लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न सरकार उदार देखियो : माधव नेपाल
नेपालअखबार,काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले गत भदौ २४ गतेको हिंसात्मक र विध्वंसात्मक गतिविधिमा संलग्नलाई कारबाही गर्न सरकार गम्भीर नदेखिएको बताएका छन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल’ कार्यक्रममा बोल्दै सह–संयोजक नेपालले यस्तो बताएका हुन् ।
उनले सिसिटिभी क्यामेरा र भिडियोहरूमा स्पष्ट प्रमाण हुँदाहुँदै पनि दोषीहरूलाई पक्राउ नगरिनु आपत्तिजनक रहेको बताए ।
उनले भने, “सिसिटिभी क्यामेराले देखाइरहेको छ, तोडफोड गर्ने को–को हुन् थाहा भइरहेको छ, तर गिरफ्तार हुँदैनन्, दण्डित हुँदैनन्। चोरीको सामानसहित मान्छे फेला परेका छन्, तर कुनै सजाय दिइँदैन। यसले सरकारको कार्यक्षमतामाथि प्रश्न खडा गरेको छ।”
आन्दोलनको नाममा भएको विध्वंस, आगजनी र लुटपाटलाई सरकारले उदारतापूर्वक हेरेको भन्दै उहाँले यसले भव...










