Saturday, July 11

समाचार

सयभन्दा साना भारु जति पनि नेपाल ल्याउन पाइने
अर्थतन्त्र, समाचार, समाज

सयभन्दा साना भारु जति पनि नेपाल ल्याउन पाइने

नेपालअखबार, काठमडौं । नेपाली र भारतीयले नेपालबाट भारतमा १ सयभन्दा साना दरका भारु नोट तथा सिक्का असीमित संख्यामा लैजान पाउने भएका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सानामात्र नभई २ सय र ५ सय दरका भारु पनि तोकिएको सीमाभित्र रहेर ल्याउन र लैजान सक्ने वयवस्था गरेको हो । सरकारले ठूला दरका भारु पनि नेपालमा प्रयोग गर्न सकिने निर्णय गरेसँगै त्यसलाई औपचारिकताका लागि राजपत्रमा सूचना प्रकाशित गरेको हो । त्यसभन्दा भारतले नेपाली नागरिकले २५ हजारसम्मका ठूला दरका नोट ल्याउन लैजान सक्ने व्यवस्था गरेसँगै नेपालले पनि ल्याउन सक्ने व्यवस्था गरेको हो । नेपाली र भारतीयले नेपालबाट भारतमा सुन, चाँदी वा मिश्रित चाँदीका नेपाली सिक्काबाहेक अन्य नेपाली र भारतीय सिक्का, करेन्सी नोट र बैंक नोट असीमित मात्रामा लैजान वा पठाउन सक्ने व्यवस्था राजपत्रमा उल्लेख छ । तर, भारतीय रुपैयाँ १ सयभन्दा ठूला दरका नोट र न...
परम्परागत ढंगले मुलुकको परिस्थिति सामना गर्न सकिँदैन : प्रचण्ड
राजनीति, समाचार

परम्परागत ढंगले मुलुकको परिस्थिति सामना गर्न सकिँदैन : प्रचण्ड

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिने बताएका छन् । मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा आयोजित पार्टी केन्द्रिय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै वर्तमान राजनीतिक संकटको सामना गर्न सकिने उनको भनाइ छ । सबै राजनीतिक दलहरूले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्न आवश्यक रहेको उल्लेख उनले गरे । ‘सबै राजनीतिक दलहरूले आत्मसमिक्षा गरेर विगतमा के कमजोरी भए भन्ने कुराको मूल्यांकन गर्न जरुरी छ । हामी त्यो निष्कर्षमा पुग्यौँ र हाम्रो भागमा परेको कमजोरीको समीक्षा पनि गर्‍यौं । हामी संकल्प लियौँ कि ती कमीहरू अब सच्याउनुपर्छ र रुपान्तरि...
प्रचण्ड र नेपालले लिए नेकपाको शपथ
राजनीति, समाचार

प्रचण्ड र नेपालले लिए नेकपाको शपथ

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् । जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग उनीहरूले शपथ लिएका हुन् । उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् । जस अन्तर्गत पार्टी एकता जोगाउने, स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने लगायतका विषय छन् । सबैखाले प्रतिक्रियावादी शक्ति, गलत बिचार र गलत व्यवहारका विरुद्ध दृढतापूवर्एक जुद्धिरहने प्रतिज्ञा समेत गरेका छन् । तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । नवगठित पार्टीको केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरेका छन् । अब ...
विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना छ- सभामुख देउवा
राजनीति, समाचार

विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना छ- सभामुख देउवा

नेपालअखबार,काठमाडौं ।  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापना  पुनस्र्थापनाको सम्भावना रहेको बताएका छन्। संसद विघटन सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचारधीन अवस्थामा रहेका बेला उनले अदालतबाट पुनर्स्थापना हुने सम्भावना रहेको बताएका हुन्। मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पुर्‍याउने काम गरिएको बताएका हुन्। उनले संविधान र कानूनअनुसार आफूले आगामी फागुन ५ गतेसम्म पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको जिकिर गर्दै सोहीअनुसार अघि बढीरहेको दाबी समेत गरे। 'भदौ २७ गते राति करिव ११ बजेको आसपासमा संसद जबरजस्त भंग गरिएको छ । संविधान त्यस मानेमा लिकभन्दा बाहिर लगिएको छ । तर सभामुखको संविधान र कानूनसम्मत अवधि रहेकाले गर्दा अब हुने भनिएको आम निर्वाचन २१ फा...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
राजनीति, समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

नेपालअखबार,काठमाडौं ।  सरकारले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ। पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको हो। बैठकका निर्णयहरू सुनाउँदै अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले माघ ४ गते ११ बजे संघीय संसदको राष्ट्रिय सभाको अधिवेश आह्वान गर्ने निर्णय गरेको बताए। उनकाअनुसार सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरूवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ। २०८२ माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने ४९ औं सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेण्टमा  कृषि तथा पशुपं...
निर्वाचन पार्टीका लागि अग्नी परीक्षा भएकाले सिंगो पार्टी पंक्ति एकतावद्ध भएर परिचालन हुन जरुरी छ: सहसंयोजक एवं पूर्वप्रधानमन्त्री नेपाल
राजनीति, समाचार

निर्वाचन पार्टीका लागि अग्नी परीक्षा भएकाले सिंगो पार्टी पंक्ति एकतावद्ध भएर परिचालन हुन जरुरी छ: सहसंयोजक एवं पूर्वप्रधानमन्त्री नेपाल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमा नै निर्वाचन हुने बताएका छन् । मंगलबार काठमाडौंमा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उनले फागुन २१ मा निर्वाचन हुने उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् । सहसंयोजक नेपालले निर्वाचन समयमा हुँदैन कि भनेर चुप लागेर नबस्न पनि पार्टी, नेता कार्यकर्तालाई सचेत गराए । ‘चुनावमा हाम्रो अग्नी परीक्षा हुनेछ । यस बीचमा चुनाव हुन्छ भन्ने नै हामीलाई लागेको छ । त्यसकारण चुनाव हुँदैन कि भन्ने कुरा ठानेर चुप लागेर, पर्खेर बस्ने होइन । चुनावको तयारीमा पूरै जुट्ने हो । र, यसका लागि हामीले निर्वाचनको बारेमा चुनाव घोषणा पत्र बनाउन पनि कमिटी बनाइसकेका छौँ । त्यसको मस्यौदाको काम पनि अगाडि बढन थालिसकेको छ,’ उनले...
सुन मूल्यमा फेरि नयाँ रेकर्ड
अर्थ, समाचार

सुन मूल्यमा फेरि नयाँ रेकर्ड

नेपालअखबार,काठमाडौं । सुन र चाँदीको मूल्य अझै बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १८०० रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी १४५ रुपैयाँ महँगिएको हो । हिजो प्रतितोला ५ हजार १९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।...
समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएको ठाउँमा अर्को नाम पठाउन आयोगको आग्रह
राजनीति, समाचार

समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएको ठाउँमा अर्को नाम पठाउन आयोगको आग्रह

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरूलाई आग्रह गर्दैछ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका ८५ जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् । नाम फिर्ता लिएका सम्बन्धित दललाई अर्को नाम पठाउन निर्वाचन आयोगले पत्राचार गर्दैछ । निर्वाचन कार्यतालिका अनुसार राजनीतिक दलहरूले खाली भएको ठाउँमा आजदेखि आगामी माघ २ गतेसम्म अर्को नाम पठाउन सक्नेछन् । निर्वाचन आयोगले नयाँ आएका नाम समेत समावेश गरेर माघ ४ गते बन्दसूचीको नामावली प्रकाशित गर्नेछ । प्रकाशित नामउपर दाबी विरोधका लागि माघ ५ गते देखि माघ १० गतेसम्मको समय रहनेछ । दाबी विरोधको उजुरीमाथि माघ ११ देखि माघ १७ गतेसम्म निर्वाचन आयोगले अध्ययन गर्नेछ । उक्त सूचीमा कसैको नाम हटाउनुपरे माघ १९ गते निर्वाचन आयोगले सू...
नेकपाको केन्द्रीय कमिटी घोषणा हुँदै, आजै शपथ
राजनीति, समाचार

नेकपाको केन्द्रीय कमिटी घोषणा हुँदै, आजै शपथ

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति आज घोषणा हुँदैछ। कात्तिक १९ गते १० वटा वाम घटकहरू एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। अहिलेसम्म उक्त पार्टीमा १७ भन्दा बढी घटक र व्यक्तिहरू समाहित भएका छन्। पार्टी एकता भए पनि सबै पार्टीका अन्य कमिटी र जनवर्गीय संगठनहरू एक भइसकेका छैनन्। मंगलबार केन्द्रीय समितिको घोषणासँगै केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समेत हुनेछ। शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ।...
कांग्रेस केन्द्रीय समिति बैठक १ बजेका लागि सर्‍यो
राजनीति, समाचार

कांग्रेस केन्द्रीय समिति बैठक १ बजेका लागि सर्‍यो

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ । मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागिता हुन आह्वान गरिएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । जसका कारण कांग्रेसभित्र विवाद उत्कर्षमा पुगेको छ । विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरू केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने बताएका छन् । विवाद समाधानका लागि अहिले बालुवाटारमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्ष टोलीबीच वार्ता जारी छ । संस्थापन पक्षीय नेताहरूले विश...