Sunday, July 12

समाचार

नेपाली कम्युनिस्ट पार्टीको विकल्प छैन : माधव नेपाल
राजनीति, विचार, समाचार

नेपाली कम्युनिस्ट पार्टीको विकल्प छैन : माधव नेपाल

नेपालअखबार,काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को विकल्प नभएको बताएका छन् । रुकुमदेखि काठमाडौँसम्म पैदल यात्रा गरेका अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावललाई पेरिसडाँडामा मंगलबार सम्मान कार्यक्रममा नेपालले यस्तो बताएका हुन् । प्रतिकुल अवस्थामा नयाँ यात्रा गर्न लागेका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई आगामी निर्वाचनका लागि रुकुम आउन गरेको आग्रहमा उनले समर्थन गरे । ‘नेपाली कम्युनिस्ट पार्टीको कुनै विकल्प छैन । एकताको कुनै विकल्प छैन । प्रतिकूल अवस्थामा नयाँ यात्रा गरेका प्रचण्डलाई रुकुम पश्चिमबाट सन्देश पनि ल्याउनु भएको छ । ती सबै भावनालाई समेट्नुपर्छ’, उनले भने । पुस १ गतेदेखि पैदल यात्रा गरेका रावल सोमबार मात्र काठमाडौँ आइपुगेका थिए ।...
थाइल्याण्डदेखि ल्याएको १२ किलो गाँजासहित विमानस्थलबाट एक भारतीय पक्राउ
प्रशासन, समाचार

थाइल्याण्डदेखि ल्याएको १२ किलो गाँजासहित विमानस्थलबाट एक भारतीय पक्राउ

नेपालअखबार, काठमाडौं । थाइल्याण्डदेखि ल्याएको १२ किलो ७५०  ग्राम गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा नियाज नाम गरेका ३१ वर्षीय भारतीय नागरिक छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालय र भन्सारको संयुक्त टोलीले पक्राउ सोमबार राति पक्राउ गरेको हो ।नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनको लगेजबाट उक्त लागूऔषध फेला परेको प्रहरीले बताएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।...
अविलम्ब संसद् विघटनसम्बन्धी मुद्दाको फैसला गरियोस् : केपी ओली
राजनीति, विचार, समाचार

अविलम्ब संसद् विघटनसम्बन्धी मुद्दाको फैसला गरियोस् : केपी ओली

नेपालअखबार, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दाको अविलम्ब छिटो फैसला गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई अप्ठ्यारो अवस्थाबाट पार लगाउन पनि सर्वोच्च अदालतले सो मुद्दाको फैसला छिटो गर्नुपर्ने बताएका हुन् । ओलीले समयमा न्याय नदिनु वा विलम्ब गरी न्याय दिनु भनेको न्याय नदिनु सरह हो भन्ने कुरालाई मनन गरेर अदालतले सो मुद्दाको फैसला तत्काल गर्न आवश्यक रहेको जिकिर समेत गरे । उनले अदालतले संसद् पुनर्स्थापनाको फैसला गर्नुबाहेक अर्को बाटो नरहेको पनि दोहोर्‍याए । अध्यक्ष ओलीले एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा स्पष्ट र दृढ रहेको अडान राखे ।...
समानुपातिक उम्मेदवारको सूची बुझाएपछिको प्रक्रिया के हो ?
प्रशासन, समाचार

समानुपातिक उम्मेदवारको सूची बुझाएपछिको प्रक्रिया के हो ?

नेपालअखबार, काठमाडौं । दलहरुले बुझाएको समानुपातिकको नामावलीमा त्रुटि सच्याउने काम सुरु भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार राजनीतिक दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ । आयोगले यही पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ देखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । यही माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । यही माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका छन । सयवटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकतर्पmको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गरेका हुन् । दलले ...
मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग
प्रशासन, समाचार

मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया अघि बढाएको छ । सुरुमा समानुपातिकतर्फको र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छापिने छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छापिने छ । निर्वाचन आयोगले यसअघि नै पुस १६ गतेदेखि मतपत्र छाप्ने तालिका निर्धारण गरेको थियो । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले समानुपातिकतर्फ भाग लिने राजनीतिक दल र निर्वाचन चिह्न निश्चित भइसकेकाले सुरुमा समानुपातिकको मतपत्र छाप्ने बताए । ‘५८ दल र ६४ चुनाव चिह्न एकिन भइसकेकाले सुरुमा समानुपातिकको मतपत्र छाप्ने काम हुन्छ,’ उनले भने । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता नामावली संकलन तथा अद्यावधिक गरिएको छ । समानुपातिकतर्फ कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छाप्ने आयोगको ...
तोकियो उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने
राजनीति, समाचार

तोकियो उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

नेपालअखबार,काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो . आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ . त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टर...
शीतले सडक चिप्लो भएपछि दाउन्नेमा १५ घण्टादेखि यातायात अवरुद्ध
समाचार, समाज

शीतले सडक चिप्लो भएपछि दाउन्नेमा १५ घण्टादेखि यातायात अवरुद्ध

नेपालअखबार,बुटवल । शीतलहरले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ  । दाउन्ने खण्डको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर गुड्न नसकेपछि १५ घण्टादेखि  गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेले बताए । सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र  दुम्किबासतर्फ गाडीको ठूलो लाम लागेको काफ्लेले बताए । शीतलहर कम भएपछि  सडक खुल्ने प्रहरीले जनाएको छ । निर्माणाधीन बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत अन्य ठाउँमा सहज भए पनि दाउन्नेमा अझै काम बाँकी छ ।  काठमाडौंबाट बुटवल आउँदै गरेका यात्रु विनोद परियारले आफू १४ घण्टादेखि दाउन्नेमा जाममा फसेको बताए ।...
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन
राजनीति, समाचार, समाज

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन

नेपालअखबार,काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज (मंगलबार) बिहान स्थानीय समयअनुसार बिहान ६ निधन भएको हो । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को मिडिया सेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् खालिदाको निधन भएको सूचना दिएको छ । बीएनपीले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे निधन भएको छ ।’ २५ डिसेम्बरमा खालिदाका छोरा तारिक रहमान १७ वर्षपछि लण्डनबाट ढाका फिर्ता भएका थिए । उनी स्वदेश फर्किएको पाँच दिनपछि खालिदाको निधन भएको हो । खालिदा पछिल्ला केही महिनादेखि बिरामी थिइन् । ढाकाको इभरकेयर अस्पतालमा उनको उपचार भइरहेको थियो । खालिदा चार दशकभन्दा बढी समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय थिइन् । पतिको हत्यापछि उनले बीएनपीको नेतृत्व सम्हालेकी थिइन् । सन् १९८१ मा...
सुन्धारा कारागारबाट भागेका लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
अपराध, प्रशासन, समाचार

सुन्धारा कारागारबाट भागेका लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका लागुऔषध मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-४ बाँसबारी बस्ने ३७  वर्षीय सोतेन्द्रबहादुर भट्ट रहेका छन् ।भट्ट काठमाडौं महानगरपालिका-४ चन्डोलबाट आइतबार पक्राउ परेका हुन् ।...
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको एउटै चुनाव चिह्न
राजनीति, समाचार

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको एउटै चुनाव चिह्न

नेपालअखबार,काठमाडौ । अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले एउटै चुनाव चिह्नमा उम्मेदवारी दिने भएका छन् । तीन वटै पार्टीले नाउपाको जाँतो चिह्नमा समानुपातिक तर्फको बन्द सूची बुझाउँदै छन् ।‘हामीले एउटै चिन्हमा बन्दसूची बुझाउँदैछौं,’ जसपा नेतृ सुशीला श्रेष्ठले भनिन् ।...