चीनमा बढे बेरोजगार, युवालाई गाउँ पठाउने नीतिको विरोध
नेपालअखबार, एजेन्सि। बेरोजगार बढेपछि चीनको ग्वाङ्झाओ प्रान्तले युवालाई गाउँ पठाउने नीति अघि सारेको छ । उत्पादन हबका रूपमा चिनिने ग्वाङ्झाओ प्रान्तले ३ लाख बेरोजगार युवालाई जागिरका लागि ग्रामिण इलाकामा पठाउन लागेको हो ।
ग्रामीण इलाकाको अर्थतन्त्र चलायमान बनाउने राष्ट्रपति सी जिनफिङको नीति अनुरूप त्यस प्रान्तले युवाहरूलाई ग्रामिण इलाका पठाउने निर्णय गरेको सीएनएनले जनाएको छ । चिनियाँ नेता माओत्सेतुङ्ले पनि शहरका लाखौं युवालाई ग्रामिण इलाकामा पठाएका थिए ।
ग्वाङ्झाओ प्रान्तमा १६ देखि २४ वर्ष उमेर समूहका जनसंख्यामा बेरोजगार दर १९ दशमलव ६ प्रतिशत पुगेको छ । यस तथ्यांक अनुसार करिब १ करोड १० लाख युवा बेरोजगार छन् । बेरोजगार युवाहरूको संख्या अझै बढेर १ करोड ६० लाख पुग्ने अनुमान छ ।
‘कोरोना कालपछि धेरै शिक्षित युवा बेरोजगार छन् । शहरी इलाकामा शिक्षित युवाहरूलाई रोजगारको प्रबन्ध मिलाउनु चिनि...










