Tuesday, August 11

समाज

सत्य निरुपण र बेपत्ता छानबिन आयोगका पदाधिकारीका लागि १५६ जनाको आवेदन
प्रशासन, समाचार, समाज

सत्य निरुपण र बेपत्ता छानबिन आयोगका पदाधिकारीका लागि १५६ जनाको आवेदन

नेपालअखबार,काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका कूल १५६ जनाले आवेदन दिएका छन् । अध्यक्ष पदका लागि मात्रै ३१ जनाको आवेदन परेको छ । आवेदकहरुमा उच्च अदालतका पूर्वन्यायाधीशसमेत छन् । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिका अनुसार मंसिर ४ गतेको अन्तिम समयसीमाभित्र भौतिक रुपमा ८९, अनलाइनमार्फत् २० र संघसंस्थाको सिफारिसमार्फत् ४७ आवेदन परेका छन् । कानुन मन्त्रालयबाट संक्रमणकालीन न्याय सम्बन्धी कार्य हेर्ने सहसचिव मानबहादुर अर्यालका अनुसार अध्यक्ष पदमा ३१ जनाको आवेदन परेको छ । केहीले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएका छन् । २०७९ साउनदेखि पदाधिकारीविहीन आयोगमा नियुक्तिका लागि समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो । त्यतिबेला आवेदन दिने म्...
वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन
प्रशासन, विदेश, समाचार, समाज, हाइलाइट-समाचार

वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन

नेपालअखबार,काठमाडौं । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ । त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्‍वालिटी इन्डेक्स (एक्यूआई) २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । सामान्यतया १५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ मानिन्छ । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ । त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ । छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । विश्वकै खराब वायु गुणस्तर भएका सहरहरू...
उपनिर्वाचनबारे जानकारी गराउन आयोगले सञ्चालनमा ल्यायो कल सेन्टर
राजनीति, समाचार, समाज

उपनिर्वाचनबारे जानकारी गराउन आयोगले सञ्चालनमा ल्यायो कल सेन्टर

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनबारे प्रश्न, गुनासा र जिज्ञासा सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि मतदाताका प्रश्न, गुनासा र समस्या समाधान गर्ने उद्देश्यले कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । कल सेन्टरबाट मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान प्रक्रिया लगायतका सम्पूर्ण विषयमा आम मतदाता एवम् सर्वसाधारणलाई जानकारी उपलब्ध हुने आयोगले जनाएको छ । आयोगले मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेगरी आयोग परिसरमा निःशुल्क (टोल फ्री) नम्बर ११०२ मा कल गरेर उपनिर्वाचनका विषयमा आफ्ना प्रश्न, गुनासा र जिज्ञासा राख्न सकिने जनाएको छ ।...
गलकोटका सबै बस्तीमा पुग्यो सडक
समाचार, समाज

गलकोटका सबै बस्तीमा पुग्यो सडक

नेपालअखबार,बागलुङ । बागलुङको गलकोट नगरपालिकाले ११ वटै वडाका बस्तीसम्म सडक पुर्‍याएको छ । अब नयाँ ट्र्याक खोल्न बन्द गरेको जनाएको नगरपालिकाले ती सडकलाई फराकिलो र स्तरीय बनाउन सुरु गरिएको जनाएको छ । नगरप्रमुख भरत शर्मा गैरेका अनुसार पालिकाभरि नयाँ तथा पुराना गरी ५५० किलोमिटर ग्रामीण सडक रहेका छन् । नगरपालिका स्थापना हुनपूर्व गलकोटमा ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएकोमा आफूहरु निर्वाचित भएर आएपछि २२० किलोमिटर बढी सडक निर्माण भइसकेको उनले बताए । नगरप्रमुख गैरेले वर्षौं अघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिलाई जोड दिने बताए । अहिले पालिकाका ११ वटै वडाका सबै बस्तीमा बाह्रै महिना सडक सञ्चालन हुनेगरी काम भइरहेको उनले उल्लेख गरे । यस वर्ष सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत हटिया बजारबाट कोटमैदानसम्म र नरेठाँटीबाट दुदिलाभाटीसम्मको सडक कालोपत्र गर्न थालि...
नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल
अर्थ, कृषि, समाचार, समाज

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइन लागेको हो । कफी सहकारी सङ्घहरूबाट सञ्चालित कफीसम्बन्धी गतिविधिको प्रदर्शनी गर्ने उक्त दिवसमा नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण एवं अन्तक्र्रिया कार्यक्रम गरिने बोर्डका कार्यकारी निर्देशक वेनुपराज प्रसाईँले जानकारी दिए । कफी उत्पादक संस्था तथा किसान उद्यमी, जिल्ला कफी सहकारी सङ्घ, प्रारम्भिक कफी सहकारी संस्थालाई विशेष सम्मान र पुरस्कृत गरिने छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७९–८० को तथ्याङ्कानुसार रु १३ करोड चार लाखबराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा ...
‘सिड्नी शान्ति पुरस्कार’ आइएफआरसीलाई
विश्व, समाचार, समाज

‘सिड्नी शान्ति पुरस्कार’ आइएफआरसीलाई

नेपालअखबार,काठमाडौँ ।  यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) लाई प्रदान गरिएको छ ।  सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित सो पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय योगदान पुर्याएबापत हरेक वर्ष प्रदान गरिन्छ । सिड्नीमा सोमबार आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन चापागाईँले सो पुरस्कार ग्रहण गरेको आइएफआरसीले जनाएको छ । आइएफआरसीको सर्वोच्च पद महासचिवमा पुग्ने चापागाईँ पहिलो नेपाली हुन् । रेडक्रस तथा रेडक्रिसेन्ट अभियानलाई सशक्त बनाउन उनले अतुलनीय नेतृत्व प्रदान गर्दै आएका छन् यही नेतृत्वका कारण महासचिवमा  दोस्रो कार्यकालका लागि पनि सेवारत हुनुहुन्छ । विशेष गरेर कोरोना महामारीका समयमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोगका लागि विश्वव्यापी रूपमा उनले...
ठेकेदारको मृत्युपछि पक्कीपुल अलपत्र, फेरि काठेपुल हाल्ने तयारी
समाचार, समाज

ठेकेदारको मृत्युपछि पक्कीपुल अलपत्र, फेरि काठेपुल हाल्ने तयारी

नेपालअखबार,काठमाडौं । सेती नदीको झोलुंगे पुल २ कात्तिक २०७८ मा बगाएदेखि बझाङको केदारस्यूँ गाउँपालिकाको देउरा बजार क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । बझाङ, बैतडी र डोटीको सीमामा पर्ने यहाँ तीन वर्षमा तीन वटा काठे पुल बनाइए, तर झोलुंगे पुल बन्न सकेन । काठे पुल पनि बर्खामा बाढीले बगाएपछि केदारस्यूँ गाउँपालिकाको देउरा बजार र थलारा गाउँपालिका वडा नं १ र २ का बासिन्दा बढी प्रभावित भएका छन् । थलारा-१ बाट देउरा बजार पुग्न पुल हुँदा १० मिनेट मात्र लाग्थ्यो । तर पुल नहुँदा दुई घण्टा लाग्छ । थलारा–१ का पर्शुराम जोशीको पसल देउरा बजारमा छ । ‘१ घण्टा हिँडेर अटो चढ्ने ठाउँमा पुगिन्छ । ५० रुपैयाँ जान ५० रुपैयाँ फर्किन गरी १०० रुपैयाँ दैनिक भाडा तिर्नुपर्छ’, उनले भने । स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामान किन्न र दूध, तरकारी जस्ता उत्पादन बेच्न देउरा बजार जानुपर्छ । ‘बजारबाट नुन तेल ल्या...
त्रिशूलीमा ट्रक खस्यो, तीन जनाको उद्धार
दुर्घटना, समाचार, समाज

त्रिशूलीमा ट्रक खस्यो, तीन जनाको उद्धार

नेपालअखबार,धादिङ। पृथ्वी राजमार्गअन्तर्गत् धादिङमा एउटा ट्रक त्रिशूली नदीमा खसेको छ। नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक मंगलबार रोराङ गाउँपालिका–१० खयरघारीमा बिहान ५:५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ। दुर्घटना स्थलबाट तीन जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। नवलपरासी पश्चिमका २७ वर्षीय ट्रक चालक आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको हो। ट्रक भने नदीमै रहेको प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले ट्रकमा रहेको सामान र ट्रक निकाल्ने प्रयास गरिरहेको प्रहरीले बताएको छ। ट्रक आफैं अनियन्त्रित भई दुर्घटना भएको र उद्धार गरिएकाहरूको अवस्था सामान्य रहेको र उपचारका लागि चितवन पठाइएको प्रहरीले बताएको छ।...
अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध
पर्यटन, समाचार, समाज

अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध

नेपालअखबार,गण्डकी । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाले पदयात्राका क्रममा या होटलमा बास बस्दा चर्को आवाजमा गीत बजाउने, होहल्ला गर्नेजस्ता क्रियाकलाप नगर्न पर्यटक र सर्वसाधारणलाई आग्रह गरे । “आधार शिविर पुग्नुअगावै छोम्रोङ गाउँमा ध्वनि यन्त्रलाई राखेर जान र फर्कँदा लिएर आउन पर्यटकलाई अनुरोध गरिरहेका छौँ”, उनले भने, “अनुगमनका क्रममा कसैले त्यस्ता क्रियाकलाप गरेको भेटिएमा सामान जफत गर्छौँ ।” पदयात्रामा जाने कतिपयले पर्यटकले चर्को आवाजमा गीत बजाउँदा अन्य पदयात्रीलाई असर पुगेको गुनासो आएपछि चर्को ध्वनि लैजान ...
कर्णालीमा अझै आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन
समाचार, समाज

कर्णालीमा अझै आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन

नेपालअखबार, सुर्खेत । कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कर्णालीका सबै डिपोहरूमा नुन ढुवानी गरिरहेको छ । सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री गर्दै आएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पुर्‍याउने क्रम जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख मनोज चौधरीले जानकारी दिए । चीन सरकारले अनुमति नदिएका कारण उपल्लो डोल्पामा नुन ढुवानी गर्न नसकिएको साल्ट ट्रेडिङले जनाएको छ । कर्णालीका पूरै र लुम्बिनीमा आयोडिनयुक्त नुन नेपालगञ्जबाट ढुवानी गरिँदै आएको छ । कर्णालीका हुम्ला, मुगु र डोल्पामा आयोडिनयुक्त नुन नपुग्ने समस्या यो वर्ष समाधान भएको प्रमुख चौधरीले जानकारी दिए । कर्णालीका जिल्लाहरूमा प्रति पोका ...