अब रोनाल्डोले अल–नासर फुटबल क्लबसँग खेल्ने
नेपालअखबार, रियाद । विश्वका महान् फुटबल खेलाडी मध्येका एक क्रिस्टियानो रोनाल्डोले अल–नासर फुटबल क्लबसँग खेल्ने बारे कुरा गर्दै आफूलाई यो निर्णयमा गर्व भएको बताएका छन् ।
रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका थिए ।
उनले साउदी अरेबियाको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्ड सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो २०२५ सम्म क्लबसँग रहनेछन् ।
साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरब पुगेपछि रोनाल्डोले अल–नासरमा आबद्ध भएकोमा सन्तुष्टि व्यक्त गरेका छन् । उनले उनी र उनको परिवारलाई गरेको स्वागतको पनि प्रशंसा गरे ।
पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले पत्रकार सम्मेलनमा भने, ‘जीवनमा यति ठूलो निर्णय लिएकोमा मलाई गर्व छ । युरोपमा मेरो काम सकियो । मैले धेरै जितेको छु र युरोपका सबैभन्दा महत्त्वपूर्ण क्लबहरूसँग खेलेको छु । यो अब नयाँ चुनौती हो ।’
उनले अल–नासरले विश्वमा साउदी ...










