अमेरिकामा हिमपातले ५ हजारभन्दा बढी उडान रद्द, लाखौं प्रभावित
नेपालअखबार,काठमाडौं । अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन् । रेकर्ड तोड्ने हिमपातसँगै यातायात, विद्युत् र हवाई सेवामा व्यापक अवरोध आएको छ ।
रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा करिब ३३ इन्च (८३ सेमी) सम्म हिमपात भएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ ।
न्यूयोर्क सिटीको सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिउँ जमेको बीबीसीले जनाएको छ । न्यूयोर्कमा यात्रा अवस्था ‘झन्डै असम्भव’ भएको भन्दै राज्य निकायले चेतावनी दिएको छ ।
पूर्वी तटका विभिन्न राज्यमा गरी ६ लाखभन्दा बढी घरधुरी तथा व्यवसाय विद्युत् आपूर्तिबाट बञ्चित भएका छन् । विशेष गरी न्यूजर्सी र म्यासाचुसेट्स सबैभन्दा बढी प्रभावित भएका छन् ।
हिमआँधीको चेतावनी नर्थ क्यारोलिनादेखि नर्दन मेनसम्म जारी गरिएको थियो भने पूर्वी क्यानडाका ...










