Saturday, July 11

समाचार

आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने
राजनीति, समाचार

आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने

नेपालअखबार, काठमाडौं । आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् । सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका छन् । विभिन्न सामाजिक अभियानमा सक्रिय तामाङले रास्वपाकै समानुपातिक टिकट वितरणलाई लिएर सामाजिक सञ्जालमै असन्तुष्ट व्यक्त गरेकी थिइन् ।जेनजी आन्दोलनका घाइते तथा ज्यान गुमाएका परिवारलाई सहयोग संकलन गर्दै आएकी उनलाई अन्तत: रास्वपाले नै उम्मेदवार बनाएको छ ।...
ट्रम्पको धम्कीपछि डेनमार्ककी प्रधानमन्त्रीले दिइन् चेतावनी
राजनीति, विश्व, समाचार

ट्रम्पको धम्कीपछि डेनमार्ककी प्रधानमन्त्रीले दिइन् चेतावनी

नेपालअखबार,कोपेनहेगन । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्ड कब्जा गर्ने  धम्कीको कडा प्रतिक्रिया दिँदै ‘युरोपलाई ब्ल्याकमेल गर्न नसकिने’ चेतावनी दिएकी छन् । पछिल्लो समय ग्रिनल्यान्डको ममिलामा अमेरिका र युरोप आमने सामने भइरहकै बेला उनले साे  प्रतिक्रिया दिएकी हुन् । ट्रम्पले ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिन गरेको प्रस्तावको विरोध गरेमा फेब्रुअरीदेखि डेनमार्कसहित आठ युरोपेली देशमाथि नयाँ ट्यारिफ लगाउने धम्की दिएका छन् । ट्रम्पले डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, स्विडेन र बेलायतलाई लक्षित गर्दै ग्रिनल्याण्ड अमेरिकी सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण भएको दाबी गरेका छन् । आवश्यक परे बल प्रयोगको विकल्प पनि उनले नकारेका छैनन् । यसको युरोपभर तीव्र आलोचना भइरहेको छ । ट्यारिफको धम्की पाएका देशहरूले संयु...
अहिलेसम्मकै न्यूनस्तरमा ओर्लियो चीनको जन्मदर
विदेश, समाचार, समाज

अहिलेसम्मकै न्यूनस्तरमा ओर्लियो चीनको जन्मदर

नेपालअखबार,बेइजिङ । २०२५ मा चीनको जन्मदर इतिहासकै सबैभन्दा न्यूनस्तरमा झरेको छ । त्यहाँको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार प्रति हजार जनसंख्यामा जन्मदर ५ दशलमव ६३ मात्र रहेको छ । यो २०२३ को कीर्तिमानी न्यून स्तरभन्दा पनि कम हो । २०२३ मा चीनको प्रतिहजार जन्मदर ६ दशमलव ३९ कम थियो । यससँगै चीनको जनसंख्या लगातार चौथो वर्ष घटेको छ । जन्मदर घट्दै जानुले दशकौंसम्मको ‘एक सन्तान नीति’ खारेज गरेपछि पनि युवा पुस्तालाई सन्तान जन्माउन प्रेरित गर्ने चीन सरकारको प्रयासलाई ठूलो धक्का पुगेको विश्लेषकहरूले बताएका छन् । यो प्रवृत्तिले दीर्घकालमा विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमा गहिरो असर पार्ने चिन्ता बढाएको छ । गत वर्ष चीनमा ७९ लाख २० हजार शिशु जन्मिएका थिए भने १ करोड १३ लाख १० हजार जनाको मृत्यु भयो । सो अवधिमा चीनको कुल जनसंख्या ३३ लाख ९० हजारले घटेर २०२५ मा १ अर्ब ४० करोड मा झरेको छ । भारतपछि चीन ...
रेखा शर्मा यसपाली चुनाव नलड्ने
राजनीति, समाचार

रेखा शर्मा यसपाली चुनाव नलड्ने

नेपालअखबार,काठमाडौं । तीनवर्षअघि भएको संसदीय निर्वाचनमा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी नेपाली कम्युनिष्ट पार्टीकी नेता रेखा शर्मा यसपालि चुनाव नै नलड्ने भएकी छन्। तत्कालिन नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखाले १९६ मतान्तर सहित पोखरेललाई पराजित गरेकी थिइन्। २६ हजार ८ सय ७७ मत ल्याएकी थिइन्।। पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका थिए। यसपाली पनि दाङ-२ बाट एमाले महासचिव पोखरेल नै उम्मेदवार छन्। माओवादी सहितका पार्टी मिलेर बनेको नेपाली कम्युिनस्ट पार्टीलेले भने यहाँ निर्मल आचार्यलाई उठाउने पक्का जस्तै भएको छ। दुईचोटी समानुपातिक र एकपटक प्रत्यक्ष जितेर सांसद भएकोले यसपाली आफू चुनाव नलड्ने शर्माले बताइन्। ‘म दुईचोटी समानुपातिक सांसद भएँ। एकपटक प्रत्यक्ष चुनाव जितेँ।  यसपालीको चुनावमा उम्मेदवारी नै दिन्न,’ उनले भनिन्। राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ सहमहामन्त्री विप...
पाकिस्तानकाे सपिङ मलमा आगलागी : मर्नेको सङ्ख्या ८ पुग्यो
विदेश, समाचार, समाज

पाकिस्तानकाे सपिङ मलमा आगलागी : मर्नेको सङ्ख्या ८ पुग्यो

नेपालअखबार, कराँची । पाकिस्तानको सबैभन्दा ठुलो सहर कराँचीमा रहेको गुल प्लाजामा भएको भीषण आगलागीमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना दमकलकर्मी भएको बताइएको छ । दर्जनौँ मानिस अझै बेपत्ता रहेको आशङ्कामा उद्धारकर्मीहरूले खोजी कार्य तीव्र बनाएका छन् । शनिबार राति सुरु भएको आगो निभाउन दमकलकर्मीलाई २४ घण्टाभन्दा बढी समय लागेको थियो । करिब ८ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस प्लाजामा झन्डै १ हजार २०० पसल सञ्चालनमा थिए । आगलागीपछि भवनका विभिन्न भाग भत्किएका छन् । यसले गर्दा उद्धार कार्यमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन् । भेन्टिलेसनको अभाव र भग्नावशेषले खोजी कार्यलाई थप जटिल बनाएको छ । परिवारका सदस्यहरूका अनुसार ५८ जना सम्पर्कविहीन छन् । बेपत्ता भएका मानिसका आफन्तहरू भवन बाहिर खबर पर्खिरहेका छन् । सहर प्रशासनले बेपत्ताहरूको विवरण सङ्कलन गर्न विशेष डेस्क स्थापना गर...
सुनको भाउमा पुग्यो २ लाख ८२ हजार
अर्थ, समाचार

सुनको भाउमा पुग्यो २ लाख ८२ हजार

नेपालअखबार, काठमाडौं । सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सो रेकर्ड आज सोमबार तोडिएको हो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ । यसअघि चाँदीको भाउ गत बुधबार ६ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो ।...
हिउँ नपर्दा मुस्ताङका किसान चिन्तित
समाचार, समाज

हिउँ नपर्दा मुस्ताङका किसान चिन्तित

नेपालअखबार,मुस्ताङ । पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ र (मुस्ताङ—डोल्पा) सडकको साङ्ता गाउँ आसपासका क्षेत्रमा आशिंक मात्रै हिमपात भयो । तत्कालीन समयमा बेमौसममा परेको आशिंक हिमपातले त्यसक्षेत्रका किसानलाई योगदान दिन सकेन । हिउँदयामको मौसममा परेको हिउँ किसानका लागि बरदान सावित हुन्छ । अनुकूल समयमा हिउँ पर्‍यो  भने अन्नबाली सप्रिने र उत्पादनसमेत वृद्धि हुने भए पनि यसवर्ष पनि पुस महिना कटिसक्दासमेत हिउँ पर्न सकेको छैन । अक्सर हिमाली क्षेत्रमा बर्सेनि पुस र माघ महिना हिउँ पर्छ भन्ने मान्यता रहेको छ । तर, पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण हिमाली क्षेत्रमा अनुकूल समयमा पनि हिउँ पर्न नसकेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले बताए । यहाँका अधिकांश खेतीयोग्य जमि...
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगले गर्‍यो साइबर ब्युरोलाई पत्राचार
प्रशासन, समाचार

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगले गर्‍यो साइबर ब्युरोलाई पत्राचार

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको विवाद मिलाउन ५२ करोडको लेनदेन गरेको आरोप लगाएपछि निर्वाचन आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरेको छ। आइतबार निर्वाचन आयोगले निर्णय नै गरी प्रसाईंमाथि अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाउन ब्युरोलाई पत्राचार गरेको सूचना अधिकारी सुमन अधिकारीले जानकारी दिए। ‘आयोगले निर्णय गरी अनुसन्धान गर्ने भनेर पत्राचार गरेका छौं। सामाजिक सञ्जालमा प्रसाईंको भिडिओ आएको छ। यसको अनुसन्धान गरिदिन भनेका हौं,’ उनले भने। गत शुक्रबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आयोगले अध्यावधिक गर्ने निर्णय गरेको थियो। उक्त निर्णय पैसा लिएर गरेको भन्दै एक सामाजिक कार्यक्रममा उनले भिडिओ देखाएका थिए।...
निर्वाचन आचारसंहिता लागु हुनेबारे आयोगले गरायो सरकारलाई जानकारी
प्रशासन, समाचार

निर्वाचन आचारसंहिता लागु हुनेबारे आयोगले गरायो सरकारलाई जानकारी

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता लागु हुने विषयमा सरकारलाई जानकारी गराएको छ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रमाझ यो जानकारी दिएको हो । आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतिकरण पनि गरिएको थियो । जसअनुसार, निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागु हुनेछ । आयोगको आजै बसेको बैठकले निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्यहरु, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो ।...
धान उत्पादन ४.२ प्रतिशत घट्यो
कृषि, समाचार, समाज

धान उत्पादन ४.२ प्रतिशत घट्यो

नेपालअखबार,काठमाडौं । नेपालको अर्थतन्त्र र खाद्य सुरक्षाको मुख्य आधार मानिएको धान बाली उत्पादनमा यस वर्ष गिरावट आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमान अनुसार धान उत्पादन, क्षेत्रफल र उत्पादकत्व तीनै सूचकमा गत वर्षको तुलनामा कमी देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो विवरण अनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान करिब २४.१६ प्रतिशत छ भने कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धान बालीले मात्रै करिब १२ प्रतिशत हिस्सा ओगटेको छ । यही उच्च महत्त्वका कारण धान उत्पादन तथ्यांकलाई योजनाविद्, शोधकर्ता र आमनागरिकले निकै चासोसाथ हेर्ने गरेका छन् । चालु आव धान बाली भित्र्याइएको कुल क्षेत्रफल १३ लाख ६७ हजार ७२ हेक्टर कायम भएको छ, जुन गत आव २०८१/८२ को तुलनामा ३.८ प्रतिशतले न्यून हो । गत वर्ष १४ ...