Tuesday, September 15

समाचार

कोरोनाबाट नेपालमा थप १ को मृत्यु, संक्रमित ९ हजार पुगे
समाचार, स्वास्थ्य

कोरोनाबाट नेपालमा थप १ को मृत्यु, संक्रमित ९ हजार पुगे

नेपाल अखबार, काठमाण्डौ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गुल्मी छत्रकोट गाउँपालिका -५ का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  प्रवक्ता डा. जागेस्वर प्रसाद गौतमले जानकारी दिए  । उपचारका लागि भारत गएर जेठ २५ गते  नेपाल फर्किएर होम-क्वारेन्टिनमा रहेका उनको असार ५ गते निधन भएको थियो ।  उनको ५ गते नै स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा असार ६ गते उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको  थियो । यस सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । नेपालमा पछिल्लो २४ घन्टामा ४ सय २१ जना कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङमा ४ सय २१ संक्रमित भेटिएको जानकारी दिएका हुन। यो सँगै कोरोना संक्रमिको संख्या ९ हजार २६ पुगेको छ ।...
काठमाडौं प्रवेश गर्न लागेका बस प्रहरीको नियन्त्रणमा
समाचार

काठमाडौं प्रवेश गर्न लागेका बस प्रहरीको नियन्त्रणमा

नेपाल अखबार, काठमाडौं । पास नलिएरै काठमाडौं उपत्यका प्रवेश गर्न लागेका सार्वजनिक सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको नयाँ मोडालिटीको नियम पालना नगरी प्रवेश गर्न खोजेपछि नेपालगञ्ज र झापाबाट आएका तीनवटा बस र एउटा हाइससहित चालकलाई नागढुंगा नाकाबाट नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नेपालगञ्जबाट आएको बा४ख ७३६३, ना७ख ५३९५ नम्बरको बस र बा४ख ४५८० नम्बरको हाइस र झापाबाट आएको ना५ख ५८३४ नम्बरको बस र चालकलाई ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । लकडाउनको मौकाको फाइदा उठाएर सार्वजनिक बसहरूमा विना पास बढी भाडा लिई काठमाडौँ उपत्यका भित्रिदै गरेको सूचनाको आधारमा चेकजाँच गर्दा बस र चालकलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रहरी उपरीक्षक वामदेव गौत्तमले जानकारी दिए ।...
सर्लाहीमा हातखुट्टा बाँधेर एक अधबैंसेको हत्या
समाचार

सर्लाहीमा हातखुट्टा बाँधेर एक अधबैंसेको हत्या

नेपाल अखबार,  जनकपुरधाम । सर्लाहीमा हातखुट्टा बाँधेर एक अधवैंसेको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । रामनगर गाउँपालिका ४ बैरिया टोलका ४० वर्षीय रामजुलुम रायको शव हत्या गरिएको अवस्थामा घरभन्दा केही दुरीमा रहेको खेतमा फेला परेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । ‘दुवै खुट्टा र हात बाँधिएको अवस्थामा उनको शव फेला परेको छ’ घटना स्थलमा पुगेका रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले भने, “घरेलु हतियार प्रयोग गरी उनको हत्या गरेको देखिन्छ ।” सर्लाही प्रहरीका प्रबक्ता कुँवरले पनि उनको हत्या घरेलु हतियारको प्रयोग गरी भएको देखिएको बताए । उनको हत्या कसले र किन गरेको हो ? भन्ने सन्दर्भमा खुलिसकेको छैन् । प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।...
वीरगञ्जलाई व्यवस्थित र सुन्दर  बनाउन अभियान सुरु
प्रदेश २, समाचार

वीरगञ्जलाई व्यवस्थित र सुन्दर बनाउन अभियान सुरु

इफान अलि,  वीरगञ्ज । वीरगञ्जलाई सुन्दर र व्यवस्थित बनाउन अभियान सुरु गरिने भएको छ । अभियानमा कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिनेछ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका, वीरगञ्ज उद्योग वाणिज्य संघ, व्यवस्थित वीरगञ्ज अभियानलगायतसँग सहकार्य गर्दै अभियान सञ्चालन गर्न लागेको हो । उद्योग वाणिज्य संघ, बैङ्कर्स एसोसियसन, जवाफदेहिताका लागि हाम्रो अभियान, वीरगञ्ज युवा समाज, सानो पाइला, भोलिन्टियर ग्रुपलगायत ४१ वटा सरकारी तथा गैरसकारी संघ संस्था अभियानमा सहयोग गर्न सहमति जनाएका छन्। विश्वभरि महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण रोकथामकाको लागि विविध जनचेतनामूलक कार्यक्रम गर्ने, पर्सामा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न समुदाय प्रहरी साझेदारीमा अभिवृद्धि गर्ने, सरोकारवालालाई ...
कैलालीमा क्वारेन्टिनमा खटिएकी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
प्रदेश ७, समाचार, स्वास्थ्य

कैलालीमा क्वारेन्टिनमा खटिएकी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नेपाल अखबार, कैलाली । कैलालीमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जानकी गाउँपालिकामा रहेको पथरिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए । लामो समयदेखि क्वारेन्टिनमा रहेकाहरुको स्वास्थ्य परीक्षणमा खटिएकी २८ वर्षीया महिला स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको चौधरीले जनाकारी दिए । उनले भने, ‘जेठको ३० गते उहाँको स्वाब संकलन गरिएको थियो । शनिबार पोजेटिभ रिर्पाेट आयो ।’उनलाई अहिले पथरिया स्वास्थ्य चौकीमै आइसोलेसन वार्ड तयार गरेर त्यही राखिएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा ६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । यसअघि कञ्चनपुरका २ जना, डडेल्धुरकामा २ जना र सेती प्रादेशिक अस्पतालमा १ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो ।...
कर्णाली प्रदेशमा सल्यानका ६ सहित थप ११ जनामा संक्रमण पुष्टि
प्रदेश ६, समाचार, स्वास्थ्य

कर्णाली प्रदेशमा सल्यानका ६ सहित थप ११ जनामा संक्रमण पुष्टि

नेपाल अखबार,  सुर्खेत ।  कर्णाली प्रदेशमा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सो प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार पुष्टि हुने संक्रमितमध्ये ६ जना सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिकाका पुरुष हुन्। तीमध्ये बनगाड कुपिन्डे २, ३, ५ र ६ वडाका एक–एक जना र सो नगरपालिकाको वडा नम्बर ४ का दुई जना छन्। त्यसैगरी सुर्खेत भेरीगंगा नगरपालिका ७ र ८ का एक–एक जना पुरुष, दैलेख महावु गाउँपालिका १ का एक पुरुष र एक महिला र रुकुम पश्चिम मुसिकोट नगरपालिका १२ का एक पुरुष छन्।...
मिर्गौला रोगी बालकले १२ दिनमा जिते कोरोनालाई
समाचार, स्वास्थ्य

मिर्गौला रोगी बालकले १२ दिनमा जिते कोरोनालाई

नेपाल अखबार, सप्तरी।  सप्तरीको राजविराज नगरपालिका–१३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्कन सफल भएको छ। भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा कोभिड–१९ को संक्रमणमा परेका उनी १२ दिनको आइसोलेशन केन्द्र बसाइपछि शनिबार साँझ डिस्चार्ज भएको हो। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको रिपोर्ट नेगेटिभ देखिएपछि उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए। बालकको ४० वर्षीया आमासमेतसँगै डिस्चार्ज भएकी छन्। ‘बालकैमा मिर्गौैला रोगी, त्यसमाथि कोरोनाको संक्रमण सुनेर अत्तालिएकी थिए’, बालककी आमाले भनिन्, ‘उच्च मनोबलले ठूला रोग पनि परास्त हुने रहेछ।’ जटिल खाले लक्षणबिना कोरोनामुक्त बालकले उच्च मनोबलले रोग परास्त हुने अनुभव सुनाउए। बालक र आमालाई राजविराजस्थित क्वारेन्टिनमा ब...
गर्मी र वर्षाको मौसम शुरु भएसँगै सर्पदंशका बिरामी बढे
समाचार, समाज

गर्मी र वर्षाको मौसम शुरु भएसँगै सर्पदंशका बिरामी बढे

नेपाल अखबार,झापा । गर्मी र वर्षाको मौसम शुरु भएसँगै झापामा सर्पदंशका बिरामी बढ्न थालेका छन्। नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्याङ्कले सर्पदंशका बिरामी बढेको देखाएको हो। उपचार केन्द्रमा गत चैतमा ४२ जना सर्पदंशका बिरामीको उपचारका लागि आएका थिए। वैशाखमा ४४ र जेठमा ८० जना सर्पदंशका बिरामी उपचारका लागि आएका केन्द्रले जनाएको छ। असारको ६ दिनमै ३१ सर्पदंशका बिरामी केन्द्रमा आएका केन्द्रका प्राविधिक हेमचन्द्र अधिकारीले जानकारी दिए। सर्पदंश उपचार केन्द्रमा वार्षिक एक हजार पाँच सयको हाराहारीमा सर्पदंशका बिरामी उपचारको लागि आउने गरेका छन्। चिसो र सुक्खा मौसममा दुलोभित्र रहने सर्प गर्मीसँगै वर्षा हुन थालेपछि बाहिर निस्कने गर्नाले हरेक वर्ष यो मौसममा सर्पदंशका बिरामी बढ्ने गरेका छन्। तराई क्षेत्रमा गोमन, करेतजस्ता विषालु सर्पको डर बढी हुन्छ भ...
कास्कीमा थप २ जनामा कोरोना पुष्टि गण्डकीमा थपिए १९ संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

कास्कीमा थप २ जनामा कोरोना पुष्टि गण्डकीमा थपिए १९ संक्रमित

नेपाल अखबार, पोखरा । कास्कीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार दिउसो पोखरा महानगरपालिकाका एक ४० बर्षीय पुरुष र  मादी गाउँपालिकाका १९ बर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सम्बधित पालिकाको क्वारेन्टिनमा रहेका उनीहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ल्याउने तयारी भएको निर्देशनालयले जनाएको छ  । निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा आइबार दिउसो  थप १९ जनामा  कोरोना पुष्टि भएको छ  ।  यससँगै प्रदेशमा संक्रमितको संख्या ५ सय २३ पुगेको छ । आइबार दिउसो कास्कीका २ जना सँग, बागलुङका ५ जना स्याङजाका १० जना, तनहुँका १  जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १ जनामा  कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यस अघि आइबार बिहान प्रदेशका बागलुङ, म्याग्दी, पर्वत र तनहुँ जिल्लाका थप १६ जनामा कोरोना भाइरस पुष...
मेथी, मरिच,बेसार औषधिमय छ, यसरी मजाक नउडाऔं : प्रधानमन्त्री ओली
राजनीति, समाचार

मेथी, मरिच,बेसार औषधिमय छ, यसरी मजाक नउडाऔं : प्रधानमन्त्री ओली

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।  अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथी जस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनि र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएको बताए । शरीरको प्रतिरोधी क्षमता बढाउने बेसार, अदुवा, मेथीको कुरा गरेको भन्दै उनले भने, कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहान्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऔँ ।’ आयुर्वेद र योग असाधारण औषधि भएकाले यसको प्रयोग बढाउनु पर्नेमा उनले जोड दिएका छन् । प्रधानमन्त्री ओली नेपाल योगको जननी भएको बताए । ‘व्यायाम, प्राणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र यी च...