिलको कर्तव्य उल्लङ्घन गरे । कोहेनका प्रवक्ता तथा वकिल ल्यानी डेभिसले बीबीसीसँगको कुराकानीमा भने, ‘म आफ्ना क्लाइन्ट विरुद्धको मुद्दा असफल हुनेमा विश्वस्त छु ।’ वास्तवमा, कोहेन पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध लागेको पोर्न स्टार मुद्दामा मुख्य साक्षी हुन् । कोहेनले जुरीका अगाडि यस्ता थुप्रै जानकारी दिए, जसको आधारमा ट्रम्पविरुद्ध न्यूयोर्कको म्यानहट्टन अदालतमा ३४ वटा आरोप लगाइयो । न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार कानुन विशेषज्ञ एलेन ...
साउदी अरबले इद अघि लियो यो महत्त्वपूर्ण निर्णय
विश्व, समाचार, हाइलाइट-समाचार

साउदी अरबले इद अघि लियो यो महत्त्वपूर्ण निर्णय

नेपालअखबार, काठमाडाैं । साउदी अरबको सरकारले जागिरेहरूलाई इदको उपहार दिने निर्णय गरेको छ । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालयले सोमबार औपचारिक रूपमा इदको लामो छुट्टी घोषणा गरेको छ । मन्त्रालयले एक ट्विटमा निजी र गैर नाफामुखी क्षेत्रमा काम गर्नेहरूले इदमा चार दिनको छुट्टीको आनन्द उठाउन सक्ने बताएको छ । यो छुट्टी २० अप्रिलपछि सुरु हुनेछ । अर्थात् कर्मचारीले अब शुक्रवार–शनिवार पाउने विकेन्ड अफबाहेक लामो छुट्टीको फाइदा लिन सक्नुहुन्छ । केही कार्यालयमा २७ अप्रिलबाट काम सुरु हुनेछ । यस वर्ष २३ मार्च रमजान सुरु भएको थियो । यसको करिब एक महिनापछि रमजानको अन्तिम दिन ईद–उल–फितर मनाइनेछ ।...
१३८ वर्षपछि यो परिवारमा जन्मिइन् छोरी
विश्व, समाचार, हाइलाइट-समाचार

१३८ वर्षपछि यो परिवारमा जन्मिइन् छोरी

नेपालअखबार, एजेन्सि। १ सय ३८ वर्ष  अर्थात् ६ पुस्तासम्म एउटा परिवारमा कुनै छोरी जन्मिएन भन्ने विश्वास गर्नुहुन्छ ? तर अमेरिकामा एउटा यस्तै परिवार छ । जहाँ पछिल्ला ६ पुस्ताले दिदीबहिनी र छोरी देखेनन् । तर यो लामो प्रतीक्षा अब सकिएको छ । यो परिवारमा १३८ वर्षपछि छोरी जन्मिएको छ । बालिकाकी आमाले सामाजिक सञ्जालमा आफ्नो कथा साझा गरिन्, जहाँ यो भाइरल भयो । विश्वभरका मानिसहरूले यी बालिकालाई स्वागत गरिरहेका छन् । यसका साथै  मानिसहरू यो परिवारको कथा पनि खोजिरहेका छन् । परिवारको अन्तिम छोरी सन् १८८५ मा जन्मिएकी थिइन् अमेरिकाको मिशिगनमा बस्ने एन्ड्रयूको परिवारमा सन् १८८५ पछि छोरीहरूको खडेरी परेको थियो । सन् १८८५ मा, यो परिवारमा अन्तिम पटक छोरीको जन्म भएको थियो । यो एन्ड्रयू अघि ६ पुस्ता अघिको कुरा हो । सुरुका केही वर्षसम्म परिवारले यो कुरालाई सामान्य तरिकाले हेर्‍यो । तर दशकौँसम्म छो...
ट्विटरले बिबिसीलाई सरकारले पैसा दिने मिडिया
विश्व, समाचार

ट्विटरले बिबिसीलाई सरकारले पैसा दिने मिडिया

नेपालअखबार, एजेन्सि। सामाजिक सञ्जाल ट्विटरले बेलायती प्रसारण संस्था (बिबिसी) लाई सरकारले पैसा दिने मिडिया भनेपछि बिबिसीले आपत्ति जनाएको छ। बिबिसीका अनुसार ट्विटरले बिबिसीको भेरिफाइड खाता @BBC लाई सरकारले पैसा दिने मिडिया भनेर लेबल गरेको छ। एक वक्तव्य जारी गर्दै बिबिसीले आफू एक स्वतन्त्र संस्था भएकाले सरकारले पैसा दिने भनी ट्विटरले लगाइदिएको लेबल हटाउनु पर्ने भनेको छ। यसबारे ट्विटरका अधिकारीहरूसँग पनि कुरा भइरहेको बिबिसीले जनाएको छ। ‘बिबिसी स्वायत्त हो र यो सधैँ स्वायत्त रहेको छ। हामीलाई बेलायती जनताले  लाइसेन्स शुल्कका माध्यमबाट पैसा दिन्छन्,’ बिबिसीले भनेको छ। पछिल्लो समय भेरिफाइड खाता चलाउन ट्विटरले पैसा लिन थालेको छ। यसअघि नै उसले विभिन्न व्यक्ति र संस्थाका खातालाई विभिन्न लेबल लगाउन थालेको थियो। त्यसमा मिडियाका खाता पनि छन्। चीनको पिपुल्स डेलीलाई ट्विटरले चिनियाँ राज्...
हमासले लेबनानबाट ३६ मिसाइल प्रहार गरेको इजरायलको दाबी
विश्व, समाचार

हमासले लेबनानबाट ३६ मिसाइल प्रहार गरेको इजरायलको दाबी

नेपालअखबार, एजेन्सि। इजरायली सेनाले प्यालेस्टिनी हमास समूहले दक्षिणी लेबनानबाट उत्तरी इजरायलमा दर्जनौँ मिसाइल प्रहार गरेको दाबी गरेको छ । इजरायली सेनाका अनुसार प्रहार गरिएका ३६ वटा मिसाइलमध्ये धेरैजसो लक्ष्यमा पुग्नुअघि नै नष्ट भएका थिए तर तीमध्ये केहीले इजरायली क्षेत्रलाई निशाना बनाएका थिए । यी आक्रमणमा केही भवनमा क्षति पुगेको छ । एक जनाको टाउकोमा चोट लागेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यस्तै, हमासले क्षेप्यास्त्र कसले हान्यो भन्ने बारे कुनै जानकारी नभएको बताएको छ । पछिल्लो १७ वर्षमा लेबनानबाट इजरायलमा एकै पटक भएको यो सबैभन्दा ठुलो आक्रमण हो । इजरायली प्रहरीले जेरुसेलमको अल–अक्सा मस्जिदमा प्यालेस्टाइनीहरूसँग लडाइँ गर्दा यस क्षेत्रमा हिंसा बढेको बेला यो हमला भएको हो । अर्कोतर्फ, हमासको नियन्त्रणमा रहेको गाजाबाट पनि इजरायलमा रकेट प्रहार गरिएको छ । इजरायलको वायुसेनाले य...