Tuesday, June 2

विश्व

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा
खेलकुद, विश्व, समाचार

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

नेपालअखबार, एजेन्सि। कतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स  सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो खेल मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे सुरु हुनेछ। क्रोएसिया जारी विश्वकपमा अपराजित छ भने अर्जेन्टिना मूहको चरणको पहिलो खेलमै साउदी अरेबियासँग हारेको थियो । यस्तै अर्को सेमिफाइनल खेल मोरक्को र फ्रान्सबीच हुनेछ । यस खेल मंसिर २८ गते बुधबार मध्यराति पौने एक बजे हुनेछ । जारी विश्वकपको सरप्राइज प्याकेजको रुपमा रहेको मोरक्कोले विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्दै इतिहास रचिसकेको छ । मोरक्को पनि यस विश्वकपमा अपराजित छ । बेल्जियम र क्रोएसिया जस्तो टिम रहेको समूहमा विजेता बनेको मोरक्कोले नकआउट चरण...
बेलायतको आवासीय क्षेत्रमा विस्फोट, एक जनाको मृत्यु
विश्व, समाचार

बेलायतको आवासीय क्षेत्रमा विस्फोट, एक जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ र अन्य धेरै बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । बिहान ४ बजे विष्फोट हुनुअघि बासिन्दाहरूले ग्यासको गन्ध आएको रिपोर्ट गरेपछि अग्नि नियन्त्रकको टोली परिचालन गरिएको जर्सीका प्रहरी प्रमुख रोबिन स्मिथले पत्रकारहरूलाई बताए । उनले भने, ‘तीन तले भवन छ जुन पूर्ण रूपमा भत्किएको छ । त्यहाँ नजिकैको भवनमा पनि क्षति पुगेको छ, । अर्को ब्लकमा फायर सर्भिसले सुरक्षित बनाउन आवश्यक छ । ’ सामाजिक सञ्जालमा खिचिएका तस्बिरहरूले सेन्ट हेलियरको आगोको माथिबाट बिहानको समयमा बाक्लो धुवाँ निस्किरहेको देखाएको थियो । करिब एक दर्जन व्यक्तिहरू हराइरहेका स्मिथले बताए ।...
अमेरिकी खेल पत्रकार ग्रान्त वलको हृदयघातबाट मृत्यु
विश्व, समाचार

अमेरिकी खेल पत्रकार ग्रान्त वलको हृदयघातबाट मृत्यु

नेपालअखबार, एजेन्सि। कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्त वलको हृदयघातबाट मृत्यु भएको छ। लुसेल स्टेडियममा अर्जेन्टिना र नेदरल्यान्डबीच भएको क्वाटरफाइनल म्याचको रिपोर्टिङ गरिरहेका ४९ वर्षीय पत्रकार वलको हृदयघातबाट मृत्यु भएको द गार्डियनले जनाएको छ। उनी सिबिएस स्पोर्टसमा काम गर्थे। स्‍टेडियममा रहेको प्रेस बक्समा बसेर काम गरिरहेका उनी खेलको अतिरिक्त समयमा एक्कासी ढलेका थिए। वरिपरि रहेका पत्रकारले देखेपछि चिकित्सकको टोलीलाई बोलाइएको थियो। चिकित्सकले २० मिनेट सम्म सिपिआर दिएको थियो। गत सोमबार मात्रै वलले आफ्नो स्वास्थ्यमा असहज महसुस भएपछि चेकअप गराउन गएको पनि बताएका थिए। विश्वकपका लागि रिपोर्टिङ गर्न गएका उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा समेत लिएको थियो। कतारको अहम्मद विन अलि स्टेडियममा अमेरिका र वेल्सबीचको खेलका क्रममा उनलाई प्रहरीले समातेको थियो।...
आज विश्वकप फुटबल  क्वाटरफाइनलको अन्तिम दुई खेल
खेलकुद, विश्व, समाचार

आज विश्वकप फुटबल क्वाटरफाइनलको अन्तिम दुई खेल

नेपालअखबार । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । दुवै टोली आज जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र  इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् । यसअघि हिजो भएको खेलमा अर्जेन्टिना र क्रोएसिया अन्तिम चारमा पुगिसकेका छन् ।...
चीन र साउदी अरबबीचको यो सम्झौताले अमेरिकाको चिन्ता बढाउन सक्ने
राजनीति, विश्व, समाचार

चीन र साउदी अरबबीचको यो सम्झौताले अमेरिकाको चिन्ता बढाउन सक्ने

नेपालअखबार,  एजेन्सि ।चिनियाँ राष्ट्रपति सी जिनपिङको साउदी अरब भ्रमणका क्रममा दुई देशबीच प्राविधिक कम्पनी हुवावेसँगको ठूलो सम्झौतालगायत धेरै सम्झौतामा हस्ताक्षर भएको छ । खाडीमा कम्पनीको बढ्दो प्रभुत्व अमेरिकाका लागि चिन्ताको विषय हुन सक्छ । अमेरिकाले हुवावेलाई सुरक्षा खतरा मानेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार राजा सलमानले जिगपिङसँग ‘व्यापक रणनीतिक सम्झौता’ गरेका छन् । जिनपिङले युवराज र प्रधानमन्त्रीसँग पनि वार्ता गरेका छन् । यति मात्र होइन, साउदी अरबमा जिनपिङलाई न्यानो स्वागत गरिएको थियो । यो जुलाईमा जो बाइडेनको ‘चिसो स्वागत’ भन्दा पूर्ण रूपमा फरक छ । साउदीको उर्जा नीति र जमाल खग्गोशीको हत्यापछि अमेरिका र साउदी अरबबीचको सम्बन्ध खासै राम्रो छैन ।...
‘टाइम पर्सन अफ दी इयर २०२२’को उपाधि युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई
राजनीति, विश्व, समाचार

‘टाइम पर्सन अफ दी इयर २०२२’को उपाधि युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई

नेपालअखबार, काठमाडौं । सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पाएका छन् । विश्वप्रसिद्ध म्यागेजिन टाइमले जेलेन्स्कीलाई उक्त उपाधि दिएको हो । यो उपाधि पछिल्लो १२ वर्षदेखि विश्व घटनामा सबैभन्दा बढी प्रभाव पारेको व्यक्तिलाई दिने गरिन्छ । सन् २०२२ को यो उपाधिका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ लगायतका नेताहरु नोमिनेसनमा परेका थिए । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले गरेको आक्रमणको डटेर सामना गर्दै आएका छन् । त्यसैले उनी यो उपाधिका लागि उपयुक्त भएको टाइम म्यागेजिनको निष्कर्ष छ । टाइम म्यागेजिनका प्रधानसम्पादक एडवर्ड फेलसेन्थलले भनेका छन्, युक्रेनको लागि लडाइँ चाहे कसैको डरले होस् वा विश्वासले होस्, भ्लोदोमिर जेलेन्स्कीले यसरी प्रेरित गरेकि, यस्तो हामीले यो दशकमा देखेका थिएनौं ।’ सन् २०२१ का ‘टाइम पर्सन अफ दी इयर’को उपाधि एलन मस्कले...
जर्मनीको संसद भवनमा आक्रमण गर्ने योजना बनाइरहेका २५ जना पक्राउ
राजनीति, विश्व, समाचार

जर्मनीको संसद भवनमा आक्रमण गर्ने योजना बनाइरहेका २५ जना पक्राउ

नेपालअखबार, एजेन्सि। जर्मनीमा व्यवस्था परिवर्तनको उद्देश्यसहित हिंसा मच्चाउन खोजेको भन्दै २५ जनालाई  गिरफ्तार गरिएको छ। संसदमा सशस्त्र आक्रमणको योजना बनाइरहेका उग्र-दक्षिणपन्थी विचारधाराका २५ जनालाई प्रहरीले गिरफ्तार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। आधुनिक जर्मनीको वैधतामा विश्वास नगर्ने समूहले हिंसा भड्काउने प्रयत्न गरेको जर्मनीका गृहमन्त्री न्यान्सी फिजरले बताएकी छन्। ती समूहका सम्पूर्ण प्रयासलाई सरकारले निष्प्रभावी पार्ने उनको घोषणा छ। जर्मनीको पूर्वराजपरिवार समर्थित समूहले हिंसा भड्काउने प्रयास गरिरहेको आशंका गरिएको छ।  तत्कालीन पूर्व जर्मनीमा शासन गरेको राजा हेनरिच १३ औं समर्थित समूहले रूसका प्रतिनिधिहरूसँग सम्पर्क बढाउँदै यस्तो योजना बनाएको आशंका रहेको रोयटर्सले लेखेको छ। तर रूसले यो आशंकामा कुनै सत्यता नरहेको बताएको छ भने जर्मनीको अनुसन्धानबाट पनि रूसको समर्थन रहेको कुन...
ब्राजिली समर्थकको आग्रह– पेलेका लागि एकपल्ट विश्वकप जित
खेलकुद, विश्व, समाचार

ब्राजिली समर्थकको आग्रह– पेलेका लागि एकपल्ट विश्वकप जित

नेपालअखबार,काठमाडौं । विश्वकपमा आफ्नो टिमलाई समर्थन गर्न हजारौंको संख्यामा ब्राजिली समर्थकहरु यतिबेला कतारमा छन् । उनीहरु गाउँदै, नाच्दै आफ्नो टिमको हौसला बढाइरहेका छन् । तर, भित्री मनबाट आफ्ना ‘राजा’ पेलेको स्वास्थ्यका लागि मौन प्रार्थाना गरिरहेका छन् । ब्राजिलले जब दक्षिण कोरियालाई हराएर विश्वकपको नकआउट चरणमा प्रवेश पायो । त्यतिबेला समर्थकको एकमात्र आग्रह थियो– कृपया पेलेका लागि विश्वकप जित । पेले नामबाट विश्वभर परिचित एड्सन अरान्तेस डो नासिमेन्तो पेटको क्यान्सरबाट ग्रसित छन् । उनलाई स्वासनलीको संक्रमणका कारण गत साता अस्पताल भर्ना गरिएको छ । उनी ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा टिमका प्रमुख खेलाडी थिए । ‘हाम्रो लागि पेले राजा हुन्,’ हातले टाउकोको काल्पनिक राजमुकुटतर्फ इशारा गर्दै एक ब्राजिली समर्थक अर्लेमले भनिन्, ‘हामी उनलाई माया गछौं । उनी हाम्रा आदर्श हुन् । ...
आज विश्वकप लिग २ अन्तर्गत नेपाल र नामिबियाबीच  प्रतिस्पर्धा हुँदै
विश्व, समाचार

आज विश्वकप लिग २ अन्तर्गत नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

नेपालअखबार,। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज नेपालले नामिबियाको सामना गर्ने भएको छ । नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि सुरु हुनेछ । नामिबियामा भैरहेको यो श्रृंखलामा नेपाल, नामिबीया र स्कटल्याण्ड रहेका छन् । नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन हुँदा एक-एक अंक बाँडेका थिए । अर्को खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो ।...
रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता
खेलकुद, विश्व, समाचार

रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता

नेपालअखबार, एजेन्सि। स्ट्राइकर गोन्कालो रामोस कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिककर्ता बनेका छन् । पोचुगल २१ वर्षे युवा स्ट्राइकर जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । बेन्फिकाबाट व्यवसायीक फुटबल खेलिरहेका रामोसको यो पहिलो विश्वकप हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विस्थापित गर्दै प्लेइङ सेटमा स्थान बनाएका रामोसले ७४ मिनेट मैदानमा रहँदा तीन गोल गरेका थिए । बुधबार राति युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार अन्तिम आठमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक रंगशालामा रामोसले ह्याट्रिक गर्दा पेपे, राफेल गुइमारेज र राफयल लिआओले एक एक गोल गरेका थिए । रामोसले १७ औं मिनेटमा जोआवो फेलिक्सको पासमा पहिलो गोल गरेका थिए । रामोसले डिएगो डालोटको पासमा दोस्रो व्यक्तिगत गोल ५१ औं मिनेटमा गरे । रामोसले ६७ औं मिनेटमा ह्याट्रिक पूरा ...