Monday, September 14

समाचार

कास्कीमा ‘ट्राभल हिस्ट्री’ विना १९ महिने शिशुमा कोरोना
समाचार, स्वास्थ्य

कास्कीमा ‘ट्राभल हिस्ट्री’ विना १९ महिने शिशुमा कोरोना

नेपाल अखबार, पोखरा । कास्कीको मादी गाउँपालिकामा शनिबार १९ महिने शिशुसहित २ जनामा कोरोना भाइरस पुष्टि भयो । प्रदेश स्वास्थ्य निर्देशनालयको रिपोर्ट अनुसार कोरोना संक्रमण पुष्टि हुने अर्का ४१ वर्षीय पुरुष छन् । १९ महिने शिशुको कुनै पनि ट्राभल हिस्ट्री नभएकाले कसरी कोरोना संक्रमित बन्न पुगे भन्नेबारे खोजी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘बा भारतमा थिए । आमाले लकडाउनपछि गाउँ छोडेकी छैनन्,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले भने, ‘उहाँहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।’ शिशुका बाबु केही दिनअघिमात्रै गाउँ आएका थिए । तर, गाउँ आएर पनि सीधै क्वारेन्टिनमा बसिरहेको अधिकृत सापकोटाले बताए । उनले अनलाइनखबरसँग भने, ‘बा सुरुमा खाना लगेर शिशु भेट्न गएका रहेछन् । त्यही आधारमा हामीले परिवारकै स्वाब परीक्षण गर्न पठाएका थियौं । तर, शिशुको मात्रै पोजेटिभ आयो ।’ उनले परिवारका अन्य सदस्य त...
नारायणगढ–मुग्लिन सडकको पहिरो तीन दिन लगाएर पन्छाइयो, दुईतर्फी सवारी सञ्चालन
समाचार

नारायणगढ–मुग्लिन सडकको पहिरो तीन दिन लगाएर पन्छाइयो, दुईतर्फी सवारी सञ्चालन

नेपाल अखबार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूर्णरुपमा पहिरो पन्छाएसँगै दुईतर्फीरुपमा सवारी आवागमन भएको हो । निरन्तर पानी परेपछि पहिरो खस्दा समस्या भएको थियो । पहिरोले सडकको ४५ मिटर लामो भाग ढाकेको थियो । दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको हो । सडकको छेउमा पाइप पन्छाउन बाँकी रहेको भए पनि सहजरुपमा दुईतर्फी आवागमन पुनः सञ्चालन भएको खनालले जानकारी दिए । पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक दुईतर्फी सञ्चालनमा आएसँगै सवारी गन्तव्यतर्फ लागेका छन् ।रासस...
कोरोना नियन्त्रमा तनहुँको व्यास नगरपालिकाको खर्च १ करोड २७ लाख
समाचार, समाज

कोरोना नियन्त्रमा तनहुँको व्यास नगरपालिकाको खर्च १ करोड २७ लाख

नेपाल अखबार, दमौली। तनहुँको व्यास नगरपालिकाले कोभिड–१९ को नियन्त्रण, राहत वितरण र क्वारेन्टिन व्यवस्थापनका लागि रु एक करोडभन्दा बढी खर्च भएको जनाएको छ । कोभिड–१९ र बन्दाबन्दीबाट प्रभावित परिवारलाई राहत वितरण, क्वारेन्टिन व्यवस्थापन र उपकरण खरिदसमेतमा गरी रु एक करोड २७ लाख ४३ हजार ४४२ खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले नगरपालिकाको कोषमा नगरपालिकाबाट विनियोजित रु ६३ लाख र विभिन्न सङ्घसंस्था, व्यक्तिगत एवं शिक्षक कर्मचारीबाट रु ६७ लाख ७१ हजार ७०८ प्राप्त भएको थियो । नगरपालिकाको शुक्रबार बसेको बैठकले आइसोलेसन अस्पताल र क्वारेन्टिन व्यवस्थापनका लागि रु ७० लाख बजेट विविध शीर्षकबाट रकमानान्तर गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले आइसोलेसन अस्पताल निर्माणको तयारी थालेको छ । आइसोलेसन ...
कास्कीका २ सहित गण्डकीका थप ५८ जनामा कोरोना पुष्टि,  संक्रमित ४३८ पुगे
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कास्कीका २ सहित गण्डकीका थप ५८ जनामा कोरोना पुष्टि, संक्रमित ४३८ पुगे

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप ५८  जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका ७ जिल्लाका थप ५८ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार संक्रमण देखिनेमा कास्कीको मादी गाउँपालिकाका एक १९ महिने बालिका र ४१ बर्षीय पुरुष सहित तनहुँका २५ जना पुरुष, बागलुङका ७  जना पुरुष तथा १ महिला, म्याग्दीका  १  पुरुष, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १६ जना पुरुष, गोरखाका ५ जना पुरुष र स्याङ्जाका १ पुरुष रहेका छन् । संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४  सय ३८ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म पर्वतका ६ बर्षीय बालकसहित ३८ जना पुरुष र ५ महिला, तनहुँका ६८ जना पुरुष, बागलुङमा ६७ जना पुरुष तथा ७ महिला , स्याङ्जाका ७३ जना पुरुष तथा ३ महिला, नवलपरासी बर्दघाट...
राती १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक, १५ भन्दा बढी भेला हुन नपाइने
प्रशासन, समाचार

राती १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक, १५ भन्दा बढी भेला हुन नपाइने

नेपाल अखबार, काठमाडौं। कोरोना संक्रमण नियन्त्रण गर्न गृह मन्त्रालयले राती १० बजे देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको छ । “लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७” अन्तर्गत अब अत्यावश्यक अवस्थामा बाहेक राती १० बजे देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न पाइनेछैन । उक्त मापदण्डलाई कडाईका साथ लागू गर्न निर्देशन दिइएको छ यसको अनुगमन प्रहरीले गर्ने जनाइएको छ ।मापदण्ड अनुसार अब साँस्कृतिक वा सामाजिक कार्यमा १५ भन्दा बढी व्यक्ति सहभागी हुन समेत पाइने छैन । त्यस्तै भौतिक पुर्वाधार तथा विकास निर्माण, उत्पादनमूलक र औद्योगिक कामकाजमा पनि १० भन्दा बढी व्यक्ति एकै पटक एकै स्थानमा भेला हुन पाउने छैनन् ।...
नागरिकता विधेयकबारे प्रधानमन्त्री ओलीले मागे सुझाव
राजनीति, विचार, समाचार

नागरिकता विधेयकबारे प्रधानमन्त्री ओलीले मागे सुझाव

नेपाल अखबार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदमा विचाराधीन नागरिकता विधेयकका बारेमा पार्टीका नेता तथा सांसदहरुसँग राय सुझाव मागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेता तथा सांसदहरुसँग शुक्रबार बालुवाटारमा रायसुझाव मागेका हुन् । छलफलमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सांसदहरु देव गुरुङ, शशि श्रेष्ठलगायत रहेका छन् । उनीहरुसँग सरकारले विधेयकका बारेमा राय सुझाव मागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् । यसअघि बिहीबार ओली र प्रचण्डले काँग्रेसको धारणा सुनेका थिए । नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा २०७५ साल भदौ ५ गतेदेखि विचाराधीन छ । बुधबारमात्रै प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा ५ दिनभित्र सहमति कायम गर्न सरकारलाई निर्देशन दिएकाले सरकारले स...
कालापानी क्षेत्रबाट ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण देखिने
समाचार, समाज

कालापानी क्षेत्रबाट ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण देखिने

नेपाल अखबार, काठमाडौं । यही असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।  लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट नेपालमै सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वरिष्ठ खगोलविद् एवं वाल्मीक विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले जानकारी दिए । काठमाडौँबाट भने ८८ प्रतिशतसम्म सूर्य ढाक्ने छ ।यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ । ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने उनले सुनाए । चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा ...
इन्स्पेक्टरले हवल्दारसँग मिलेर आधा किलो सुन गायब बनाएपछि
प्रशासन, समाचार

इन्स्पेक्टरले हवल्दारसँग मिलेर आधा किलो सुन गायब बनाएपछि

नेपाल अखबार, काठमाडौं । रसुवाको टिमुरेमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत रहँदा प्रहरी निरीक्षक खेमप्रसाद नेपालले ५ सय ३३ ग्राम सुन गायब बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको छ । कार्यालयमा कार्यरत हवल्दार रामशरण रिमालसँग मिलेमतो गरेर सुन आपसमा बाँडेको निष्कर्षसहित अख्तियारले भ्रष्टाचारसम्बन्धी कसूरमा विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २२ मंसिरमा १११ ग्राम र ११ पुस २०७६ मा रिमालले ना ६ ख ४९३२ नम्बरको कन्टेनरमा सवार यात्रुबाट ४२२ ग्राम सुन बरामद गरेका थिए । तर, सम्बन्धित निकायमा बुझाउनुपर्नेमा कसैलाई जानकारी नदिई अभियुक्तलाई पनि छाडेर विदामा बसेका थिए । त्यस क्रममा इन्स्पेक्टर नेपाल र रिमालबीच पटकपटक टेलिफोन सम्पर्क भएको देखिएको छ । रिमालले सुन बरामद गरेको थाहा भए पनि नेपालले उल्टै आउट विदामा छाडेको भेटिँदा नेपालको ...
फेवातालको आयु बढ्नेछः मुख्यमन्त्री गुरुङ
प्रदेश ४, समाचार

फेवातालको आयु बढ्नेछः मुख्यमन्त्री गुरुङ

नेपाल अखबार, पोखरा । संरक्षणको चर्चा भएपनि विगतदेखि नै ‘यो वा त्यो वहनामा’ काम हुन नसक्ने फेवातालमा यतिखेर भने काम धमाधम जारी  छ । प्राकृतिक एवं मानवीय अतिक्रमणको चपेटामा पर्दै आएको सो तालको संरक्षणका लागि देखिने गरी काम हुन थालेपछि सङ्घीयताको औचित्य पुष्टि भएको छ । पोखराको मुटुमा अवस्थित सो ताल बचाउन प्रदेश सरकार र पोखरा महानगरपालिको संयुक्त साझेदारीमा फेवाजलाधार क्षेत्रका विभिन्न ४ वटा खोलामा सिल्टेसन बाँध र सिल्ट पोखरीको निर्माण भइरहेको छ । निर्माणाधीन कार्यको बिहीबार स्थलगत निरीक्षण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले तोकिएको समय र गुणस्तरीय विकास निर्माणले सङ्घीयताको औचित्य पुष्टि गरेको बताए । ‘नेपाल सरकार तथा विभिन्न सङ्घसंस्थाले गरेको अध्ययनका आधारमा ताल बचाउनका लागि जलाधार क्षेत्रमा चेक ड्याम निर्माण गरेर खोलासँगै तालमा बगेर आउने लेदोसहितको माटो रोक्न सिल्टेसन ब...
श्रेष्ठले अस्ट्रेलियाबाट पाेखराका २४ परिवारलाई रहत वितरण
समाचार

श्रेष्ठले अस्ट्रेलियाबाट पाेखराका २४ परिवारलाई रहत वितरण

नेपाल अखबार, पाेखरा।  काठमाडाैं निवासी  मानकारी सुजना श्रेष्ठ हाल अस्ट्रेलिया  कार्यगत  रहेता पनि काेराेनाकाे महामारीकाे अवस्थामा पाेखरा  मुस्लिम सामुदायका विपन्न   २४ घर परिवारलाई  खाध्याना रहत वितरण गर्नु भएको छ । नेपाल मुस्लिम युवा क्लव पाेखराका अध्यक्ष अफजल अलिमियाँले जानकारी दिनु भयाे।  विश्व मा नै काेराेनाकाे महामारी फैलिएकाे बेला विदेशबाट पनि पाेखरेली   विपन्न मुस्लिम परिवारलाई  सहयाेग गर्ने  सुजना श्रेष्ठ   धन्यवाद दिए ।  ...