तनहुँका १७ सहित गण्डकीमा ३२ संक्रमित थपिए, संक्रमितको संख्या ३८०
नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका ३ जिल्लाका थप ३२ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार संक्रमण देखिनेमा भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा रहेका तनहुँका १७ जना पुरुष, बागलुङका ९ जना पुरुष तथा १ महिला र पर्वतका २ पुरुष तथा ३ महिला रहेका छन् । पर्वतका संक्रमितहरु भने स्वास्थ्यकर्मी हुन ।संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म पर्वतका ६ बर्षीय बालकसहित ३८ जना पुरुष र ५ महिला, तनहुँका ४३ जना पुरुष, बागलुङमा ६० जना पुरुष तथा ६ महिला , स्याङ्जाका ७२ जना पुरुष तथा ३ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ९७ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्य...
