Sunday, July 12

समाचार

पाथीभरा क्षेत्रमा हिमपात
समाचार, समाज

पाथीभरा क्षेत्रमा हिमपात

नेपालअखबार, ताप्लेजुङ । ताप्लेजुङस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो । हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो । पाथीभरा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ । यसले वर्षा र हिमपातसमेत पाथीभरा धामसम्म पुग्नका लागी तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।...
अमेरिकाको आक्रमणमा भेनेजुएलामा ४० जनाको मृत्यु
राजनीति, विश्व, समाचार

अमेरिकाको आक्रमणमा भेनेजुएलामा ४० जनाको मृत्यु

नेपालअखबार,काठमाडाैँ । भेनेजुएलामा शनिबार भएको अमेरिकी हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको छ। भेनेजुएलाका एक अधिकारीले शनिबारको हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको प्रारम्भिक आकलन रहेको भनेर बताएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ। मारिनेहरू नागरिक र भेनेजुएली सेना रहेको पनि ती अधिकारीले बताएका छन्। अरू क्षतिबारे विवरण सार्वजनिक भएको छैन। अमेरिकी सेनाले शनिबार बिहान भेनेजुएलाको राजधानी कराकस सहित चार ठाउँमा आक्रमण गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका ल्याएको छ। सैन्य कारबाहीमा १५० भन्दा बढी लडाकू विमान प्रयोग गरिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेनाले खासगरी प्रमुख सैन्य संरचनाहरू नजिक शक्तिशाली विस्फोट गराएका थिए। काराकासको आकाशमा सैन्य विमानहरू उडिरहेको देखिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। अम...
प्रचण्ड आज साँझ भारत जाँदै
राजनीति, समाचार

प्रचण्ड आज साँझ भारत जाँदै

नेपालअखबार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारत प्रस्थान गर्ने भएका छन् । नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने नेकपा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी भारत जान लागेका हुन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने नेता प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसरहरूका बारेमा विशेष सम्बोधन गर्नेछन् । नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार, भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै उनीहरूमा सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको छ। प्रचण्ड भोलि साँझ मात्र स्वदेश फर्किने कार्यक्रम छ । भारत उनको अन्य राजनीतिक भेटघाटको कार्यक्रम नरहेको सचिवालयको भनाइ छ...
निर्वाचन आउन ६० दिन बाँकी: निर्वाचनमा बालबालिका प्रयोग गर्न नपाइने
प्रशासन, समाचार

निर्वाचन आउन ६० दिन बाँकी: निर्वाचनमा बालबालिका प्रयोग गर्न नपाइने

नेपालअखबार, काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन आयोगले तय गरेको आचारसंहितामा कुनै पनि परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग हुने गरी कुनै पनि साधन तथा स्रोत उपलब्ध गराउन नपाइने व्यवस्था गरिएको छ । आयोगले सञ्चालन गर्ने निर्वाचन व्यवस्थापन र मतदाता शिक्षालगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुने गरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइने छैन । आचारसंहिताअनुसार कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन...
तराईमा हुस्सु, हिमालमा हिमपात
समाचार, समाज

तराईमा हुस्सु, हिमालमा हिमपात

नेपालअखबार, काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो कायम रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी महाशाखाले आज राति पनि तराई भागका धेरै स्थानमा कुहिरो लाग्ने अनुमान गरेको छ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हुस्सुकुहिरो, हिमपात र चिसोले गर्दा दैनिक जन...
भेनेजुएला प्रकरणमा पूर्वप्रधानमन्त्री झलनाथले गरे अमेरिकाको निन्दा
राजनीति, समाचार

भेनेजुएला प्रकरणमा पूर्वप्रधानमन्त्री झलनाथले गरे अमेरिकाको निन्दा

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि हिंस्रक सैन्य आक्रमण गरेको भन्दै निन्दा गरेका छन् । खनालका अनुसार उक्त कार्य भेनेजुएलाको सार्वभौमसत्तामाथिको ठाडो उल्लंघन, अन्तर्राष्ट्रिय कानुनको अपमान र घोर अपराध हो । ‘यो अमेरिकी प्रभुत्ववादी दादागिरी मात्र होइन, राज्य आतंकवाद पनि हो,’ खनालले आज विज्ञप्ति जारी गरेर भनेका छन् । उनले अमेरिकाले भेनेजुएलामाथि लामो समयदेखि ‘गिद्धे दृष्टि’ राख्दै आएको र विश्वकै ठूलो तेल भण्डार कब्जा गर्ने उद्देश्यले यस्तो कदम चालिएको आरोप लगाएका छन् । मदुरो सरकारलाई हटाउन ‘ड्रग ट्राफिकिङ’को झुटो बहाना बनाइएको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री खनालले भेनेजुएलाका जनता साम्राज्यवादी आक्रमणविरुद्ध उभिएको दाबी गर्दै विश्वका न्यायप्रेमी देश, तेस्रो विश्वका राष्ट्र र संयुक्त राष्ट्रसंघसमेत अमेर...
समानुपातिक सूचीबाट नाम फिर्ता लिएमा अर्का उम्मेदवार थप्न समय दिइने
प्रशासन, समाचार

समानुपातिक सूचीबाट नाम फिर्ता लिएमा अर्का उम्मेदवार थप्न समय दिइने

नेपालअखबार, काठमाडौँ  ।  प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा समावेश कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्काे उम्मेदवार थप्न पाउनेछन् । ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारी मनोनयनमाथि निर्वाचन आयोगले रुजु गरिरहेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात् दलहरुले सच्याएर पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ । त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ । फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्काे उम्मेदवार पठाउन पाउनेछ । आगामी माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ ।...
सचिन ढकालले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम
समाचार, समाज

सचिन ढकालले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

नेपालअखबार,काठमाडाैँ । एफसी चितवनको अध्यक्ष सचिन ढकालले रास्वपाको समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। शनिबार फेसबुकमा सन्देश लेख्दै ढकालले रास्वपाको समानुपातिक उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन्। सचिन नेपाल उद्योग वाणिज्य महासंघ र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्। उनी रास्वपाको समानुपातिक सूचीमा खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा थिए। उनले समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै नाम फिर्ता लिएको बताएका हुन्। ‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ ढकालले फेसबुकमा लेखेका छन्। उनले युवाहरुको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्...
बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी
समाचार, समाज

बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी

नेपालअखबार, बेनी । सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना महोत्सव एवं कृषि मेला’ आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुलामञ्चमा मेलाको आयोजना गरिनेछ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय कला संस्कृतिको संरक्षण, महिला उद्यमीहरुको प्रोत्साहन तथा पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको बताइन् । मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी, स्थानीय उत्पादन र लघुउद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको खरिद बिक्री समेत हुने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । मेलामा खुला लोकनृत्य, खाना प्रतियोगिता, महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीको...
स्वास्थ्य मन्त्रालयले भन्यो– अत्यधिक चिसोमा घरबाहिर ननिस्कनू
प्रशासन, समाचार, समाज

स्वास्थ्य मन्त्रालयले भन्यो– अत्यधिक चिसोमा घरबाहिर ननिस्कनू

नेपालअखबार,काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसोमा अनावश्यक रूपमा घरबाहि ननिस्कन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिसोका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको हो। मन्त्रालयका अनुसार जाडोयाम सुरु भएसँगै तापक्रम कम हुँदा शीतलहर, हुस्सु, कुहिरो र हिमपातजस्ता कारणले रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने, शीताङ्क (हाइपोथर्मिया) का लक्षण देखिनेजस्ता समस्या बढ्ने गरेका छन्। पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्दो वायु प्रदूषणले मुटु, फोक्सो र मस्तिष्कलगायत अंगमा गम्भीर असर पार्दै दम, क्यान्सरजस्ता दीर्घ रोगको जोखिम र मृत्युदरसमेत बढाएको मन्त्रालयले जनाएको छ। ‘जाडोयाममा विशेषतः बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई जोखिम बढी हुने हुनाले जोखिमका कारण उत्पन्न हुनसक्ने लक्ष...