Monday, November 23

समाचार

डाक्टर एन्थोनी फाउची भन्छन्– मलाई मार्ने धम्की आयो
विश्व, समाचार

डाक्टर एन्थोनी फाउची भन्छन्– मलाई मार्ने धम्की आयो

नेपाल अखबार, एजेन्सि। अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । छोरीहरुलाई पनि दुःख दिने काम भइरहेको उनले बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूले धम्की आएको उनको भनाइ छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डाक्टर फाउचीले सीएनएनसँग कुरा गर्दै भनेका छन्, ‘मलाई र मेरो परिवारका सदस्यलाई मार्ने धम्की दिने, मेरा छोरीहरुलाई पनि दुःख दिने ताकि मैले आफ्नोलागि सुरक्षाकर्मी राख्नुपर्छ । यो त आफैंमा अजिब छ ।’ उनले अगाडि भने, ‘म सपनामा पनि सोच्न सक्दैन कि त्यो यदि हदसम्म गर्छ र मलाई मार्ने धम्की दिन्छ ।’ उनले आफूलाई धम्की दिने व्यक्ति को हुन् भन्ने खुलाएका छैनन् । कोरोना भाइरसविरुद्धको संघर्षमा फाउची डटेर लागेका छन्, जसका कारण उनी अमेरिकाभर चिनिएका छन् । को...
आजको मौसम पूर्वानुमान, चट्याङ्गसहित वर्षाको सम्भावना
समाचार, समाज

आजको मौसम पूर्वानुमान, चट्याङ्गसहित वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभागले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । मौसम विज्ञान विभागका देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा एक वा दुई स्थानहरूमा हल्का बर्षा भइरहेको छ। मौसम विज्ञान विभागले दिउँसो देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यसैगरी, राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।...
कोरोना महामारीमा चाडपर्व मनाउन सरकारले ल्यायो निर्देशिका
प्रशासन, समाचार, स्वास्थ्य

कोरोना महामारीमा चाडपर्व मनाउन सरकारले ल्यायो निर्देशिका

नेपाल अखबार, काठमाडौं । सरकारले चाडपर्व, जात्रा र उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड ल्याएको छ । सरकारले जात्रा तथा धार्मिक सभा समारोह गर्न रोक लगाए पनि जनस्तरबाट अवज्ञा भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड ल्याएको हो । चाडपर्व, जात्रा र उसत्व मनाउँदा एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट कम गर्ने र गर्नैपर्ने भएमा दुई मिटरको दुरी कायम गर्न भनिएको छ । घरबाहिरको जमघटमा नजान र जानु परे मास्क लगाउन, कार्यक्रमस्थलमा प्रवेश गर्दा साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न भनिएको छ । यस्तै धार्मिक स्थलमा हुने भेला तथा कार्यक्रममा बढीमा २५ जना मात्र भेला हुन, भौतिक दुरी कायम गर्न, रेलिङ, बार, देवीदेवताको मूर्ति नछुन, सार्वजनिक स्थानमा जथाभावी नथुक्न, खोक्दा तथा हाच्छ्यु गर्दा मुख छोप्न भनिएको छ । यस्तै ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएकाहरु, ६० वर्षभन्दा माथि र ...
सरकारले पूर्ण लकडाउनबारे सोचेको छैन : सञ्चारमन्त्री
प्रशासन, समाचार, हाइलाइट-समाचार

सरकारले पूर्ण लकडाउनबारे सोचेको छैन : सञ्चारमन्त्री

नेपाल अखबार, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन ।’ तर नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने मन्त्री खतिवडाले जानकारी दिए । स्थानीय प्रशासनको निर्णय अनुसार केही जिल्लामा लकडाउन रहेको उल्लेख गर्दै उनले भने, ‘पूर्ण लकडाउन हुन्छ की भनेर त्रस्त हुनुपर्ने अवस्था छैन ।’ संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएको ठाउँमा कडा गर्ने सरकारको नीति रहेको उनको भनाइ छ । अर्थमन्त्री समेत रहेका खतिवडाले लकडाउनले अर्थतन्त्रमा पारेको प्रभावको पनि विश्...
हेमजा सुइखेत खोला नियन्त्रणमा पहल गर्दछु : सांसद बराल
समाचार

हेमजा सुइखेत खोला नियन्त्रणमा पहल गर्दछु : सांसद बराल

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेश का सांसद रामजीप्रसाद बराल (जीवन) ले पोखरा–२५ सुइखेल खोला नियन्त्रण गर्न पहल गर्ने बताएका छन्। स्थानियको आग्रहमा विहिबार सुइखेत खोलाको अवलोकन गर्दै सांसद बरालले आफ्नो क्षेत्रबाट सक्दो पहल गरी सुइखेल खोला नियन्त्रण गर्न सहयोग गर्ने बताएका हुन्। सुइखेत खोला व्यबस्थित पार्न नसक्दा स्थानियलाई धेरै दुःख भएको आफु जानकारी भएको उल्लेख गरेका सांसद बरालले तत्काल सुइखेत खोलाबाट प्रभावित भएको बस्ती संरक्षण गर्न, खानेपानीको व्यवस्था गर्न सम्बन्धित निकायमा बिषेश पहल गर्ने जनाए । सांसद बरालले शेराटोल क्षेत्र जाने पुलको समेत अवलोकन गर्दै हेमजा सुइखेतको खोला नियन्त्रणको लागि दीर्घकालिन सोचका आधारमा काम गर्नु पर्ने उनको जोड थियो । उनले भने “सुइखेल नियन्त्रणमा जे जति कामको प्रभारम्भ भएको छ संघियताको मर्म अनुसार प्रदेश सरकार गठन भएसंगै केही काम भएको हो, विस्तारै केही काम हुन्...
संसद सचिवालयका प्रवक्तामा कोरोना संक्रमण, केही संक्रमित सम्पर्कविहीन
समाचार, स्वास्थ्य

संसद सचिवालयका प्रवक्तामा कोरोना संक्रमण, केही संक्रमित सम्पर्कविहीन

नेपाल अखबार, काठमाडाैं।  केही दिन अगाडि मात्रै कोरोना फैलिइएको जिल्लाबाट काठमाडौं फर्किएका संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पाण्डे सांसद प्रदीप यादव सहितको टोलीसंग वन व्यवस्थापन सम्बन्धी अध्ययनका लागि तराई पुगेका थिए, जहाँका विभिन्न जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिएको छ । सांसद प्रदीप यादवलाई समेत यस अगाडि नै कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ । यता हिजो काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ८ जना सम्पर्कविहीन भएका छन् । बुधार काठमाडौंमा १ सय २ जनामा संक्रमण भएकोमा ८ जना स्वास्थ्यकर्मीको निगरानीबाट सम्पर्कविहीन रहेको इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । १६ जना संक्रमित सम्पर्कविहीन भए पनि ८ जना भने सम्पर्कमा आएका छन् । सम्पर्कविहीन संक्रमित कोरोना फैलिएका तराईका विभिन्न जिल्लाबाट आ...
राष्ट्रिय जनगणनाको १२ औं श्रृंखला पूर्णगणना हुने
प्रशासन, समाचार

राष्ट्रिय जनगणनाको १२ औं श्रृंखला पूर्णगणना हुने

नेपाल अखबार, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२ औं श्रृंखलामा पहिलोपटक पूर्णगणना गरिने भएको छ । यो जनगणना विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ । यस जनगणनामा सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीको प्रयोग विषयगत प्रतिवेदन र तथ्यांकमा सुलभ पहुँच हुने विभागले जनाएको छ । विभागको टोलीले आगामी जनगणना, २०७८ को तयारी सम्बन्धमा अन्तरक्रिया गरी सो सम्बन्धमा भएका कामकारवाहीबारे जानकारीगराएको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणना तयारीबारे प्रस्तुतीकरण गर्दै हालसम्म संघ, प्रदेश र स्थानीय तहबाट मस्यौदा प्रश्नावलीमा सुझाव संकलन, तहगत समन्वय, सहकार्य र सहयोगसम्बन्धी अध्ययन प्रतिवेदन तथा प्रदेश सरकारको संलग्नतामा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम र ७७ जिल्लामा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्...
नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण

नेपाल अखबार, पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ६ हजार ६ सय २२ जनाको कोरोना भाइरस परीक्षण गर्दा ३ सय ६० जनामा पुष्टि भएको जानकारी दिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । त्यस्तै आज कोरोना संक्रमणमुक्त भएर २ सय ३३ जना डिस्चार्ज भएका छन् । आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ जना पुगेको छ । त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन् ।...
कोरोना संक्रमणबाट ५ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट ५ जनाको मृत्यु

नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ घण्टामा कोरोनाभाइससबाट थप ५ जनाका मृत्यु भएको छ । सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
पोखरामा आइसोलेसन भरिएपछि संक्रमितलाई घरमा नै बस्न सुझाव
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा आइसोलेसन भरिएपछि संक्रमितलाई घरमा नै बस्न सुझाव

नेपाल अखबार, पाेखरा। कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गर्दा पोखरामा आइसोलेसन वार्ड भरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा आइसोलेसनको लागि बनाइएको ४० बेड भरिएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताएका छन् । आचार्यका अनुसार अहिलेको अवस्थामा थप संक्रमितलाई अस्पतालमा राख्ने अवस्था छैन । प्रदेश सरकारले कोरोना तयारीको ठुलाठुला हल्ला गरे पनि त्यसको तयारी भने गरेको देखिँदैन । आइसोलेसन त भरिएछ थप संक्रमितको उपचारका लागि के व्यवस्था छ भन्ने प्रश्नमा जिल्ला जनस्वास्थ्य कार्यालयका निर्देशक बाबुराम आचार्य भन्छन्, ‘गण्डकी अस्पतालको आइसोलेसन भरिएको छ । निको भएका विरामीलाई घर फर्काएर दुईचार सिट म्यानेज गर्ने सोचेका छौँ । अर्को कुरा होम आइसोलेसन कार्यविधि पनि बनेको छ । होम आइसोलेसनमा बस्न सक्नेहरुलाई हामीले होम आइसोलेसनमा नै बस्न सुझाव दिएका छौँ । कास्की कै लेखनाथमा रह...