Sunday, September 13

समाचार

कालापानीमा सशस्त्र प्रहरी गस्ती जाँदा भारतीय सुरक्षाकर्मीको अवरोध, बीओपी थपिँदै
समाचार

कालापानीमा सशस्त्र प्रहरी गस्ती जाँदा भारतीय सुरक्षाकर्मीको अवरोध, बीओपी थपिँदै

नेपाल अखबार, काठमाडाैं । कालापानी क्षेत्रमा गस्तीमा नजान सशस्त्र प्रहरीलाई भारतीय सुरक्षाकर्मीहरूले दबाब दिएको खुलेको छ। गत साता दार्चुलाको छाङरुस्थित सशस्त्रको सीमा सुरक्षा पोष्ट (बीओपी) बाट माथिल्लो कौवाभन्दा केही पर पुगेको सशस्त्र प्रहरी टोलीलाई ‘विवादित भूमिमा नआउनु’ भन्दै भारतीय सुरक्षाकर्मीले अवरोध गरेको गृह मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ। गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार कालापानी भन्दा २ किलोमिटर नेपालतर्फ आएको भारतीय सुरक्षाकर्मी र सशस्त्र प्रहरीबीच जम्काभेट भएको थियो। सशस्त्र प्रहरीको १५ जनाको टोली गस्तीमा त्यस क्षेत्र गएको थियो। ‘भारतीय सुरक्षाकर्मीले यस क्षेत्रमा तिमीहरु नआउ, हामी पनि यता आउँदैनौं भनेछन्’, ती अधिकारीलेभने, ‘यस विषयमा हामी थप जानकारी लिँदैछौं।’ कालापानी क्षेत्रमा भारतले भारतीय सेना, सशस्त्र सीमा बल र इण्डो तिब्बतीयन बोर्डर पुलिस तैनाथ गरेको छ। स...
गण्डकी प्रदेशमा सबै भत्ता खारेज
अर्थ, प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा सबै भत्ता खारेज

नेपाल अखबार, पोखरा । आगामी वर्ष प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने बताउँदै गण्डकी प्रदेशले अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्तालगायतका सबै प्रकारका भत्ता साउन १ गतेदेखि खारेज गरेको छ । कोरोना रोगको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मीलगायतका राष्ट्रसेवकलाई प्रदेश सरकारका तर्फबाट दिइँदै आएको जोखिम वहन तथा प्रोत्साहन भत्तालाई निरन्तरता दिने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए। प्रदेश तथा स्थानीय तहको सेवामा उपयुक्त उम्मेदवार छनौट गर्न प्रदेश लोक सेवा आयोगको गठन गरी कार्य प्रारम्भ गर्न ८ करोड ९५ लाख बजेट रुपैयाँ विनियोजन भएको छ । प्रदेशसभाको भौतिक संरचना निर्माण, प्रदेशसभा सञ्चालन तथा विषयगत समिति र सचिवालय व्यवस्थापन तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि १२ करोड २२ लाख विनियोजन गरिएको छ ।...
नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ६२११ पुगे
समाचार, स्वास्थ्य

नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ६२११ पुगे

नेपाल अखबनर, काठमाण्डौ । नेपालमा सोमबार थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार दिउसो थप ४ सय ५१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ जना पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले जानकारी दिए  । नेपालमा ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । नेपालमा संक्रमित मध्ये १ हजार ४१  जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घन्टामा ६७ जनाले स्वास्थ्य लाभ गरेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।...
किसानलाई ४० हजार माछाका भुरा वितरण
अर्थ, समाचार

किसानलाई ४० हजार माछाका भुरा वितरण

नेपाल अखबार,म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रका २७ किसानलाई माछाका भुरा वितरण गरेको छ । मत्स्य अनुसन्धान केन्द्र बेगनासताल पोखराबाट ग्रास र कमन कार्प जातको माछाका भुरा ल्याएर किसानलाई वितरण गरिएको नगरपालिकाको पशु शाखाले जनाएको छ । प्रतिभुरालाई ५० पैसाका दरले खरिद गरी किसानलाई न्यूनतम ५ सयदेखि तीन हजारसम्म माछाका भुरा वितरण गरिएको पशुसेवा शाखाका प्रमुखसमेत रहेका पशु स्वास्थ्य प्राविधिक प्रदीप गौतमले जानकारी दिए । चालु आर्थिक वर्षको बजेटबाट कूल रु ४५ हजारमा पोखरादेखि माछाका भुरा ल्याई किसानलाई अनुदानमा उपलब्ध गराइएको उहाँले बताउनुभयो छ । किसानको पोखरीको क्षमताअनुसार भुरा वितरण गरिएको जनाइएको छ । नगरपालिकाको भकिम्लीका १२, ज्यामरुककोटका छ, रत्नेचौरका चार, अर्थुङ्गेका तीन र पुलाचौर दुई किसानलाई कमन र ग्रासकार्प जातको माछाका भुरा वितरण गरिएको शाखाले जनाएको छ । गएको वर्षमा ...
सरिता गिरीको सांसद पद निलम्वन हुने, पार्टीको साधारण सदस्य पनि नरहने
राजनीति, समाचार

सरिता गिरीको सांसद पद निलम्वन हुने, पार्टीको साधारण सदस्य पनि नरहने

नेपाल अखबार, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताए । ‘उहाँले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गर्नुभएको थियो । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो,’ समाजवादी पार्टीका एक नेताले  भने, ‘उहाँले पार्टीको ह्वीप मान्नुभएन, त्यसैले स्वतः कारवाहीमा पर्नुहुन्छ ।’ हामीले उहाँलाई बोलाएर पार्टीको निर्णय मान्न सम्झायौं, स्रोतले भन्यो, ‘ तर, उहाँले पार्टीको निर्देशन मान्नुभएन ।’ पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः नि...
नेपालसँग वार्ता गर्ने यो उपयुक्त समय होइन : पूर्वराजदूत रे
राजनीति, विदेश, समाचार

नेपालसँग वार्ता गर्ने यो उपयुक्त समय होइन : पूर्वराजदूत रे

नेपाल अखबार, काठमाडौँ । नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले सीमा विवादका बारेमा नेपालसँग भारतले वार्ता गर्ने यो सही समय नभएको बताएका छन् । इकोनोमिक टाइम्स डट कममा प्रकाशित लेखमा उनले सीमा विवाद समाधान गर्न दुई देशबीच वार्ता आवश्यक रहेको जोड दिए पनि अहिलेको समय वार्ताका लागि उपयुक्त नभएको जिकिर गरेका हुन् । उनले लेखमा भनेका छन्, ‘प्रतिनिधिसभाबाट नेपालको नक्सा पास भएपछि प्रधानमन्त्री केपी ओलीले विवाद समाधानका लागि भारतसँग वार्ता गर्ने इच्छा व्यक्त गरेका छन् । आफू शक्तिशाली भएको स्थितिमा उनी वर्ताा गर्न चाहन्छन् । मेरो विचारमा दुई देशबीच वार्ताका लागि उपयुक्त समय भनेको संविधान संशोधनको प्रक्रिया अघि थियो । संविधान संशोधनले समस्याको समाधानलाई झनै  जटिल बनाइदिएको छ । अहिले वार्ताको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री ओलीलाई अझै शक्तिशाली बनाउन हुँदैन ।’ उनले दुई देशबीच सीमा विवाद समा...
झापामा बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक जना पक्राउ
समाचार

झापामा बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक जना पक्राउ

नेपाल अखबार, झापा । झापाको मेचीनगर नगरपालिका–२ मा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय रमेश बस्नेत छन् । प्रहरीका अनुसार घटना २६ जेठको हो । साँझ घरबाट पसल जाँदै गरेका वेला बस्नेतले दुर्व्यहार गर्न खोजेको प्रहरीमा जाहेरी परेको छ ।इलाका प्रहरी कार्यालय, काँकरभिट्टका डीएसपी राजेन्द्र पोखरेलका अनुसार बस्नेतविरुद्ध बाल यौन दुरुपयोगको कसूर अन्तरगत म्याद थप गरिएको छ । उनले भने, ‘जिल्ला अदालत, झापाबाट सात दिनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’...
तनहुँका थप ५ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित २०४
प्रदेश ४, समाचार, स्वास्थ्य

तनहुँका थप ५ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित २०४

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार तनहुँका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण देखिनेहरुमा तनहुँको घिरिंङ गाउँपालिकाको क्वारेन्टाइनमा क्वारेन्टिनमा रहेका  ४५, २२, २७, २७, र ४६ का ५ जना  पुरुष रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार संक्रमितलाइ तनहुँको  जीपीकोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याइएको  छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ। गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ५९ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ४३ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ९ जना पुरुष, पर्वतका ६ बर्षीय बालकसहित २६ जना पुरुष, गोरखाका १४ जना पुरुष र १ महिला तथा कास्कीका ५...
बङ्गलादेशबाट २५८ नेपाली स्वदेश फर्किए
समाचार

बङ्गलादेशबाट २५८ नेपाली स्वदेश फर्किए

नेपाल अखबार, काठमाडौं । बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो ।ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो । नेपाली बोकेर वाइड बडी जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ढाकाबाट २५८ यात्रु लिएर निगमको जहाज फर्किएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । निगमको पूर्वनिर्धारित तालिकाअनुसार निगमको जहाजले सोमबार माल्दिभ्सको मालेबाट नेपाली ल्याउनेछ । विदेशबाट उद्धार गरेर ल्याइएकालाई काठमाडौँ उपत्यकाका सम्बन्धित प्रदेशअनुरुपको पूर्वव्यवस्था गरिएको क्वारेन्टिन स्थलमा राखी स्वास्थ्य परीक्षण प्रक्रिया पु¥याएर गन्तव्यमा पठाइनेछ । विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि...
आरडीटी पोजिटिभ देखिएका युवकको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी
समाचार, स्वास्थ्य

आरडीटी पोजिटिभ देखिएका युवकको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

नेपाल अखबार, बुटवल। गुल्मीमा कोरोना संक्रमणकोे आशंका गरिएका युवकको मृत्यु भएको छ ।  हिजो गुल्मीको धुर्कोट गाउँपालिका ३६ वर्षीय पुरुषको  तम्धासमा उपचारका मृत्यु भएको थियो भने आज सोही ठाउँमा ४२ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा सुदर्शन थापाले बताए । आज मत्यु भएकोको युवकको आरडीटी पोजिटिभ आए र पीसीआर परीक्षणका लागि पठाइएकोले रिपोर्ट आउन बाँकी रहेको डा. थापाले भनाइ छ । ’शनिबार आइसोलेसन अस्पताल लैजानका लागि ल्याइएको थियो’, उनले भने, ’खोकी, श्वास फोर्न समस्या भएर ल्याइएको थियो ।’ प्रादेशिक अस्पतालमै राखेर उपचार गरिएकामा आइतबार दिउँसो ३ बजेतिर मृत्यु भएको थापाले बताए । उनी भारतबाट ८ दिनअघि आएर स्थानीय क्‍वारेन्टिनमा बसेका थिए । यसअघि गुल्मीकै ३६ वर्षीय युवाको कोरोनाभाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...