Friday, November 20

समाचार

सप्तरीको तिलाठी डुबानमा : बाढीसँगै १० वटा शव बगेर आए
समाचार, हाइलाइट-समाचार

सप्तरीको तिलाठी डुबानमा : बाढीसँगै १० वटा शव बगेर आए

नेपाल अखबार,सप्तरी । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ । लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए । पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । राजविराज–तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पु¥याएको छ । भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय व्यापारीलाई लाखौँ मूल्य क्षति भएको छ । खाँडोखोलाको बाढीसँगै करिब आठदेखि १० वटा शवसमेत बगेर आएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताए । शव आएको बेला अत्यन्तै दुर्गन्ध फैलिने गरेको मण्डलले...
बलिउड अभिनेत्री रेखा क्वारेन्टिनमा, घर पनि सील
विदेश, समाचार

बलिउड अभिनेत्री रेखा क्वारेन्टिनमा, घर पनि सील

नेपाल अखबार, एजेन्सि। बलिउड अभिनेत्री रेखा आफ्नै घरभित्र क्वारेन्टिनमा बसेकी छिन् । उनका एक सुरक्षाकर्मी र दुई घरेलु कामदारमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ । रेखाको हातमा होम क्वारेन्टिनको स्ट्याम्प पनि लगाइएको छ । रेखा मुम्बईको बान्द्रामा रहेको सी स्प्रिङ्ग्सकी मालिक हुन् । उनको बंगलामा तीन व्यक्तिमा कोरोना संक्रमण भएको पत्ता लागेपछि बृहन्मुम्बई नगर निगम (बीएमसी) ले शनिबार यो बंगलालाई सील गरेको छ । बीएमसीले यो परिसरलाई कन्टेन्टमेन्ट जोनको रुपमा घोषणा गर्ने एउटा बोर्ड पनि लगाएको छ । शनिबार राती बलिउडका दिग्गज कलाकार अभिताभ बच्चन, उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई कोरोनाभाइरस संक्रमण देखिएको थियो । अभिषेक र अमिताभ मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् भने ऐश्वर्या र उनकी छोरी होम क्वारेन्टिनमा छन् । स्रोतः जीन्यूज...
मंगलबारको मौसम पूर्वानुमान
समाचार, समाज

मंगलबारको मौसम पूर्वानुमान

नेपाल अखबार, काठमाडौं  ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ। साथै, अहिले देशभर आँशिकदेखि  सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ । यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानमा मंगलबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । र, प्रदेश ५, कर्णाली प्रदेश...
पहिरो बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध
समाचार

पहिरो बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

नेपाल अखबार, बुटवल । पहिरो खसेका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले सोमबार साँझदेखिसवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । वर्षा नरोकिएकाले मंगलबार बिहानसम्म पहिरो पन्छाउन नसकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले बताए । सडक खुलाउन अझै केही घण्टा लाग्ने उनले बताए । सडक अबरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् ।...
सिन्धुपाल्चोकमा खोलाले बगाएर १ वृद्धको मृत्यु
समाचार

सिन्धुपाल्चोकमा खोलाले बगाएर १ वृद्धको मृत्यु

नेपाल अखबार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका –९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् । खोला तर्ने क्रममा बगाएको उनको शव करिब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उता, गत बुधबार रातिको बाढी पहिराले बेपत्ता भएका बाह्रबीसे नगरपालिका –५ जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेका २० जनाको खोजी जारी  छ । पानी पर्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । रासस...
प्रदेश प्रहरी र  वन विधेयक पारित
प्रदेश १, समाचार

प्रदेश प्रहरी र वन विधेयक पारित

नेपाल अखबार, मोरङ । ‘प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ ’ सर्वसम्मतिले आज पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४ (१) (क) बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गरेका थिए । मन्त्री कार्कीले गल्ती गर्ने प्रहरीलाई सम्बन्धित जिल्लामै जिल्ला न्यायाधिवक्ताको नेतृत्वमा बन्ने विशेष आदालतले छिनोफानो गर्ने व्यवस्था विधेयकले गरेको जानकारी दिए ।  अहिलेको परिस्थितिमा प्रहरीको तलब दोब्बर गर्न नसकिने बताउँदै उहाँले जोखिम र चुनौतीका क्षेत्रमा काम गर्ने प्रहरीलाई आन्तरिक मूल्याङ्कनमा नम्बर बढ्ने व्यवस्था मिलाइएको जानकारी दिए । यसअघि विधेयक संशोधनका लागि प्रस्ताव दर्ता गराउनुभएका प्रदेशसभा सदस्य उमिता विक, बुद्धिकुमार राजभण्डारी, लछुमण तिवारी, विमल कार्की र शिवनारायण गनगाइँले संशोधनका बुँदा ...
बाढीले कमला नदीको कटान सुरु, ४ सयभन्दा बढी घरधुरी जोखिममा
प्रदेश २, समाचार

बाढीले कमला नदीको कटान सुरु, ४ सयभन्दा बढी घरधुरी जोखिममा

नेपाल अखबार, जनकपुर । कोरोना महामारीले जनजीवन अस्तव्यस्त भइरहेका बेला असारे बाढीले जनजीवनलाई झनै कष्टकर बनाउदैँ लगेको छ । यसको प्रभाव धनुषा, सिरहा लगायतका जिल्लामा समेत परिरहेको छ । धनुषा र सिरहाको सिमावर्ती क्षेत्रमा रहेको कमला नदीमा आएको बाढीले धनुषाका सबैला, कमला र शहिदनगर नगरपालिका लगायतका क्षेत्रमा ४ सयभन्दा बढी घरधुरी उच्च जोखिममा परेका छन् । निरन्तररुपमा परेको भारी वर्षातका कारण आएको बाढीमा परि कमला नदीले तटबन्ध कटान गर्न सुरु गरेको छ । कमला नदीको बाढीले ठूलो जनधनको क्षति गर्न थालेपछि नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवले स्थलगत अवलोकन गरेका छन् । कमला नदीको बाढीले सबैला नगरपालिकाको वडा नम्बर ४ र १३, कमला नगरपालिकाकाको वडा नम्बर ५, ६, ७, र ८ र शहीदनगर नगरपालिकाको वडा नम्बर १ को बस्ती र सर्वसाधारणको घर समेत भत्किएको अवस...
नेपाली पोर्न साइट चलाएको अभियोगमा एक जना पक्राउ
प्रशासन, समाचार

नेपाली पोर्न साइट चलाएको अभियोगमा एक जना पक्राउ

नेपाल अखबार, काठमाडौं । विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं, गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठ छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई गोंगबुबाट पक्राउ गरेको हो । ब्युरोका सह–निर्देशक नविन्द अर्यालले अनलाइनखबरलाई बताए अनुसार उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्लील चलचित्र प्रशासनण गर्ने गरेका थिए । एक पीडित युवतीले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । हाल उनले चलाएको वेवसाइट बन्द भइसकेको छ । पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय कराोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।...
कोरोना निको हुनेको संख्या १० हजार २९४ पुग्यो, ६ हजार ६१३ जना सक्रिय संक्रमित
समाचार, स्वास्थ्य

कोरोना निको हुनेको संख्या १० हजार २९४ पुग्यो, ६ हजार ६१३ जना सक्रिय संक्रमित

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा थप १ हजार ७०५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १० हजार २९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा थप १४४ जनामा संक्रमण पुष्टि भएको छ भने हाल सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको छ । यस्तै अहिलेसम्म निको भएकासहितको कूल संक्रमितको संख्या १६ हजार ९४५ रहेको पनि गौतमले बताए । उनका अनुसार आज काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।...
५० हजार घुस लिएको आरोपमा इन्सपेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा
समाचार

५० हजार घुस लिएको आरोपमा इन्सपेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा

नेपाल अखबार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध सोमबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो । सेवाग्राहीको उजुरीको आधारमा आयोगको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी विष्टलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा प्रहरी निरीक्षक कार्कीले कानुन व्यवसायी हिमालय बिक्रम विष्टमार्फत सेवाग्राहीसँग घुस लिएको दाबी अख्तियारले गरेको छ । जबरजस्ती करणी मुद्दामा अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक कार्कीलाई कानुन व्यवसायी विष्टले घुस लिन मन्जुरी गराएको भन्दै आयोगले उनीविरुद्ध पनि ५० हजा...