ट्रम्पलाई जेल पुर्याउनसक्ने चार मुद्दा
नेपालअखबार, काठमाडौं । डोनाल्ड ट्रम्प फौजदारी अभियोग लागेका अमेरिकाका पहिलो राष्ट्रपति हुन् । यसपटक उनलाई पोर्न स्टार स्टोर्मी डेनिल्सलाई मौन बस्नका लागि पैसा र दबाव दिएको अभियोग लागेको छ । राष्ट्रपतीय निर्वाचनमा असर पुग्ने भन्दै ट्रम्पले डेनिल्सलाई १ लाख ३० हजार डलर दिएको अभियोग लागेको हो।
यसबाहेक ट्रम्पले थप तीन मुद्दा पनि खेपेका थिए । उनको कम्पनी विरूद्ध जालसाजीको मुद्दा परेको थियो । त्यसमा न्युयोर्क सहरको महान्यायाधिवक्ता कार्यालयले फौजदारी कानुन आकर्षित हुनेगरी अनुसन्धान गरेको थियो भने म्यानहटनले सार्वजनिक मुद्दा सम्बन्धी कानुन आकर्षित हुनेगरी मुद्दा अघि बढाएको थियो । गत डिसेम्बरमा ट्रम्पको कम्पनी दोषी देखिएपछि १ करोड ६० लाख जरिवाना तिर्नुपरेको थियो ।
यस्तै, ट्रम्पका वित्तीय प्रमुख एलन विसल्वर्गलाई पाँच महिनाको जेल सजायँ तोकिएको थियो । म्यानहटनले ट्रम्पको परिवारलाई नै सार्वजनिक ...










