Thursday, November 26

समाचार

थपिए २ लाख ९ हजार मतदाता
प्रशासन, समाचार

थपिए २ लाख ९ हजार मतदाता

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले २ लाख ९ हजार ५५२ जना नयाँ मतदाता थपिएको जानकारी दिएको छ। मंगलबार २३ हजार ६३८ नयाँ मतदाता थपिएका हुन्। जसमा १३ हजार ६६ पुरूष, १० हजार ५६७ महिला र अन्य समूहबाट ५ जना मतदाता थपिएका थिए। नयाँ मतदाता दर्ता सुरू भएयता १ लाख २२ हजार ७४० पुरूष,  ८६ हजार ७८५ महिला र २७ जना अन्य मतदाता थपिएका छन्। नयाँ मतदाता दर्ताको समय कात्तिक ३० गतेसम्म तोकिएको छ। तर अहिले देखिएको चापलाई हेर्दा उक्त अवधिमा दर्ता नभ्याउने नभ्याउने देखिएकाले समयावधि थप गर्न सरकारले सुझाव दिएको छ।    ...
सहमतिपछि मेलम्चीको पानी नरोक्न तयार भए स्थानीयवासी
समाचार, समाज

सहमतिपछि मेलम्चीको पानी नरोक्न तयार भए स्थानीयवासी

नेपालअखबार,काठमाडौँ ।मेलम्चीको पानी काठमाडौं ल्याउन रोकिरहेका स्थानीय र सरकारबीच सहमति भएको छ। सहरी विकास, उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र स्थानीयबीच मंगलबार भएको वार्ता सहमतिमा टुंगिएको हो। आफूहरूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन गर्न सरकारले तदारूकता देखाएपछि स्थानीय पानी पथान्तरणमा अवरोध नगर्न सहमत भएका छन्। उनीहरूले एक सातादेखि मेलम्चीको पानी काठमाडौं आउन दिएका थिएनन्। हेलम्बुको अम्बाथानमा रहेको अस्थायी ुुसंरचनामा अवरोध पुर्याउँदै पानी पथान्तरणमा रोक लगाएका थिए। २०७८ असार १, साउन १६ र १७ गतेको बाढीका कारण प्रभावित बनेकाहरूको माग तीन महिनाभित्र सम्बोधन गर्ने सहमति भएको छ। चार वर्षअघि मेलम्ची क्षेत्रका चा रवटा नदी (मेलम्ची, यांग्री, लार्के र इन्द्रावती) मा भीषणा बाढी आएको थियो। उक्त बाढीमा परी २४ जनाभन्दा बढीको मृत्यु भ...
प्रचण्ड–माधवसँग मिसिँदै भीम रावल
राजनीति, समाचार

प्रचण्ड–माधवसँग मिसिँदै भीम रावल

नेपालअखबार,काठमाडौं । नेकपा एमालेबाट निस्कासनमा परेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता डा. भीम रावल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदैछन् । उनी आज काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन लागेका हुन् । कार्यक्रम आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ । कार्यक्रमलाई प्रचण्ड, माधव कुमार नेपाल र भीम रावलले सम्बोधन गर्ने तयारी छ । गत साता भृकुटीमण्डपमा आयोजित १० दलको एकता घोषणा समारोहमै रावललाई पनि आबद्ध गराउने तयारी थियो । कार्यक्रमको मञ्चबाटै प्रचण्डले भीम रावल आउन लागेको बताएका थिए । तर रावलबारे ‘थप छलफल’ आवश्यक रहेको भन्दै त्यतिबेला मिसिने निर्णय गरेका थिएनन् । गत आइतबार साँझ प्रचण्ड, माधव नेपाल, प्रकाश ज्वाला, भानुभक्त जोशीलगायतसँग छलफल भएपछि भने रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्...
अचानक बेहोस भए बलिउड अभिनेता गोविन्दा, अस्पतालमा भर्ना
चलचित्र, समाचार

अचानक बेहोस भए बलिउड अभिनेता गोविन्दा, अस्पतालमा भर्ना

नेपालअखबार,मुम्बई । बलिउड अभिनेता गोविन्दालाई मुम्बईस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनी मंगलबार राति अचानक बेहोस भएका थिए । गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलका अनुसार मंगलबार राति करिब साढे आठ बजे आफ्नै घरमा उनी बेहोस भएका थिए । सुरुमा चिकित्सकको सल्लाह अनुसार घरमै औषधि दिइए पनि स्वास्थ्यमा सुधार नआएपछि राति १ बजे गोविन्दालाई क्रिटीकेयर अस्पतालमा लगिएको हो । बिन्दलका अनुसार चिकित्सकले उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् । चिकित्सकले गोविन्दाको स्वास्थ्य परीक्षण गरिरहेको उनले जानकारी दिए । गोविन्दा गत वर्ष घरमै राखेको पेस्तोलबाट निस्किएको गोली लागेर घाइते भएका थिए । त्यतिवेला पनि उनलाई क्रिटीकेयर अस्पतालमै उपचारका लागि भर्ना गरिएको थियो । गोविन्दाको उपचारमा संलग्न चिकित्सक दीपक नामजोशीका अनुसार राति नै आवश्यक स्वास्थ्य परीक्षण गरिएको...
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा
प्रशासन, समाचार

उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा

नेपालअखबार,काठमाडौं । सरकारले १२ उपसचिव र ३१ शाखा अधिकृतसहित ४३ कर्मचारीहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही कात्तिक २५ गतेको सचिवस्तरीय निर्णयबाट कर्मचारीहरुको सरुवा गरेको हो । सरुवा हुने उपसचिवहरुमा भिमकान्त पौडेल, विवेक घिमिरे, खेमराज खत्री, रोमबहादुर महत, पुनाराम पौडेल, विनय कुमार श्रीवास्तव छन् । यसैगरी डिकबहादुर कार्की, सुरेन्द्र प्रधान, अमर बहादुर ओली, दिनेशराज पन्त, मुकुन्द शर्मा र डिल्लीराज श्रेष्ठको नाम पनि सरुवा भएका उपसचिवहरुको सूचीमा छ । हेर्नुहोस् सरुवा सूची–    ...
आज पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
राजनीति, समाचार

आज पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । तिहार अघिबाट सुरु भएको केन्द्रीय समिति बैठक अझैसम्म जारी छ । विशेष महाधिवेशन वा नियमित महाधिवेशनको निर्णय हुन नसक्दा नेताहरू विभाजित छन् । कसैले निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने माग उठाइरहेका छन् भने कतिले निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन हुनुपर्ने माग राखेका छन् । पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर रहँदा पार्टीको कार्य सम्पादन र निर्णय निकाल्न नेताहरूलाई समस्या परिरहेको छ । नेताहरूले संसद् पुनर्स्थापना, निर्वाचनमा जानुपर्ने, महाधिवेशन निर्वाचनअघि गर्नुपर्ने लगायतका मागहरू राखिरहेका छन् ।...
एमआरपी नराखेपछि एक इन्टरप्राइजेजलाई १ लाख रुपैयाँ जरिवाना
प्रशासन, समाचार

एमआरपी नराखेपछि एक इन्टरप्राइजेजलाई १ लाख रुपैयाँ जरिवाना

नेपालअखबार,काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी नराखी बस्तु बिक्री गर्ने बीएन को इन्टरप्राइजेजलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । मंगलबार विभागले १४ वटा फर्म तथा व्यवसायको अनुगमन गरेको थियो । जसमध्ये तीन वटालाई जरिवाना तिराइएको छ भने अन्य ११ वटालाई विभागमा उपस्थित हुन र समान्य निर्देशन दिइएको छ । विभागका अनुसार दर्ता प्रमाणपत्र तथा मूल्यसूची नराख्ने मखन गल्लीको लवकुश स्टोरलाई १० हजार रुपैयाँ र ललितपुर टंगालको अनिस खाद्यलाई पाँच हजार रुपैयाँ जरिवाना गराइएको छ । यस्तै मखनगल्लीको भिरा ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजातहरू लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । यस्तै अन्य १० वटा व्यवसाय तथा फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।...
तोकियो कोरियन भाषा परीक्षाको मिति, दुई घण्टाअघि परीक्षा केन्द्र पुग्नुपर्ने
समाचार, समाज

तोकियो कोरियन भाषा परीक्षाको मिति, दुई घण्टाअघि परीक्षा केन्द्र पुग्नुपर्ने

नेपालअखबार,काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि कोरियन भाषा परीक्षाको मिति तोकिएको छ। इपिएस शाखाले आगामी मंसिर १ गतेदेखि २०२५को परीक्षा हुने जनाएको हो। परीक्षार्थीहरूले निर्धारित मिति र समयमा बायोमेट्रिक भेरिफिकेसनका लागि दुई घण्टा अगाडि परीक्षा केन्द्र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीको परिसरमा रहेको (युबिटी भवन भैँसेपाटी) उपस्थित हुनुपर्नेछ। आवश्यक कागजात( राहदानी र रंगिन प्रवेश पत्र) सहित उपस्थित हुन शाखाले परीक्षार्थीहरूलाई आग्रह गरेको छ।...
इस्लामावादमा आत्मघाती विस्फोट हुँदा १२ जनाको मृत्यु
विदेश, समाचार, समाज

इस्लामावादमा आत्मघाती विस्फोट हुँदा १२ जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती विस्फोटमा १२ जना मारिएका छन्। आन्तरिक मामिला मन्त्री मोहसिन नकभीका अनुसार मंगलबार मध्याह्न १२:३९ बजेतिर आत्मघाती विस्फोट हुँदा १२ जनाको मृत्यु र २७ जना घाइते भएका छन्। आत्मघाती विस्फोट अदालत लक्षित थियो। तर अदालतभित्र प्रवेश गर्न नसकेपछि बाहिरै विस्फोट भएको मन्त्री नकभीले बताए। ‘आक्रमणकारी अदालत बाहिर १२ मिनेटसम्म बस्यो। सुरूमा उनले भित्र प्रवेश गर्ने प्रयास गरे तर प्रवेश गर्न नसकेपछि प्रहरीको गाडीलाई लक्षित गरेका थिए,’ उनले भने। मन्त्री नकभीले अनुसन्धान भइरहेको र घटनामा संलग्नको छिट्टै पहिचान गर्ने पनि बताएका छन्। पाकिस्तानका राष्ट्रपति आसिफ अलि जरदारीले यस घटनाको आपत्ति जनाएका छन्।...
३ करोड ५९ लाख जरिवाना तोकिएकी फरार प्रतिवादी पक्राउ
अपराध, समाचार

३ करोड ५९ लाख जरिवाना तोकिएकी फरार प्रतिवादी पक्राउ

नेपालअखबार,काठमाडौँ । बैकिङ कसुर मुद्दामा अदालतबाट ३ करोड ५९ लाख ९६ हजार जरिवाना ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–४ घर भएर बुढानीलकण्ठ बस्ने बिन्दा ढुंगेल रिजाल छिन् । सोमबार उनलाई ललितपुरको महालक्ष्मी नगरपालिका–१ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले  बताए । ४५ वर्षीया ढुंगेलविरुद्ध पाँच वटा मुद्दा अदालतबाट फैसला भैसकेको छ । ती मुद्दामा उनलाई अदालले ३ करोड ५९ लाख जरिवाना हुने ठहर गरेको हो । उनीविरुद्ध वैदेशिक रोजगारसम्बन्धी २० लाख बिगो भएको मुद्दासमेत दर्ता भएर पक्राउ पुर्जी जारी भएको भेटिएको एसपी आचार्यले जानकारी दिए ।...