प्रतिबन्धित मुङ्ग्री माछा नष्ट
नेपालअखबार,सिरहा । नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएको प्रतिबन्धित मुङ्ग्री जातको करिब १०० केजी माछा बरामद गरी नष्ट गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरीले बिहीबार सिरहाको गोलबजार–धनगढी सीमाक्षेत्रको गागन खोलाबाट उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो। इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा प्रहरी निरीक्षक सुदन केसीका अनुसार माछासहित तस्करीमा प्रयोग भएको एक मोटरसाइकल पनि बरामद गरिएको छ। बरामद गरिएको माछा गोलबजार–८ चोहर्वाका राजा सहनीको भएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार सहनीले दैनिक रूपमा आधा दर्जन जति मोटरसाइकल प्रयोग गरी भारतबाट प्रतिबन्धित मुङ्ग्री तथा जलकपुर जातका माछा ल्याएर लहान, धनगढी, गोलबजार, मिर्चैया, विष्णुपुर र सिरहा सदरमुकामका व्यापारीहरूलाई आपूर्ति गर्दै आएका थिए। उनले सीमा क्षेत्रका विभिन्न बाटो प्रयोग गरी माछा भित्र्याउने गरेको आरोप छ।
मुङ्ग्री मा...










