Tuesday, August 11

समाज

हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
विदेश, समाचार, समाज, स्वास्थ्य

हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट

नेपालअखबार,काठमाडौँ । कुनै पनि गम्भीर रोगबाट सुरक्षित रहनका लागि शरीरका लक्षणहरूमा गम्भीरतापूर्वक ध्यान दिन जरुरी हुन्छ । सानै उमेरमा मानिसमा दीर्घकालीन रोगको जोखिम बढ्दै गएको अवस्थामा त पहिलेदेखि नै आफ्नो स्वास्थ्यप्रति सचेत हुनु जरुरी छ । समयमै रोग पत्ता लगाउन चिकित्सकको सल्लाह नियमित लिइरहनुपर्छ । पहिले पनि कुनै रोग लागिसकेको व्यक्तिहरूले त अझ बढी सावधानी अपनाउनुपर्छ । आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहनुहुन्छ र रोगबाट टाढा रहन चाहन चाहनुहुन्छ भने तपाईँले केही प्रकारको परीक्षण गर्नु आवश्यक छ । तपाई स्वस्थ नै हुनु हुन्छ भने पनि केही परीक्षण चाँहि गराउनुपर्छ । नियमित रूपमा गराउनुस् आफ्नो स्वास्थ्य जाँच पछिल्लो समय अधिकांशले आफ्नो जीवनशैली र खानपानमा गडबडी गरिरहेका छन् । यो बानीका कारण सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम बढेको चिकित्सकहरू बताउँछन् । २० वर्ष मुनिका मानिसह...
बजार पठाउने बेला हुन लागेका सुन्तला झर्न थाले बोटबाट
कृषि, समाचार, समाज

बजार पठाउने बेला हुन लागेका सुन्तला झर्न थाले बोटबाट

नेपालअखबार,म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन्। सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेका छन्। बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताए। कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको हो। 'बजार पठाउने समयमा बोटबाट सुन्तला झर्न थालेपछि किसानहरु चिन्तित भएका छन्,' बेनी–४ वडासदस्य समेत रहेका खत्रीले भने, 'बोटमा राम्रो फल लागे पनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ।' गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना संकलन गरेर परीक्षणका लागि लगेका छन्। प्रयोगशालाको प्रतिवेदन...
लालझाडीमा जंगली हात्तीको आतंक
समाचार, समाज

लालझाडीमा जंगली हात्तीको आतंक

नेपालअखबार,कञ्चनपुर।  जंगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन्। घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ। बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा शरण लिन पुगेका हुन्। 'दिउँसो घर बारी रेखदेखका लागि आउँछौं,' उनले भने, 'साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ।' हात्तीको बथान अझै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन्। 'हात्तीले झण्डै ज्याननै लिएको थियो, धन्न बाँच्नु थियो र बाच्यौँ,' कडाराकी श्रीमती पार्वतीले भनिन्, 'मध्यरातमा घर पछाडिको भित्तो भत्काउन सुरु गरेपछि हात्ती आएको थाहा पायौं, पूरै घर हल्लाउने गरी भत्काउन थाल्यो, आँगनमा हात्ती पुगेका थिएनन्, भर्खर पेटको शल्यक्रिया गरेर आएका श्रीमान्लाई बोक्दै भाग्यौँ, ज्यान जोगियो।' त्यतिबेला हात्तीले घरभित्र राखिएको ८ बोरा ध...
जम्न थाले मनाङका नदी र ताल
समाचार, समाज

जम्न थाले मनाङका नदी र ताल

नेपालअखबार,मनाङ। जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन्। यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन्। उचाइअनुसार नै यस क्षेत्रका नदी, ताल, खोलाको पानी चिसोले जम्ने गरेका छन्। तीन हजार मिटरमाथिका अधिकांश नदी, खोला, हिमताल जम्दै गएका हुन्। मनाङका खोलासहित आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडाध्यक्ष सोनाम गुरुङले बताए। उनका अनुसार चार हजार ९१९ मिटरमा उचाईमा अवस्थित तिलिचो, भ्राकामा पर्ने चार हजार ६०० मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर लगायतका हिमताल यतिबेला जमेका छन्। चिसो बढेसँगै खानेपानीको मुहानसमेत जम्दै गएका छन्। चिसोले मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस छदेखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब ...
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
समाचार, समाज

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

नेपालअखबार,इनरुवा (सुनसरी) । देवानगञ्ज गाउँपालिका-३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उनले ५० हजारको लागतमा तरकारीखेती लगाए ।  तर, मण्डललाई  उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहताले बताए । ‘नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सकिएको छैन’, उनले भने । इनरुवा-४ का रामदेव मेहताले दैनिकरूपमा भार...
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन
समाचार, समाज

इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन

नेपालअखबार,काठमाडौँ । इजरायलले प्यालेस्टाइनमा गरेको बर्बर नरसंहारका विरुद्ध राजधानीमा प्रदर्शन गरिएको छ । शनिवार सो नरसंहार विरुद्ध संयुक्त अभियान नेपालले माइतीघर मण्डलमा संयुक्त जनप्रदर्शन गरेको हो । उक्त विरोध र्याली माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै पुनः माइतीघर मण्डलामा आएर कोणसभामा परिणत भएको थियो ।...
गैँडाको आक्रमणबाट आलु रोप्न गएका वृद्धको मृत्यु
समाचार, समाज

गैँडाको आक्रमणबाट आलु रोप्न गएका वृद्धको मृत्यु

नेपालअखबार,नवलपरासी। पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। शनिबार बिहान ११:४० बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-६ भडारामा गैँडाको आक्रमणबाट ६५ वर्षीय नाथुराम थारूको मृत्यु भएको हो। घरनजिकैको बारीमा आलु लगाउन गएका थारूमाथि अचानक गैँडाको आक्रमण गरेको थियो। आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रवक्ता डिएसपी जेसी शाहले जानकारी दिए। घटनाको सूचना प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्लथ पुगेर अनुसन्धान गरिरहेको उनले बताए।...
प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद शर्मा अस्पताल भर्ना
समाचार, समाज, स्वास्थ्य

प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद शर्मा अस्पताल भर्ना

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद शर्मा अस्वस्थ भएका छन् । उनको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा उपचाररत बुवाको स्वास्थ्यावस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिएका छन् । ओलीले बुवालाई फोक्सोसम्बन्धी समस्या भएर अस्पतालमा उपचार गर्नुपरेको सामाजिक सञ्जालमा खुलाएका छन् ।उनले अहिले बुवा मोहनप्रसाद शर्माको स्वास्थ्य स्थिति सामान्य रहेको पनि जानकारी दिएका छन् ।...
केराखेतीबाट वार्षिक १० लाख आम्दानी
अर्थ, कृषि, समाचार, समाज

केराखेतीबाट वार्षिक १० लाख आम्दानी

नेपालअखबार,कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन्। डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका रानाले केराखेतीबाट वार्षिक रु १० लाख बढी आम्दानी गरिरहेका छन् । राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत भइसकेका छन् । सुरुआतमा पाँच बिघा जग्गामा केराखेती सुरु गरेका रानाले हाल १७ बिघामा खेती विस्तार गरिसकेका छन् । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट रु २९ लाख ५० हजार ऋण लिएर केराखेती सुरु गरेको उनले बताए । अहिले केराखेतीबाट वार्षिक रु १० लाख भन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए। “केराखेती मेरो आम्दानीको मुख्य स्रोत हो, म यसैमा सन्तुष्ट छु”, रानाले भने, “वार्षिक रु २८ देखि २९ लाखसम्मको कारोबार हुने गरेको छ, सबै खर्च कटाएर वार्षिक रु १० लाखसम्म आम्दानी हुन्छ ।”  केराखेतीको आम्दानीबाट घरखर्च चलाउनुका सा...
२ दशकदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
समाचार, समाज

२ दशकदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

नेपालअखबार,भजनी (कैलाली) । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गामा आएर बसे । सरकारले गरिबलाई जग्गा वितरण गरिरहेको छ भन्ने लागेर टीकापुर झरेको उनी बताउँछन् । तर, टीकापुर पुग्दा बुदेले सोचे जस्तो भएन । अछाममा हुँदा पनि अरुको काम गरेर दैनिकी गुजारा गर्ने उनी टीकापुर झरेपछि अछाम फर्किएनन् । ‘अछाममा पनि केही थिएन, यता पनि केही छैन । जता बसे पनि सुकुम्वासी’, उनले भने, ‘१९ वर्षदेखि सरकारले व्यवस्थापन गर्छ कि भन्ने आशामा छौँ । आशा गर्दागर्दै मर्ने बेला भइसक्यो ।’ अछामकै तडिगैराबाट ५० वर्षको उमेरमा टीकापुर पुग्नुभएका नन्दे लुहारलाई बुढ्यौलीले छोइसकेको छ । जग्गा पाइएला भन्ने आशामा बस्दा बस्दै लुहार सामाजिक सुरक्षा भत्ता पाउने उमेरको भइसके । उनी भन्छन्,...