Friday, August 7

समाज

तेलङ्गनामा विस्फोट, ३४ जनाको मृत्यु
विदेश, समाचार, समाज

तेलङ्गनामा विस्फोट, ३४ जनाको मृत्यु

नेपालअखबार,तेलङ्गना । भारतको तेलङ्गाना राज्यस्थित संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार एक रियाक्टरमा विस्फोट हुँदा भएको ठुलो आगलागीमा मर्नेको सङ्ख्या ३४ जना पुगेको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार कारखानाबाट ३१ जनाको शव निकालिएको थियो। यता, अस्पतालमा ३ जनाको मृत्यु भएको छ। ३० जनाभन्दा बढी घाइते भएका छन्। सोमबार कारखानाको रियाक्टर युनिटमा विस्फोट भएको थियो। यो दुर्घटना बिहान ८:१५ देखि ९:३० बजेको बिचमा औद्योगिक क्षेत्रमा अवस्थित सिगाची इन्डस्ट्रिजमा भएको थियो। यता बीबीसी हिन्दीले जिल्ला प्रशासनलाई उद्धृत गर्दै यस दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ। यसबाहेक ५७ जना सुरक्षित छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन्, ‘तेलङ्गनाको संगारेड्डीमा भएको कारखाना आगलागीमा ज्यान गुमाउनुपरेकोमा म दुखी छु। हाम्रा समवे...
विमानमा २० सर्पसहित यात्रु समातिए
विदेश, समाचार, समाज

विमानमा २० सर्पसहित यात्रु समातिए

नेपालअखबार,नयाँदिल्ली । मुम्बईका भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित फेला पारेपछि यात्रा रोकेको बताएका छन् । यही महिना यस्ता दुई वटा घटना घटिसकेको छ । ‘भन्सार अधिकारीहरूले… थाइल्यान्डबाट फर्केका यात्रुबाट जफत गरिएका १६ वटा जीवित सर्पसहित वन्यजन्तु तस्करीको अर्को प्रयासलाई विफल तुल्याएका छन्’, भारतीय वित्तीय केन्द्रको विमानस्थलमा भन्सार अधिकारीहरूले भने । आइतबार आइपुगेका यात्रुलाई पक्राउ गरिएको छ । भन्सार एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, ‘थप अनुसन्धान भइरहेको छ ।’ जीवित सर्पहरूमा प्रायः घरपालुवा जनावरको व्यापारमा बेचिने सरीसृपहरू समावेश थिए र धेरैजसो विषरहित वा मानिसहरूलाई असर गर्नसक्ने विष धेरै कमजोर थियो । तीमध्ये गार्टर सर्प, राइनो र्‍याट सर्प र केन्याली स्यान्ड बोआ पनि थिए । जुनको सुरुमा भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका दर्...
मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का
समाचार, समाज

मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का

नेपालअखबार,काठमाडौं । मुगुमा आज पनि भूकम्प गएको छ । आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो ।  मुगुमा आइतबार पनि भूकम्प  गएको थियो । आइतबार  दिउँसो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
मोहना नदीमा बाढीको सतह बढ्दो, किनारका बासिन्दालाई सतर्क रहन आग्रह
समाचार, समाज

मोहना नदीमा बाढीको सतह बढ्दो, किनारका बासिन्दालाई सतर्क रहन आग्रह

नेपालअखबार,धनगढी । कैलालीको मोहना नदीको बाढी बढ्दो क्रममा रहेकाले नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । जोखिम क्षेत्रका बासिन्दालाई विभागले एसएमएस पठाउँदै सतर्कता अपनाउन भनेको हो । मोहना नदीको जलमापन केन्द्रमा अहिले बाढीको सतह सतर्कता तह नाघेको छ । बाढी बढ्दो क्रममा रहेकाले सतर्क रहन भनिएको हो । आज बिहान साढे ७ बजेसम्म मोहना नदीको जल मापन केन्द्रमा बाढीको सतह ३.०६ मिटर पुगेको छ । ३ मिटरसम्म पुगेमा सतर्कताको तह र ३.६० मिटर पुगेमा खतराको तहमा पुगेको मानिन्छ ।...
कास्कीको मार्दी खोला जलमापन केन्द्रमा सतर्कता तह पार
समाचार, समाज

कास्कीको मार्दी खोला जलमापन केन्द्रमा सतर्कता तह पार

नेपालअखबार, कास्की । कास्कीको मार्दी खोला जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ। आइतबार साँझको वर्षापछि मार्दी खोला जलमापन केन्द्रमा सतर्कता तह पार गरेको हो । जल तथा मौसम विज्ञान विभागले खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।...
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का
समाचार, समाज

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

नेपालअखबार,काठमाडौँ । मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।
बढ्यो महाकालीमा पानीको बहाब, चारपांग्रे सवारीसाधन आवतजावतमा रोक
समाचार, समाज

बढ्यो महाकालीमा पानीको बहाब, चारपांग्रे सवारीसाधन आवतजावतमा रोक

नेपालअखबार, कञ्चनपुर ।  महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपांग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। ‘महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ,’ उनले भने, ‘शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चारपांग्रे सवारीसाधनमा रोक लगाइएको हो।’ यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा आग्रह गरेको छ।...
धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न राष्ट्रपतिकाे आग्रह
कृषि, समाचार, समाज

धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न राष्ट्रपतिकाे आग्रह

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै क्रियाशील गराइ आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्नुपर्ने खाँचो औल्याएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै  उनले धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न आग्रह गर्दै धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय भएको बताए ।  राष्ट्रपति पौडेलले जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी  प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने खाँचो औँल्याए । शुभकामनामा भनिएको छ, “धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गर्दै धान एवं चामलको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछ...
आज राष्ट्रिय धान दिवस मनाइँदै
कृषि, समाचार, समाज

आज राष्ट्रिय धान दिवस मनाइँदै

नेपालअखबार,काठमाडौं । आज राष्ट्रिय धान दिवस मनाइँदैछ। विस २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ देखि १५ असारलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ। दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा...
नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
समाचार, समाज

नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता

नेपालअखबार,नुवाकोट । नुवाकोटमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। अविरल वर्षापछि नुवाकोटको ककनी गाउँपालिका-१ भसीबुस्थित बिमचना खोलामा आएको बाढीले बगाएर स्थानीय ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन्। उनको खोजी कार्य सुरू भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। भसिबुमै वर्षापछि आएको पहिरोले तीन वटा गोठ बगाएको छ भने पहिरोमा परी स्थानीय अशोक बलामी घाइते भएका छन् उनलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको डिएसपी थापाले जानकारी दिए। खोलाले बगाएको महिलाको खोजी र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरि  ६५ जना  सुरक्षा फौज खटिएको डिएसपी थापाले बताए।...