Sunday, July 12

समाचार

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
समाचार, समाज

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

नेपालअखबार,काठमाडाैँ । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६:१३ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ।...
गुल्मीमा ३५५ चरा प्रजातिका चरा
समाचार, समाज

गुल्मीमा ३५५ चरा प्रजातिका चरा

नेपालअखबार, गुल्मी । थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवतीको वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणमा उक्त चराहरु फेला परेको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । सर्वेक्षणको क्रममा रेसुङ्गा वन संरक्षण क्षेत्र, मदाने वन संरक्षण क्षेत्र र थाप्ले सत्यवतीे वन संरक्षण क्षेत्रमा नयाँ २५ प्रजातिका चराहरु फेला परेको परियोजना अधिकृत भट्टराईले बताए । यसअघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुई पटक चरा सर्वेक्षण गरिँदै आएकामा यस पटकको सर्वेक्षणमा थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा पनि चरा सर्वेक्षण गरिएको थियो । नयाँ फेला परेक...
४० जनाको मृत्यु र ११९ जना जलेर घाइते भएको आगलागीको कारण खुल्यो
विदेश, समाचार, समाज

४० जनाको मृत्यु र ११९ जना जलेर घाइते भएको आगलागीको कारण खुल्यो

नेपालअखबार,काठमाडाैँ ।  स्वीट्जरल्याण्डको चर्चित स्की रिसोर्ट क्रान्स–मोन्टानास्थित ले कन्स्टेलेसन बारमा नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा भएको भीषण आगलागी हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ। घटनामा ११९ जना घाइते भएका छन्। तीमध्ये धेरैको अवस्था गम्भीर रहेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्। स्थानीय अभियोजक बेअट्रिस पिल्लोले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धानबाट खुलेको विषय सार्वजनिक गरेकी छन्। आगलागीको कारण श्याम्पेन बोतलमा राखिएको स्पार्कलर (फोहोरा मैनबत्ती) हुनसक्ने उनले बताएकी छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युवाहरूले नयाँ वर्षको खुसीमा स्पार्कलर जडित श्याम्पेनका बोत्तल छतनजिक पुर्‍याएका थिए। त्यसबाट छतमा आगो सल्कलिएको र त्यो तुरून्तै फैलिएको बताइएको छ। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले आगलागी...
आसिफ शाहले लिए रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता
राजनीति, समाचार

आसिफ शाहले लिए रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता

नेपालअखबार,काठमाडाैँ ।  फिल्म निर्माता एमव् टेलिभिजन प्रस्तोता आसिफ शाहले रास्वपाको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर शाहले आफू राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति भएको बताउँदै समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन्। यद्यपि आफ्नो मनभित्र देश बन्नुपर्छ भन्ने हुटहुटी सँधै जीवित रहेको उनले बताएका छन्। ‘आम जनताको चाहना अनुरूप बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूलाई नजिकबाट मूल्याङ्कन गर्ने साथीहरू यसका साक्षी छन्। त्यही मिहिनेतलाई देखेर साथीहरूले मलाई “सांसद बन्नुपर्छ” भन्दै सूचीमा नाम समावेश गर्नुभयो,’ उनले भनेका छन्। शाहले राजनीतिमा आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिने चाहना रहेको भनेर यसअघि न...
‘राष्ट्र निर्माण दल’ घोषणा, चुनाव चिन्ह ‘पानीको बोतल’ प्रस्ताव
राजनीति, समाचार

‘राष्ट्र निर्माण दल’ घोषणा, चुनाव चिन्ह ‘पानीको बोतल’ प्रस्ताव

नेपालअखबार, काठमाडाैँ । मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीको औपचारिक घोषणा गरिएको हो । पार्टी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले राष्ट्र निर्माण दल अन्य राजनीतिक दलभन्दा फरक विचार र उद्देश्यका साथ अघि बढ्ने दाबी गरे । पार्टीको मुख्य लक्ष्य जनताको हित र राष्ट्र निर्माणमा केन्द्रित रहने उनको भनाइ छ । उनले पार्टी कुनै व्यक्तिगत स्वार्थ वा फाइदाका लागि गठन नगरिएको स्पष्ट पार्दै सबै भूगोल, जातजाति र समुदायलाई समेटेर समावेशी बनाइएको जिकिर गरे । पार्टीको चुनाव चिन्ह पानीको बोतल प्रस्ताव गरिएको छ । उनले छिमेकी मुलुकहरूसँगको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउँदै उनीहरूको सहयोगमा देशको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।...
आयोगले गरेका सिफारिसहरु सरकारबाट कार्यान्वयन भएनन् : अध्यक्ष मगर
समाचार, समाज

आयोगले गरेका सिफारिसहरु सरकारबाट कार्यान्वयन भएनन् : अध्यक्ष मगर

नेपालअखबार, काठमाडाैँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगहरुले गरेका सिफारिसहरु सरकारबाट कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयोगहरुले विभिन्न सिफारिसहरु गरे पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । सबै आयोगहरुले गरेका सिफारिसहरु कार्यान्वयन हुनुपर्ने उनको माग छ । उनले आदिवासी जनजातिहरुलाई बसिरहेको स्थानबाट हटाउन राम्रो नरहेको पनि बताए । उनले भने, ‘आदिवासीहरुले जुन लाइनमा बसिरहेको छ, त्यो लाइनबाट हटाउनु हुँदैन । उनीहरुलाई हटाउनुपर्यो भने उनीहरुले पाउने सुविधान दिनुपर्छ । सन्धी ऐनले हाम्रो कानूनमा व्यवस्था नभएपनि अन्तर्राष्ट्रिय कानूनमा व्यवस्था छ, त्यो अनुसार हामी अघि बढ्नुपर्छ । हाम्रो सिफारिस कार्यान्वयन भइरहेको छैन । हामीले गरेको सबै आयोगबाट गरिएका सिफारिसहरु कार्यान्वयन ...
निर्वाचन आचारसंहिता लागू गर्ने तयारीमा आयोग
प्रशासन, समाचार

निर्वाचन आचारसंहिता लागू गर्ने तयारीमा आयोग

नेपालअखबार,काठमाडाैँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगहरुले गरेका सिफारिसहरु सरकारबाट कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयोगहरुले विभिन्न सिफारिसहरु गरे पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । सबै आयोगहरुले गरेका सिफारिसहरु कार्यान्वयन हुनुपर्ने उनको माग छ । उनले आदिवासी जनजातिहरुलाई बसिरहेको स्थानबाट हटाउन राम्रो नरहेको पनि बताए । उनले भने, ‘आदिवासीहरुले जुन लाइनमा बसिरहेको छ, त्यो लाइनबाट हटाउनु हुँदैन । उनीहरुलाई हटाउनुपर्यो भने उनीहरुले पाउने सुविधान दिनुपर्छ । सन्धी ऐनले हाम्रो कानूनमा व्यवस्था नभएपनि अन्तर्राष्ट्रिय कानूनमा व्यवस्था छ, त्यो अनुसार हामी अघि बढ्नुपर्छ । हाम्रो सिफारिस कार्यान्वयन भइरहेको छैन । हामीले गरेको सबै आयोगबाट गरिएका सिफारिसहरु कार्यान्वयन ह...
एक वर्षमै १ अर्ब ३२ करोडको सुन्तला उत्पादन, कसरी भयो सम्भव?
अर्थ, कृषि, समाचार, समाज

एक वर्षमै १ अर्ब ३२ करोडको सुन्तला उत्पादन, कसरी भयो सम्भव?

नेपालअखबार,स्याङ्जा । स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकिलो ५७ का दरले बिक्री भएको छ। गत वर्षको तुलनामा यस वर्ष २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो। गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ। यस वर्ष १६.३७ टन प्रतिहेक्टर उत्पादन भएको छभने गत वर्ष १४.६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो। स्याङ्जा जिल्लामा उत्पादन भएको कुल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छ भने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घरघरमै खपत हुने गरेक...
छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
समाचार, समाज

छेकम्पारमा आगलागी हुँदा एकजना घाइते

नेपालअखबार,गोरखा। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्। आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले बताए। आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिए। 'घाइतेको छेकम्पारमै प्राथमिक उपचार भइरहेको छ । आजै बोकेर सिर्दिबास लैजाने  तयारी छ,' उनले भने। छेकम्पारबाट सिर्दिबास पुग्न एक दिन पैदल हिँड्नुपर्छ। आगलागीबाट घाइते तेन्जिङको धन्सारभित्र रहेको लत्ताकपडा, अन्नपात, काठदाउरा, जस्तापातालगायत सामग्री पूर्ण रुपमा नष्ट भएको उनले जानकारी दिए। चुल्होको आगो सल्केर आगलागी भएको बताइएको छ।...
वैशाख २८-३१ मा कांग्रेस महाधिवेशन गर्ने प्रस्ताव
राजनीति, समाचार

वैशाख २८-३१ मा कांग्रेस महाधिवेशन गर्ने प्रस्ताव

नेपालअखबार,काठमाडौँ ।  नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरिएको छ । सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए । ‘कार्यवाहक सभापतिले विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै सकिएको भन्नुभयो । १५औं महाधिवेशन पुस २६ मा तोकिएको थियो त्यो २०८३ वैशाख २८-३१ गतेको तालिका प्रस्ताव गर्नु भएको छ,’ उनले भने । यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६-२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेपछि अहिले पुन: नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् । ...