Tuesday, August 4

समाचार

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगा चेकपोष्टस्थित सार्वजनिक शौचालयसम्बन्धी विवाद अख्तियारमा
समाचार, समाज

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगा चेकपोष्टस्थित सार्वजनिक शौचालयसम्बन्धी विवाद अख्तियारमा

नेपालअखबार, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगा चेकपोष्टस्थित त्रिभुवन राजपथ किनारको सार्वजनिक जग्गामा निर्माण गरिएको सार्वजनिक शौचालयसम्बन्धी विवाद अख्तियारसम्म पुगेको छ। भूकम्पपछिको पुनर्निर्माण अवधिमा निर्माण गरिएको उक्त संरचना पछिल्लो समय सञ्चालन, भाडा सम्झौता र स्वामित्वको विषयमा प्रश्न उठेपछि अनुसन्धानको दायरामा आएको हो। २०७२ सालको विनाशकारी भूकम्पपछि निर्माण गरिएको उक्त शौचालय स्थानीय सरकारमार्फत वडा नं. २ कार्यालयको मातहतमा आएको बताइएको छ। साे बिषयमा उक्त कार्यालयमा  हाम्राे टिम जानकारी लिन जाँदा निलम्बित वडाअध्यक्ष भाइकृष्ण तामाङ स्वंम  कार्यालयमा रहेकाे र उनकाे अनुसार, उक्त शौचालय सञ्चालनका लागि विरेन्द्र पाेडे भनिने विरेन्द्र देउलासँग आर्थिक वर्ष २०८०/०८१ देखि लागू हुने गरी चार वर्षे सम्झौता गरिएको थियो। सम्झौताअनुसार मासिक १२ हजार रुपैयाँ भाडा निर्धारण गरि...
पदमबहादुर परियार बने कांग्रेस राष्ट्रिय सभा सचेतक
राजनीति, समाचार

पदमबहादुर परियार बने कांग्रेस राष्ट्रिय सभा सचेतक

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रिय सभा सचेतकमा पदमबहादुर परियार मनोनीत भएका छन्। संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज तनहुँका सांसद परियारलाई राष्ट्रिय सभा सचेतक मनोनीत गरेका हुन्। ‘नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम राष्ट्रिय सभाका लागि सचेतकमा पदमबहादुर परियारलाई मनोनयन गर्नु भएको छ,’ संसदीय दलले जारी गरेको वक्तव्यमा उल्लेख छ। यसअघि सचेतक कृष्णबहादुर रोकाया थिए।...
अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग नेपाल बारको माग
समाचार, समाज

अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग नेपाल बारको माग

नेपालअखबार,काठमाडौं । नेपाल बार एशोसियसनले राष्ट्रपतिसमक्ष सिफारिस भएका अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । बुधबार बारका महासचिव केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गरी संविधानवाद प्रतिकूल काम गर्न नहुने बताएका हुन् । बारले जनप्रतिनिधिमूलक संस्था, संसदीय विधि र प्रक्रियालाई सम्मान गर्न पनि सरकारलाई आग्रह गरेको छ । ‘अपवादको रुपमा अस्थायी तवरबाट प्रयोग हुने अध्यादेशको दूर्लभ अभ्यासलाई नियमित संसद् अधिवेशन आव्हान भइसकेपछि पुनः स्थगित गरी जनप्रतिनिधिमूलक संस्था संघीय संसदलाई छली अध्यादेश जारी गर्ने कार्यले संसदीय अभ्यास र संविधानको मर्ममाथि प्रहार गरी स्वेच्छाचारीतालाई बढावा दिने हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता कार्य संविधानवाद प्रतिकूल छ । अतः उक्त अध्यादेशलाई तत्काल फिर्ता लिन नेपाल सरकार समक्ष माग गर्दछौं ।’ यस्तो छ बारको प्रेस विज्ञप्ती संवैधानिक सर्वोच्चत...
निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन
समाचार, समाज

निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन

नेपालअखबार, झापा । जिल्लाका अधिकांश निजी फर्महरूले रासायनिक मल बिक्रीसम्बन्धी अभिलेख नराखेको पाइएको छ । कृषि ज्ञान केन्द्र झापाको अगुवाइमा मङ्गलबार गरिएको अनुगमनमा यस्तो समस्या देखिएपछि सम्बन्धित फर्महरूलाई मापदण्डअनुसार विवरण राख्न र प्रत्येक कारोबारमा अनिवार्य रूपमा बिल जारी गर्न निर्देशन दिइएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार भद्रपुर र बिर्तामोड नगरपालिका तथा हल्दीबारी र बाह्रदशी गाउँपालिकामा बिक्रीवितरणका लागि अनुमति लिएका सहकारी तथा निजी फर्महरूको संयुक्त अनुगमन गरिएको हो । अनुगमनका क्रममा सहकारी संस्थाहरूले बिक्री विवरणसम्बन्धी बिल तथा प्रतिवेदन व्यवस्थित रूपमा राख्ने गरेको पाइए पनि अधिकांश निजी फर्महरूले त्यस्तो अभिलेख नराखेको भेटिएको उनले जानकारी दिए । सरकारले किसानलाई सहुलियत दरमा उपलब्ध गराउँदै आएको युरिया, डिएपी र पोटासलगायतका रासायनिक मल स्थानीय तहले न...
दुई तिहाइको हुर्मत लिएर ‘जान्नेहरू’ले अध्यादेश ल्याए- राप्रपा प्रवक्ता श्रेष्ठ
राजनीति, विचार, समाचार

दुई तिहाइको हुर्मत लिएर ‘जान्नेहरू’ले अध्यादेश ल्याए- राप्रपा प्रवक्ता श्रेष्ठ

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले सरकारले अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेकोमा असन्तुष्टि जनाएका छन्। सोमबारको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। ‘पर्सि वैशाख १७ गते संसदको बैठक बस्दै थियो, शक्तिशाली भनिने सरकारले बैठक आह्वान भएको भोलिपल्टै हठात् संसदको बैठक स्थगित गरेर अहिले अध्यादेशको बाटो तय गरेको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विगतमा अध्यादेशले लोकतन्त्रको हुर्मत लिएको ठान्ने 'जान्ने'हरूले आफ्नो झण्डै दुई तिहाइको जनमतको हुर्मत लिदैछन्।सबै कानै चिरेका जोगी भएपछि कुन नयाँ कुन पुरानो त अब!’...
कांग्रेसले भन्यो : सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण
राजनीति, समाचार

कांग्रेसले भन्यो : सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण

नेपालअखबार,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रिपति रामचन्द्र पौडेलसमक्ष गरेको सिफारिसप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले वक्तव्य निकालेर सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘यस प्रकारको अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले अत्यन्त आपत्तिजनक छ । यो केवल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायकी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमण हो,’ चालिसेले वक्तव्यमा लेखेका छन्, ‘यस प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको छ र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गरेको छ ।’ कांग्रेसले संसदमा बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रिकरणतर्फको खतरनाक संकेत भएको बताएको छ । ...
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
समाचार, समाज

गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । साथै सर्वोच्च अदालतले गोल्छालाई थुनामुक्त गर्न नपर्ने कुनै कारण भए पेश गर्न समेत आदेश दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी गोल्छालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।...
कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै
राजनीति, समाचार

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

नेपालअखबार, काठमाडौं । कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ। कांग्रेसले संसदीय दल नेता चयन गरेको छैन। यसअघि गत शुक्रबारको केन्द्रीय कार्यसम्पादन समितिले सहमतिमै संसदीय दल नेता चयन गर्न एक कार्यदल बनाएको थियो। सो कार्यदलको सुझावका आधारमा सोमबार केन्द्रीय कार्यसम्पादन समितिमा सभापति गगन थापाले संसदीय दल नेताको नाम प्रस्ताव गर्ने र दिउँसो १ बजे निर्वाचन समितिबाट घोषणा गर्ने कार्यक्रम तय रहेको नेताहरूले जनाएका छन्। संसदीय दल नेताका लागि सांसदहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, योगेश गौचन थकाली, बासना थापा, निश्क...
शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु
समाचार, समाज

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु

नेपालअखबार, सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपालिका-५ मा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको छ । यादव राति करिब ३ बजेतिर शौचालय जाँदा लडेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिएका छन् । मृतक यादवमा उच्चरक्तचापको समस्या रहेको सशस्त्र प्रहरीले जनाएको छ । मृतक यादव बारा जिल्लाको पचरौता नगरपालिका–८ का स्थायी बासिन्दा हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।...
नहरमा पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण
कृषि, समाचार, समाज

नहरमा पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण

नेपालअखबार, बाँके । सिक्टा सिँचाइ आयोजनाले सिँचाइका लागि नहरमा पर्याप्त पानी छोडे पनि बाँकेमा चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्न सकेको छैन । गहुँखेती भित्र्याएपछिको खाली जमिन सदुपयोगका लागि चैते धान उपयोगी भए पनि बाँकेमा किसानहरु व्यावसायिक रुपमा चैते धानखेतीतर्फ आकर्षित हुन नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए । उनका अनुसार, केही वर्षअघिसम्म करिब ३० हेक्टर क्षेत्रफलमा गरिँदै आएको चैते धानखेती अहिले घटेर १८ हेक्टर क्षेत्रफलमा पुगेको छ । बाँकेको राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा किसानले चैते धानखेती गर्दै आएका छन् । सङ्घीय सरकारले चैते धान प्रवर्द्धनका लागि स्थानीय तहमार्फत किसानलाई सहयोग गर्दै आएको छ । सङ्घीय सरकारको चैते धान प्रवर्द्धन योजनाअनुसार अहिले बाँकेको जानकी र खजुरा गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न...