इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्।
आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई अमेरिकामा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका हुन्।
'इरानसँग व्यापार गर्ने देशहरूले अमेरिकासँग व्यापार गर्दा २५ प्रतिशत भन्सार बुझाउनुपर्नेछ। यो तत्काल लागू हुनेछ,' उनले ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्।
यसबारे ह्वाइट हाउसले औपचारिक विज्ञप्ती भने सार्वजनिक नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
इरानमाथि अमेरिकाले वर्षौंदेखि कडा प्रतिबन्ध लगाउँदै आएको छ।
विश्व बैंकका पछिल्ला तथ्यांक अनुसार इरानी निर्यातका प्रमुख गन्तव्य चीन, संयुक्त अरब इमिरेट्स र भारत रहेका छन्। भन्सार शुल्क भने अमेरिकी आयातकर्ताले तिर्नुपर्ने व्यवस्था हुन्छ।
ट्रम्पले इरानमा जार...










