Friday, July 3

विश्व

ट्रम्प विरूद्धको मुद्दामा अर्को सुनुवाइ ४ डिसेम्बरमा
विश्व, समाचार

ट्रम्प विरूद्धको मुद्दामा अर्को सुनुवाइ ४ डिसेम्बरमा

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेका फौजदारी अभियोगमा पहिलो दिनको सुनुवाइ सकिएको छ । अब अर्को सुनुवाइ डिसेम्बर ४ मा हुने सीएनएनले जनाएको छ । मंगलबार म्यानहटन अदालतमा आत्मसमर्पण गरेपछि न्यायाधीश जुआन मर्चनले आगामी ४ डिसेम्बरमा अर्को सुनुवाइको मिति तोकेका हुन् । त्यतिबेला पनि ट्रम्प अदालतमा उपस्थित हुनुपर्ने छ ।अभियोजन पक्षलाई सेप्टेम्बर १९ सम्ममा जवाफ दिने समय छ ।...
न्यूयाेर्कका मेयर एरिक एडम्सले इफ्तार गर्दै
धर्म/संस्कृति, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

न्यूयाेर्कका मेयर एरिक एडम्सले इफ्तार गर्दै

नेपालअखबार, काठमाडाैं । अमेरिकाकाे न्यूयाेर्क शहरका  मेयर एरिक एडम्सले इफ्तार  डिनर गर्दैछन् । मेयर एरिकले न्यूयाेर्क शहर रहेका मुस्लिम समुदायका  आफ्ना  जनताहरू प्रति सम्मान व्यत्त गर्दै  एक दिन (राेजा) व्रर्त बसेका थिए । उनले भनेका थिए हामीले सबै धर्म रितिरिवाजकाे सम्मान गर्न सक्नु पर्छ । विश्वभरका मुस्लिम समुदायले मनाइ रहेकाे पवित्र पर्व रमदानकाे अवसरमा सबै मुस्लिम समुदायलाई शुभकामना यर एरिकले दिए । मेयर एरिकका अनुसार मैले स्वयम एक दिन भए पनि (राेजा) व्रर्त बसेर न्यूयाेर्क शहरका  मुस्लिम समुदायसंग याे पर्व मनाएकाे छु  । जनता माथि शासन चलाउने मात्र काम हाेइन मेरा जनताकाे मुटुमा पनि बस्नु छ । हामी बिच भाइचार कायम हुन आवश्यक रहेकाे मेयर एरिकले बताए । उत्त इफ्तार समाराेहमा करिब एक हजार नगरवासीकाे उपस्थित रहेकाे थियाे । इफ्तार डिनर समाराेह  अल  खाेइ फाउडेशनले आयाेजना गरेकाे थिया...
अदालतमा उपस्थित हुँदै ट्रम्प, समर्थकहरू प्रदर्शन गर्ने तयारीमा, सुरक्षा व्यवस्था कडा
राजनीति, विश्व, समाचार

अदालतमा उपस्थित हुँदै ट्रम्प, समर्थकहरू प्रदर्शन गर्ने तयारीमा, सुरक्षा व्यवस्था कडा

नेपालअखबार, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आज अदालतमा उपस्थित हुँदै गर्दा अमेरिकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । ट्रम्पका समर्थकहरुले प्रदर्शनको तयारी गरेपछि न्यूयोर्क, म्यानहटनलगायतका स्थानमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । गएराति ट्रम्प फ्लोरिडाबाट न्यूयोर्क पुगेर बास बसेका छन् । त्यहाँबाट उनी अदालत जानेछन् । प्रहरीले ट्रम्प टावरलाई चारैतिरबाट घेरा हालेको छ । साथै ट्रम्प उपस्थित हुन लागेको अदालत वरपरका सडक पनि बन्द गराएर सुरक्षाकर्मी तैनाथ गरिएको छ । सामाजिक सन्जालहरुमा पनि कडा निगरानी गरिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । न्यूयोर्क प्रहरीले सुरक्षालाई मध्यनजर गर्दै आवश्यक प्रबन्ध मिलाएको भन्दै कुनै किसिमको खतरा नभएको जनाएको छ । ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिक...
फिनल्यान्डको चुनावमा तेस्रो भयो प्रधानमन्त्री मरिनको पार्टी
राजनीति, विश्व, समाचार

फिनल्यान्डको चुनावमा तेस्रो भयो प्रधानमन्त्री मरिनको पार्टी

नेपालअखबार, एजेन्सि। युरोपेली मुलुक फिनल्यान्डमा भएको संसदीय चुनाव प्रधानमन्त्री सन्ना मरिनको पार्टी तेस्रो भएको छ। समाचार संस्था रोयटर्सका आइतबार सार्वजनिक भएको २ सय सदस्यीय संसदको अन्तिम मतपरिणाममा ३७ वर्षीया मरिनको दल सोसियल डेमोक्र्याटिक पार्टीले ४३ सिट मात्र जितेको छ। सबैभन्दा धेरै सिट जितेको नेशनल कोअलिसन पार्टीले ४८ र  दोस्रो भएको फिन्स पार्टीले ४६ सिट हात पारेका छन्। सन् २०१९ मा संसारकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी मरिन यो निर्वाचन परिणामसँगै तत्काल दोस्रो कार्यकाल प्रधानमन्त्री नबन्ने भएकी छन्। अब नेशनल कोअलिसन पार्टीका नेता पेटेरी ओर्पोले फिनल्यान्डमा गठबन्धन सरकार बनाउने बताइएको छ। संसारभर चर्चा पाएकी मरिन सरकारको कार्यशैलीप्रति परम्परावादी फिनिस नागरिक असन्तुष्ट रहेको देखिएको छ। मरिनको दलले वामपन्थी विचारधारा अँगालेको थियो भने अब प्रधानमन्त्री बन्न लागेका ओर्...
कच्चा तेलको उत्पादन घटाउने ओपेकको निर्णय
अर्थ, विश्व, समाचार

कच्चा तेलको उत्पादन घटाउने ओपेकको निर्णय

नेपालअखबार, काठमाडौं । कच्चा तेलको मूल्यमा भइरहेको गिरावट रोक्ने उद्देश्यले ओपेक देशहरुले उत्पादन कटौती गर्ने निर्णय गरेका छन् । बीबीसीका अनुसार साउदी अरबसहित तेल निर्यात गर्ने देशहरुको संगठन (ओपेक)ले प्रतिदिन ११ लाख ब्यारेलभन्दा बढी तेल उत्पादन घटाउने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा स्थीरता ल्याउन उत्पादन कटौती गर्ने निर्णय गरिएको उनीहरुको भनाइ छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यसअघि तेल उत्पादक देशहरुको संगठन ओपेकले २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने अनुमान गरिएको थियो । तर ओपेक देशका मन्त्रीहरुको भर्चुअल बैठकमा प्रतिदिन ११.५० लाख ब्यारेल तेल उत्पादन घटाउने सहमति बनेको बीबीसीमा उल्लेख छ । भर्चुअल बैठकमा साउदी अरब र रुसका मन्त्रीहरु पनि सहभागी थिए । साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरबले मे २०२३ देखि यस वर्षको अन्तिमसम्ममा कच्चा तेलको उत्पादनम...
बम विस्फोटमा रुसी सेनाका ब्लगरको मृत्यु, १६ जना घाइते
विश्व, समाचार

बम विस्फोटमा रुसी सेनाका ब्लगरको मृत्यु, १६ जना घाइते

नेपालअखबार, काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गको एक क्याफेमा विस्फोट हुँदा रुसी सेनाका एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । रुसको गृह मन्त्रालयले सेनाका प्रमुख ब्लगर भ्लादलेन तातार्स्कीको मृत्यु भएको र १६ जना घाइते भएको पुष्टि गरेको हो । रुसको समाचार एजेन्सी आरआईएका अनुसार भ्लादलेनलाई उपहारको भनेर एक बट्टा दिइएको थियो । सोही बट्टामा भएको बम विस्फोट हुँदा उनको मृत्यु भएको गृह मन्त्रालय स्रोतलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी आरआईएले जनाएको छ । भ्लादलेनको खास नाम म्याक्सिम फोमिन हो । उनले युक्रेनमा रुसले गरेको आक्रमणको समर्थन गर्दै आएका थिए ।उनले गत वर्ष युक्रेनसँगको सीमा क्षेत्रमा गरेको रिपोर्टिङको एक भिडियोको निकै चर्चा भएको थियो । उक्त भिडियोमा उनले भनेका छन्, ‘हामीले जसलाई पनि हराउन सक्छौं, जसलाई पनि मार्न सक्छौं ।’...
वैज्ञानिकहरूले रेकर्ड गरे बिरुवा रोएको आवाज
विश्व, समाचार

वैज्ञानिकहरूले रेकर्ड गरे बिरुवा रोएको आवाज

नेपालअखबार, एजेन्सि। वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड गरेका छन्। सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्ड गरेका हुन्। अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला विशेष किसिमको आवाज निकाल्ने गर्छन्। मानिसहरू तनाव हुँदा झर्किने रूने गरेझैं विरुवा पनि तनावको स्थितिमा रूने उनीहरूको जिकिर छ। रुनका लागि मुखमात्रै आवश्यकता नपर्ने ठहर भएको न्युयोर्क टाइम्सले समाचार लेखेको छ । तनावको स्थितिमा रहने बिरुवाबाट आउने आवाज प्रस्टै सुन्न सकिने वैज्ञानिकहरूको दाबी छ। यो दाबी गत बिहीबार ‘सेल’ नामक जर्नलमा प्रकाशित भएको थियो । बिरुवा तनावमा हुँदा पानीको थोपा पानीमा पर्दाजस्तै आवाज निकाल्ने अनुसन्धानकर्ताहरूको दाबी छ। यसलाई उनीहरूले ‘पपिङ’ भनेका छन्। इजरायलको तेल अविव विश्वविद्यालयका जीव विज्ञानकर्मी लिअच अदानीका...
ट्रम्पलाई जेल पुर्‍याउनसक्ने चार मुद्दा
विश्व, समाचार

ट्रम्पलाई जेल पुर्‍याउनसक्ने चार मुद्दा

नेपालअखबार, काठमाडौं । डोनाल्ड ट्रम्प फौजदारी अभियोग लागेका अमेरिकाका पहिलो राष्ट्रपति हुन् । यसपटक उनलाई पोर्न स्टार स्टोर्मी डेनिल्सलाई मौन बस्नका लागि पैसा र दबाव दिएको अभियोग लागेको छ । राष्ट्रपतीय निर्वाचनमा असर पुग्ने भन्दै ट्रम्पले डेनिल्सलाई १ लाख ३० हजार डलर दिएको अभियोग लागेको हो। यसबाहेक ट्रम्पले थप तीन मुद्दा पनि खेपेका थिए । उनको कम्पनी विरूद्ध जालसाजीको मुद्दा परेको थियो । त्यसमा न्युयोर्क सहरको महान्यायाधिवक्ता कार्यालयले फौजदारी कानुन आकर्षित हुनेगरी अनुसन्धान गरेको थियो भने म्यानहटनले सार्वजनिक मुद्दा सम्बन्धी कानुन आकर्षित हुनेगरी मुद्दा अघि बढाएको थियो । गत डिसेम्बरमा ट्रम्पको कम्पनी दोषी देखिएपछि १ करोड ६० लाख जरिवाना तिर्नुपरेको थियो । यस्तै, ट्रम्पका वित्तीय प्रमुख एलन विसल्वर्गलाई पाँच महिनाको जेल सजायँ तोकिएको थियो । म्यानहटनले ट्रम्पको परिवारलाई नै सार्वजनिक ...
मध्यरातमा किन सडकमा ओर्लिए हजारौं इजरायली?
राजनीति, विश्व, समाचार

मध्यरातमा किन सडकमा ओर्लिए हजारौं इजरायली?

नेपालअखबार, एजेन्सि। इजरायलमा आइतबार राति हजारौं नागरिक सडकमा उत्रिए। उनीहरूको हातमा इजरायलको झन्डा थियो भने मुखमा बजाउने एउटा बाजा। प्रदर्शनकारीहरूले तेल अभिभमा मुख्य राजमार्ग अवरूद्ध गरे भने जेरूसेलममा रहेको प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको निजी घरअघि पनि प्रदर्शन गरे। सडकमा आगो बालेर उनीहरूले विभिन्न बाजा बजाए। कतिपय ठाउँमा प्रहरीसँग उनीहरूको झडप भयो। कहीँ भीड तितरबितर पार्न प्रहरीले पानीको फोहोरा हान्यो। सोमबार बिहान पनि प्रदर्शनकारीहरू सडकमै छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री नेतन्याहुले रक्षा मन्त्री योअभ गालान्टलाई  बर्खास्त गरेपछि नागरिकहरू उक्त कदमको विरूद्ध सडकमा ओर्लिएका हुन्। रक्षा मन्त्री गालान्टलाई बर्खास्त गरेको विरोधमा इजरायलका केही विश्वविद्यालयले सोमबार आफ्नो पढाइ बन्द गरेका छन्। श्रमिक युनियनका नेताहरूले आम हड्तालको चेतावनी दिएका छन्। ...
होन्डुरसले तोड्यो ताइवानसँगको सम्बन्ध
विश्व, समाचार

होन्डुरसले तोड्यो ताइवानसँगको सम्बन्ध

नेपालअखबार, काठमाडौं । मध्य अमेरिकी देश होन्डुरसले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । होन्डुरसको विदेश मन्त्रालयले ट्वीट गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको जानकारी दिएको हो । होन्डुरस र ताइवान सन् १९८५ देखि कूटनीतिक सम्बन्धमा थिए । होन्डुरसले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै ताइवान चीनको अभिन्न हिस्सा भएको बताएको छ । होन्डुरसको यो निर्णयपछि ताइवानसँग कूटनीतिक सम्बन्ध कायम रहेका देशहरुको संख्या अब १३ वटा मात्र रहेको बीबीसीले जनाएको छ । ती देशहरुले ताइवानलाई अलग देशको रुपमा मान्यता दिँदै आएका छन् । चीनले भने ताइवानलाई आफूसँग अलग भएको एक प्रान्त मान्दछ र ढिलो चाँडो चीनको नियन्त्रणमा आउने बताउँदै आएको छ । तर ताइवानले भने आफूलाई एक स्वतन्त्र देश ठान्दछ । ताइवानमा आफ्नै संविधान र अलग सरकार छ । होन्डुरसले कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेपछि ताइवानले खेद व्यक्त गरेको छ...