सात देशसँग श्रम सम्झौताको तयारी, श्रम स्वीकृतिमा अटोमेसन प्रणाली लागू हुँदै
नेपालअखबार,काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि दिइने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने तयारी गरेको छ।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सचिव डा. दीपक काफ्लेले पुनः श्रम स्वीकृतिको नीतिगत प्रबन्धमा सुधार गर्ने प्रस्ताव प्राप्त भइसकेको र यसलाई एक–दुई दिनभित्रै कानुनी तथा प्राविधिक रूपमा टुङ्गोमा पुर्याइने जानकारी दिएका हुन् ।
मन्त्रालयले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन सातवटा नयाँ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ, जसका लागि नेपालका तर्फबाट आवश्यक पत्राचार भइसकेको छ। मन्त्रालयले विभिन्न १०० वटा व्यावसायिक फर्महरूमा ‘श्रम अडिट’ गर्ने कार्य सुरु गरेको छ, जसअन्तर्गत मुख्य गरी श्रमिकको स्वास्थ्य र सुरक्षाको अवस्थाबारे अनुगमन गरिनेछ।
यसका साथै पाँचवटा कानुन संशो...










